• आइतबार-असोज-२७-२०८१

महिला टी- २० विश्वकपमा इङल्याण्डको लगातार तेस्रो जित

 

काठमाडौँ । जारी आईसीसी महिला टी- २० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा इङल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको हो ।

 

स्कटल्याण्डले दिएको ११० रनको लक्ष्य पछाएको इङल्याण्डले १० ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

 

यो जितपछि समूह 'बी' मा इङल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार चौथो हार बेहोर्दै सेमिफाइनलको दौडबाट बाहिरिएको छ । समूह 'बी' बाट बंगलादेशपनि ४ खेलमा २ अंक हासिल गर्दै चौथो स्थानमा रहेर सेमीफाइनलको दौडबाट बाहिरिएको छ ।

 

अब इङल्याण्डले समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग मंगलबार खेल्ने तालिका रहेको छ ।     

          

 

प्रतिकृया दिनुहोस