• सोमबार-असोज-२८-२०८१

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मन भ्रमणमा

बर्लिन, २७ असोज (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता जर्मन भ्रमण गर्ने अपेक्षा गर्नुभएको छ । “उहाँ २०८१ कात्तिक २ गते शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनु हुने स्रोतले जनाएको छ ।”


जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।

 

बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उहाँले उक्त भ्रमण रद्द गर्नुभएको थियो ।


अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्या न गएको अनुमान गरिएको छ ।
---

 

प्रतिकृया दिनुहोस