🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

नागरिकता कसुरमा सांसदका मित्र बाबुनन चौधरी कलवार पक्राउ

सांसद अमरेशकुमार सिंहका मित्र रहेका बाबुनन चौधरी(क्याप वाला)

काठमाडौं । नागरिकता सम्बन्धी कसुर मुद्दामा फरार रहेका बाबुनन चौधरी कलवार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१४, कलंकीबाट पक्राउ गरेको हो।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटको पत्र र रौतहट जिल्ला अदालत गौरको आदेशका आधारमा उनीविरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति जारी भएको थियो। त्यसपछि फरार रहेका कलवारलाई खोजतलासका क्रममा २०८२ चैत २३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका कलवार भारतका स्थायी बासिन्दा हुन्। उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको छ।

राजनीतिक वृत्तमा कलवारलाई सर्लाही–४ बाट निर्वाचित सांसद अमरेश कुमार सिंहसँग निकट मानिने व्यक्तिका रूपमा चर्चामा रहेका थिए ।

नागरिकता जस्तो संवेदनशील विषयसँग सम्बन्धित कसुरमा फरार व्यक्तिसम्म प्रहरी पहुँचले राज्य संयन्त्र यस्ता मुद्दामा सक्रिय रहेको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *