• शुक्रबार-कार्तिक-२-२०८१

सानो पर्दाको तितो सत्यदेखि ठुलो पर्दाको छक्का पञ्जा-५ सम्म

हेर्नै पर्ने मस्त सी वा भैगो पास के हो ?


   चर्चित टेलिश्रृंखला, तितो सत्यदेखि जमेका दीपक र दीपाश्रीको सफल, प्रभावकारी र जीवन्त अभिनयले छक्का  पञ्जाको सिरिज वा भनौ छक्का  पञ्जा-५ सम्म ठुलो पर्दामा गएका थिए I  त्यसमा सफल पनि छन् I

भारतीय रामायण सिरियल  आदि  निर्माण गर्ने  रामानन्द सागर ठुलो पर्दाबाट सानो पर्दा वा टिभीमा गएको उनको कथा सुन्दा देखिन्छ I उनी भन्छन कि अब मानिस तीन घण्टा अँध्यारो कोठामा बसेर होइन अपितु खुला भएर आफ्नो इच्छा अनुसार सानो पर्दामा हेर्न र मनोरंजन गर्न चाहन्छन् I


    नेपाली चलचित्र एउटा सानो उद्योग हो । मौलिक बन्न, राेजगारी दिन, आत्मनिर्भर बन्न र बलिउड बाहिर देखिने प्रयास गरेकाे देख्दा, हेर्दा  यो ठूलो काम हुन सक्छ। भारतमा वर्षेनी धेरै चलचित्र रिलिज हुने गरेको छ जसलाई नेपाली चलचित्रको चिन्ता छैन । नेपाली चलचित्रले बलिउड नक्कल गर्न खोज्दा भारतले नेपाली चलचित्र किन हेर्छ ?

 

१४ किसिमको रामायणको अध्ययन पछि उनले “रामचरित्रमानस” लाई मूल आधार बनाएका थिए I  त्यसो भएको हुनाले अन्य मुलुकमा जे सही भयो त्यो यहाँ नहुन सक्छ I तितो सत्यका कलाकार सानो पर्दाबाट ठुलोमा आए नाम र दाम कमाए भन्छन् I


    आजकल कुनै पनि प्रकारको समीक्षा यसतर्फ पक्षपातपूर्ण हुने सम्भावना प्रबल हुन्छ, त्यो चलचित्र होस् वा पुस्तकहरू । मलाई याद छ एक पटक पाउलो कोएल्होले आफ्नो ब्लगहरूमा लेखेका थिए कि यहाँका मानिसहरूले आफ्ना पुस्तकहरू बेच्नको लागि अन्य लेखकहरूको लागि सुन्दर टिप्पणी /विवरणहरू लेख्छन् र जब आफ्नो समय आउँछ, तिनीहरूले त्यही अवसरको अपेक्षा गर्दछन् I


  किताब र चलचित्रका समीक्षकहरू व्यवसायको अंश भएका ठाउँमा हामी के आशा गर्न सक्छौं । शब्दहरू भन्दा कार्यहरू चर्को रूपमा बोल्छन्। केवल एक अवैतनिक व्यक्तिले कुनै पनि कुराको बारेमा निष्पक्ष समीक्षा दिन सक्छ।


    २०८१ असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा- ५’को  पहिलो गीत ‘विहे भएको छैन’ केही समय अगाडि सार्वजनिक गरिएको थियो । लोक शैलीमा तयार गीतले दुई व्यक्तिको प्रेमकथा बोल्छ ।


    सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । 

 

गीतले फिल्मको केही कथा भन्न खोजेको छ । एक राजा र एक रानीको कथालाई फिल्ममा देखाइएको गीतबाट पनि अनुमान लगाउन सकिन्छ ।


    दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायाङ्कन छ ।


 सर्सरी हेर्दा, व्यावसायिक रूपमा अत्यधिक सफल मानिएको ‘छक्का पञ्जा’ श्रृंखलाको पछिल्लो फिल्म ‘छक्का  पञ्जा- ५’ ले आफ्नो परीक्षाको घडी सुरु भैसकेको छ I  


    आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको दीपाश्री निरौला निर्देशित यो फिल्मले २०८१ असाेज १७ गते फूलपातीको दिनदेखि प्रदर्शन गरेको छ ।  देशप्रेम, डीभी परे पनि विदेश नजाने,  पुरानै  राजाको कथा तर फरक प्रसंगमा, पृथ्वी नारायण शाह र प्रणेतासंगको समिप्यता र आसन्नता तर फरक परिवेशमा, राजनीति र प्रेमकथालाई हास्यरसमा पस्किन खोजेको छ ।  फिल्म पहिलेको छक्का पञ्जाको निरन्तरतामा क्रम भंगता होइन कि ? हो कि छुट्याउन कठिन  छ I अन्तमा गीतले थप रोमान्चित बनाउछ  I


    यसअघि ‘छक्कापञ्जा-५’ ले सार्वजनिक गरेको ‘ब्रेकअपसँगका शब्द रचना यौनिक तथा वर्गीय दृष्टिकोणले दोषरहित हुन नसकेको भन्दै विवादित पनि बनेको थियो । तर युट्युबमा रिलिज गरेको  कैयाैं दिन पछि पनि रिल्स पनि व्यापक मात्रामा बनाइएका छन् ।


    फिल्ममा दीपक, केदार, वर्षा सिवाकोटी, पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, गौतम, नवीन, दमन रूपाखेती, लेखक, निर्मल शर्मा सम्मिलित छन्।


    केदार र निर्मल शर्मा कार्यकारी निर्माता फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताका क्रमबद्ध छन् । हरि हुमागाईंको छायांकन सामने फिल्ममा विपिन मल्लको सम्पादन, प्रमुख विष्ट र सुनिल क्षेत्रीको नृत्य तथा शम्भुजित बाँस्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत समावेश छ।


    केहि व्यक्तिको मत अनुसार , सामाजिक विषयमा कमेडीको तड्का मिसाएर फिल्म सफल बनाउँदै आएको छक्का पञ्जा टिम पाँचौँ फिल्मसम्म पुग्दा सफल वा कमजोर कस्तो देखियो त्यो दर्शकले भन्ने कुरा हो ।     


 अभिनयमा अझ बढी सशक्तता आउन सक्थ्यो कि ?, कथामा माग्ने बुढाको फ्लेवरमा केही परिमार्जित रुप देखा परेको छ । पाँचौँ  फिल्मसम्म पुग्दा कथाको विषय बस्तु विवाहकै वरिपरि घुमेको देखिन्छ।


    इमान्दार सरकारी कर्मचारीले भोग्ने सामाजिक कथामा कमेडीको तड्का दिने प्रयास गरेको छ I  कलाकार प्राय धेरै पुरानै भएर पनि  अभिनय राम्रो भए पनि दर्सकले परिवर्तन खोजेको हुन सक्छ यदि दर्शक पुरानै वा नवयुवा भए । नयाँ कलाकार भनेको  दमन रुपाखेती र ब्रजेश खनालकाे पहिलाे प्रवेश हाे कि ?


    छक्का पञ्जामा दीपकराजले राजाको पात्रकाे भूमिका गरेका छन् । यस पटक राजाको सहयोगी बुद्धि तामाङ :ज्वाइँ साब’ भन्ने फिल्मतिर लागेका रहेछन्।  दीपक-दीपाको ब्रान्ड बलियो छ। पाँचौको प्रतिक्रिया कस्तो हुन्छ प्रतिक्षा गराैं !


    मेरो लागि, यो केवल अर्को चलचित्र मात्र होइन किनभने धेरै नयाँ फिल्महरूमा राजनीतिक सन्देश तपाईंको घाँटीमा बेरिएको छ। त्यसोभए तपाईंले धेरै चलचित्रहरू पाउनुहुन्छ जुन केवल एक जागृत सन्देशलाई राम्ररी रमाउनको लागि बनाइन्छ/पुन: निर्माण भइरहेको छ I


    चलचित्रहरू (र टिभी कार्यक्रमहरू) लगभग सबैमा कुनै न कुनै प्रकारको राजनीतिक सन्देश समावेश भएकै हुन्छन्, तर यो त्यहाँ पृष्ठभूमिको रूपमा थियो, फिल्म रमाइलो गर्न बनाइएको थियो । आजकल चलचित्र निर्माताहरूले चलचित्र हेर्न योग्य छ कि छैन वास्ता गर्दैनन्, उनीहरूले के हेरचाह गर्छन् "के हामी पर्याप्त बक्सहरूमा  टिक्यौं ?"


