• आइतबार-असोज-२७-२०८१

जुवातास खेलिरहेको अवस्थामा २१ जना नगद सहित प क्रा उ

काठमाडौं, २७ असोज। ललितपुर, महालक्ष्मी नगरपालिका-४ शिखर टोल बस्ने धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई असाेज २६ गते शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

 


दाङ, दंगिशरण गाउँपालिका-३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।


यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने शिव बहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस