• आइतबार-असोज-२७-२०८१

लमजुङमा जिप दु र्घटना हुँदा १९ जना घाइते

 

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जिप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।

 

टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि  डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस