पाल्पा : बाल्यकालकाे त्याे दशैँ र याे दशैँ : “व्यवस्थापन” भन्दा “उत्सव”को रुपमा मनाऔं !
सामाजिक सञ्जालमा छरपस्ट पीडाहरू कहिँकतै पढें
आज चाडपर्वलाई रमाइलो मानिन्छ । विगतमा तिनीहरू विभिन्न देवताहरूलाई प्रसन्न पार्न र स्वास्थ्य र राम्रो खाद्यान्न बाली आदिको व्यवस्थापन स्याहार सम्भार गर्न गम्भीर प्रदर्शनहरू थिए ।
अहिले चाड पर्वहरु उत्सबको रुपमा मनाउनु भन्दा कसरि व्यवस्थापन गर्ने भन्नेमा बढी जोड दिएको देखिन्छ I जस्तो : कति दक्षिणा दिने , मासु कति किलो किन्ने , टिका लगाउन कहाँ कहाँ जाने, छोरा बुहारी भएको देशमा जना अग्रिम टिकट बुकिंग गरि प्रस्थान गर्ने सो को समाजिक संजालमा प्रेषित गर्ने, नेपालमै पनि कहाँ घुम्न जाने, साथी भाइलाई कुन चाहिं थकाली होटेलमा विदेशबाट आएको पर पाहुना र आफ्नै सन्तानलाई खुवाउने ? आदि ।
हामी सबै विगतमा चाडपर्वहरूको आनन्द लिनको लागि पर्खिरहेका हुन्थ्यो । उदाहरणका लागि दशैँ र तिहारलाई लिन सकिन्छ । हामीले धेरै उच्च अपेक्षाहरूका साथ र अन्ततः आफूले खर्च गर्न सक्ने कुरामा समायोजन गर्न र परिवार र साथीहरूसँग राम्ररी रमाइलो गर्ने योजना बनाएका हुन्थ्यौ ।
दैनिक क्यालेन्डरको पाना पल्टाउदै हामी हरेक विहान दशैँ / तिहार दीपावली आउन बाँकी दिनहरू गणना गर्दथ्याैं । युवा केटाहरूले चंगा उडाउने पटाकाहरूका लागि धेरै कम बजेट हुने गर्दथ्यो र अभिभावकहरूले अन्तिम दिनसम्म उनीहरूलाई सस्पेन्समा राखे र बजेट साँच्चै कम भयो, तर पनि हामीले परिवारको अवस्था बुझ्यौं र स्वीकार्थ्यौं I
नयाँ लुगा वरपरका टेलरहरूले सिलाई गरेका हुन्थे । जसले अन्तिम घण्टासम्म डेलिभरी गर्न ढिलाइ गरेर हामीमा थप कौतुहलता सिर्जना गरि दिन्थ्यो । तैपनि साथीभाइ र दिदीबहिनीहरूसँग मिठाई र पटाखे बाँड्दा हामीले रमाइलो गर्दथ्याैं। हामीले लगभग सबै छिमेकका घरहरूबाट विभिन्न किसिमका मिठाईहरू दिन्थ्यौं /ल्याउथ्यौं र ती मिठाईहरू हामी खान्थ्यौं।
आज, धेरैजसो नेपालीहरूका लागि हरेक दिन चाडपर्व हो, जसले चाडपर्वहरूको योजना बनाउँदैनन् । तयारी लुगाहरू उपलब्ध छन्, धेरै टेलर(दर्जी)हरूको बारेमा अहिलेकाे समाज र हामी अनविज्ञ हुन्छौं किनकि उनीहरुसंग हाम्राे फेस टु फेस हुँदैन ।
दशैँ / तिहार जस्ता चाडपर्वको पर्खाइमा नभई हामीले चाहेको बेला लुगा किन्छौँ । अधिकांश, अहिले घरमा खाना र मिठाई बनाउँदैनन् । सबै पसलहरूबाट किनिन्छ। विविधता भए पनि छिमेकका सबै एउटै मिठाई पसलमा जान्छन् ।
अब हरेक दोस्रो व्यक्ति मधुमेहका कारण मिठाई खान चाहँदैनन् र बोसो खपत हुने डरले चिल्लाे, गुलियाे मिठाई र भुटेको मासु वा अन्य खानेकुरा खान चाहँदैनन् ।
पाल्पा तानसेनमा दशैँ बारे केही कुरा गराैं :
आफू तानसेनमा बाल्यकाल बिताएको हुनाले त्यस बेला तानसेनमा मनाईने दशैँको झझल्को आउने रहेछ I अझ हाम्रा माता पिताको देहावसान पछिको “माता पिता अभिभावकविहीन” दशैँ र आफ्ना बालबच्चा समेत विदेशमा कार्यरत रहँदाको नमिठाे अनुभूति र स्मरण भिन्न प्रकारको हुने रहेछ I
पाल्पा तानसेनमा दशैँ सुरु हुनु भन्दा करिब एक महिना अगाडिदेखि नै दशैँको तयारीको लागि पिंगको निर्माण, राताे माटाले घरहरू लिपपोत , आँगनमा खसी, हाँसको व्यवस्था, तत्कालीन अवस्थामा पाल्पा भीमसेन टोलको ज़मिन्दारहरुबाट हाँस, हाँसको अन्डा तराईको खेत वा मौजाबाट धानचामल, उपहारको रुपमा दिने प्रचलनले सहअस्तित्व र आत्मसम्मानको भावना हुन्थ्यो I साथै, दशैँको लागि भनि १५ दिन छुट्टी हुने र लामो छुट्टी भनेर स्कूलले “होम वर्क” दिने चलन थियो I
हाम्रा चाडपर्व, समाज र प्रचलनकाे इतिहास सरसरी समीक्षा गर्दा, दशैँको लागि गोर्खेकोटबाट बसन्तपुर टोलसम्म बोका (नवमीको दिनमा माता भगवती मन्दिरमा बलि चढाउने चलन) लाई म र मेरा दाज्यु बालकृष्णले बोका हिड्न नमाने पछि पद्म पब्लिक हाईस्कूलको बाटो हुँदै बोकेर घर पुर्याउदाको त्यो बालककाे मनमा कौतुहलता र उत्साह हुन्थ्यो ।
नौरथा सुरु भए पछि प्रत्येक दिन विहान् ४ बजे उठेर नवरात्रीको लागि दैनिक दुर्गा सप्तसदी पाठ गर्न सानो टर्च लिएर भगवती मन्दिरमा जाने र पाठ गर्ने गरेको स्मरण हुन्छ I त्यस्मा पनि अष्टमी र नवमीको दिनमा पाठ गर्न बस्ने समेत ठाउँ नहुने I नौरथाको नौ दिनसम्म पुरेत बजे आएर चण्डी पाठ गर्ने चलन थियो I
नाै दिनको नाै रुपियाँ दिने चलन थियाे । विहान सबेरै त्येस बेला सारंगी रेट्दै गन्धर्व प्रत्येक घर मा शुभ गीत गाउँदै आउने गर्दथे I बालकहरु र वयस्कहरु चंगामा सिसा (डिस्टिल वाटरको एम्पुल) पिनेर धागोमा माझा राख्ने र चंगा उडाउने गरिन्थ्यो I
नयाँ लुगा किन्ने र त्यो पनि चीनको शर्ट नवमीकाे दिनमा लगाउन पाउँदा गौरवको अनुभूति हुन्थ्याे । शर्टमा लगाएको पिन, प्याकिंग हेर्दा अनौठो अनुभव हुने गर्दथ्यो I काठमाडौँ , बनारसलगायत ठाउँबाट आफ्ना आफन्तजनहरु आउने I आएपछि भेट्न जाने I
पाल्पामा पानीको समस्याले गर्दा विहान २ बजे उठेर गाग्रो सहित निशान धारमा पालो राख्न जानु पर्ने I अष्टमी पछि प्रत्येक दिन नुहाउन सिन्दुरे धारमा करिब ३ किलोमिटर टाढा जानु पर्दथ्याे I
नवमीको दिन नयाँ लुगा लगाई बोका अगाडि लगाई पूजा सामग्री लिएर भगवती थान जानु पर्ने I फूलपातीको दिन धन्वन्तरीको पूजाको लागि सबै सामान खल, तराजु , mortar and passle , सफा गरि अष्टमीको लागि तयार गर्नुपर्ने हुन्थ्याे I
दशैँ सुरु हुनु अगाडि नै भोजको लागि केराको पातको बन्दोबस्त गर्नुपर्ने, करिब १५- २० दिन अगाडि नै रोटी खासगरी सेल, अर्सा, अनार्सा, सयगुली, पाते रोटी, सिन्का रोटी, फिनी रोटी, झर, आदि विविध रोटी तयारी गरि आमाले त्यसको व्यवस्थापन गरी बेतको डालीमा सुरक्षित राख्ने गर्नु हुन्थ्यो I
टीकाको दिनमा घरको मुलीले अर्थात् बुवाले टीका लगाई दिने र त्यस बेला दक्षिणाको रकम मोहर सुका र बढीमा दस रपियाँसम्म हुथ्यो कि ? त्यो पनि महिला छोरी बेटी र बुहारीले मात्रै पाउने चलन थियाे I सायद यही क्रमको निरन्तरता स्वरूप ईन्द्र गुठी काठमाडौँले हाम्रो यो परम्परामा त्यति देखावटी रवाफ गरेको छैन I
अष्टमी कालरात्रिमा भगवती माताको दर्शन, फुर्सदको समयमा बन्देवीमा दर्शन, नवमीको दिन सबै देवी देवताहरुको मन्दिरमा पूजा अर्चना हुने गर्दथ्यो I
कामको सिलसिलामा काठमाडौँमा रहँदा बस्दा काठमाडौँकै हिसाबले दशैँ हर्साेलासका साथ् मनाउदै आइरहेका छौं I भक्तिभावमा समानता भएपनि पाल्पाको “फ्लेवर” पाउने अपेक्षा रहेको छ I जुन समयसंगै बदलिएको उलट पलटबाट पाउन सम्भव होला ?
बाल्यकालमा, दशैँ सबैभन्दा रमाइलो चाड थियो । त्यतिबेला दशैँ राम्रो लाउने मिठो खाने चाडको रुपमा थियो । बालकालको दशैँ अत्यन्तै रमाइलो थियो। हामी कैयौं चोटी दशैँ आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, भनेर खेलिरहन्थ्यौँ। टीकाको दिन गनेर औंला भाँचिन्थ्यो।
दशैँमा चम्डाले पिङ राख्ने चलन थियो गाउँमा । यसलाई पिर्के पिङ पनि भनिन्थ्यो। गाउँमा दशैँको अवसर पारेर बाटो मर्मत गरिन्थ्यो। गाउँका सबै व्यक्ति मिलेर मूल बाटो मर्मत गर्ने चलन अहिले पनि छ।
दशैँको अवसरमा कतै राँटे पिङ कतै चम्डाले पिङ राख्ने चलन गाउँमा थियो। कतै आजकल पनि छ।कुन गाउँमा कति पिर्के पिङ राखियो गाउँको शान यसैले निर्धारण गथ्यो। दशैँमा भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ हाल्ने चलन थियो।
यति बेला देश धर्मनिरपेक्ष भएको छ तापनि सबै जातजाति, धर्म सम्प्रदायहरुका चार्डपर्वलाई राज्यले समान व्यवहार नगरेको गुनासो पनि छ।
प्रविधिको प्रयोगले दशैँलाई विदेशमा रहनेहरुले समेत स्वदेशमा जस्तै गरी मनाउन पाएका छन् । दशैँमा मोवाइल शुभकामना प्रकट गर्नसमेत प्रविधिको प्रयोग धेरै हुन थालेको छ । मोवाइलमार्फत ठूलो मात्रामा शुभकामना आदानप्रदानले टेलिकम कम्पनीहरुले राम्रै कमाउने गरेका छन् ।
ई-कार्ड साइट, इमेलबाट शुभकामना सन्देश पठाउने गरिएको छ । सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, गुगल, साइट दशैँका शुभकामनाले भरिएका हुन्छन् I
दशैँको किनमेलको शैलीसमेत फेरिएको छ । घरमै बसीबसी अनलाइनबाटै खसीदेखि कपडासम्म किनमेल गर्ने सुविधा इकमर्स साइटहरुले उपलब्ध गराउदै आएका छन् । विदेशमा रहेकाहरुले अनलाइनबाटै स्वदेशमा रहेका आफन्तलाई दशैं खर्च र आवश्यक सामग्री पठाउन सक्छन् ।हुने खानेदेखि हुने खानेले समेत ऋण काढेरै भए पनि राम्रो लगाउन र मिठो खान जोहो गरिरहेका छन् ।
अब दशैँलाई तडकभडकयुक्त भन्दा ‘घाँटी हेरी हाड निल्नु’ उखानलाई चरितार्थ गर्दै रमाइलोसग मनाऔं । सबैलाई विजय दशमी २०८१ को “हार्दिक शुभकामना” !!!
सामाजिक सामाजिक सञ्जालमा
छरपस्ट पीडाहरू कहिँकतै पढेकोबाट :
चाडपर्व पहिलेको जस्तो रहेन अनुहारको मुस्कान अब पहिलेको जस्तो छैन । चाडपर्वहरू अब त्यो बालिस कुरा रहेनन्।
बाल्यकालका चाडपर्वहरू खोज्दै थिएँ । वा यसरी भन्नुहोस् यिनै चाडपर्वहरूमा म त्यही बाल्यकालको खोजीमा थिएँ ।
खोज्दा थाहा भयो अब हामीले हार्न बिर्सेका छौं अब हामीले आफैलाई हराउन बिर्सेका छौं लट्टाई र चंगाहरुमा, खोपी खेल्ने ढ्याकहरुमा, रंगहरूमा, चंगाहरूमा, मिठाईहरूमा हामी अलमलमा छौं लडाइमा, औषधिमा बाल्यकालका चाडपर्वहरू खोज्दै थिएँ ।
जहाँ सडकमा भेटिएका बेलुन कहने खसीको मासुमा खुसी देखियो जहाँ खुसी थियो, त्यहाँ केही पैसा मात्र खर्च गर्न सकिन्छ। आज तलबमा पाएको ठूला नोटमा खुसी कैद भएको छ ।
चाडपर्व पहिलेको जस्तो रहेन अनुहारको मुस्कान अब पहिलेको जस्तो छैन । वा सायद... झुटो मुस्कान पछाडि लुकेको पीडा अब पढ्न सिकेका छौ । हामीले चाहनाको सट्टा गुनासोले चिसो आँखा पढ्न सिकेका छौं। हामीले जीवनलाई जति धेरै बुझ्यौं, त्यति नै जटिल बनायौं। हामीले उमेरका थोपाहरू बगायौं र जिज्ञासाको चिंगारी निभायौं।
बाल्यकालका चाडपर्वहरू खोज्दै थिएँ । वा यसरी भन्नुहोस् यिनै चाडपर्वहरूमा म त्यही बाल्यकालको खोजीमा थिएँ । जहाँ पेन्सिल र इरेजर हरायो खुसीमा आफूलाई कसरी हराउने भन्ने थाहा थियो खुसीमा हराएका थियौं, आफैंलाई बिर्सियौं ।
आजकल हामी आफ्नो धेरै ख्याल गर्न थालेका छौं। हामी एक पलको लागि पनि खुसीमा हराउन सक्दैनौं। बाल्यकालका चाडपर्वहरू खोज्दै थिएँ । वा यसरी भन्नुहोस् यी चाडपर्वहरूमा बाल्यकालको खुसी खोज्दै थिएँ ।
थाहा पाए उनी लामो समयदेखि हराएकी छिन्, बाल्यकालका बेलुनहरूमा फसेकी छिन्। वा सायद उनी कतै महँगो बजारमा कैद थिए । यो वर्ष बाढी आदि ले गर्दा सायद चियापान औचित्यहीन होला I आयोजना गर्दैनन् जस्तो छ I
(तस्बिर : पाल्पाकाे प्रसिद्ध भगवती मन्दिर र लेखककाे घर, बाल्यकाल, दाजु-बहिनीसँगकाे स्मरण )

प्रतिकृया दिनुहोस