    नेपाली चलचित्र एउटा सानो उद्योग हो । मौलिक बन्न, राेजगारी दिन, आत्मनिर्भर बन्न र बलिउड बाहिर देखिने प्रयास गरेकाे देख्दा, हेर्दा  यो ठूलो काम हुन सक्छ। भारतमा वर्षेनी धेरै चलचित्र रिलिज हुने गरेको छ जसलाई नेपाली चलचित्रको चिन्ता छैन । नेपाली चलचित्रले बलिउड नक्कल गर्न खोज्दा भारतले नेपाली चलचित्र किन हेर्छ ?


    उद्योगको रूपमा वा राम्रो, हाम्राे माैलिकता बाेकेकाे चलचित्रको निर्माण र  निर्माताको रूपमा विकास, विस्तार  गरेर नेपाली चलचित्र उद्योग आफैंबाट विकसित भएर विश्व बजारलाई हेरेर नेपाली शैलीको विश्वव्यापी कथा सुनाउनु जरूरी छ ।


    नेपाली चलचित्र उद्योगमा चलचित्र निर्माणको ५०–६० वर्षको इतिहास छ र यसको विकास र प्रामाणिक नेपाली कथा सुनाउनुपर्छ । अबको १५ वर्ष भित्रमा नेपाली चलचित्र उद्योगको बरु नजिक पुग्ने यही एकमात्र उपाय हो ।


    सफल सूत्रको निरन्तरता: "छक्का पञ्जा" श्रृङ्खलाले ठूलो व्यावसायिक सफलता हासिल गरेको छ, यसले यसको हाँस्य र सम्बन्धित विषयवस्तुहरूको मिश्रणलाई ठूलो दर्शकमाझ गुन्जाउने अवसर  दिन्छ।


बलियो ब्रान्ड पहिचान: दीपकराज गिरी र दीपा श्री निरौलाले नेपाली चलचित्र उद्योगमा आफ्नो परियोजनाहरूको लागि आशा, अपेक्षा उत्पन्न गर्दै बलियो ब्रान्ड स्थापना गरेका छन्।


सामाजिक मुद्दाहरूको अन्वेषण: चलचित्रले सान्दर्भिक सामाजिक मुद्दाहरू, विशेष गरी इमानदार सरकारी कर्मचारीहरूले सामना गर्ने, हाँस्यव्यङ्ग्यलाई समावेश गर्दछ।


सांगीतिक अपिल: चलचित्रमा शम्भुजित बास्कोटा, दीपक शर्मा र बाबुल गिरी जस्ता प्रमुख नेपाली संगीतकारहरूको योगदानको साथ ध्वनि ट्र्याक प्रस्तुत गरिएको छ। "विहे भा'को छैन" गीतले विशेषगरी चलचित्रको सांगीतिक तत्व र कथालाई देखाउँछ ।

 

    नेपाली चलचित्रमा हेर्नै पर्ने “मस्त सी” वा पास” फिल्म  हो वा भैगो भन्ने सन्दर्भमा नेपाली फिल्मको प्रबर्द्धन र प्रोत्साहन आवश्यक छ I  समय छ र आफ्नो साधन स्रोतले  टेवा दिन्छ भने नेपाली चलचित्रलाई प्रोत्साहित गर्नु पर्छ चाहे त्यो जुनसुकै फिल्म होस् I

 

अहिलेनै यसैसँगै एकै दिन अरु २ वा ३ फिल्म समेत सँग यो फिल्मले प्रतिस्पर्धा गर्नुपर्नेमा यो विगत  को इतिहास थेग्न कतिको सक्षम् हुन्छ त्यो भविस्यले देखाउने नै छ I अन्य फिल्मका पनि समीक्षा समयमा होला नै I   


    यसमा संलग्न दीपा, दीपक, निर्मललगायत सबैमा “विजया  दशमी २०८१” को हार्दिक मंगलमय  शुभ कामना ! अविरल बग्दछ इन्द्रावती भनेझै  सबै क्षेत्रबाट नयाँ नयाँ फिल्म आउने अपेक्षा र आशा सहित।  

 

प्रतिकृया दिनुहोस