• आइतबार-असोज-२७-२०८१

ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दु र्घटना, चार जना घाइते

 

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ ।

 

ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

 

बा ५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याइएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।

 

दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस