नेपालमा बुढ्यौली–‘एजिंग’ व्यवस्थापन–(३) : यो संसारमा बाँच्ने मजा दोब्बर हुँदैछ
जेष्ठ नागरिकहरूले आफूले प्राप्त गरेको अनुभव, ज्ञान र सिपहरु पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पर्दछ । यदि कोही मानिस ८० वर्षमा पनि सक्रिय रहन्छ भने त्यसमा युवाअवस्थाको विशेषता भएको मानिन्छ । समय बदलिएसँगै यो संसारमा बाँच्ने मजा दोब्बर हुँदै जान्छ । पुरानो जमानाको सामाजिक सांस्कृतिक अभ्यासहरू अब समुदायहरूमा समस्या होइनन् । सामाजिक मूल्यमान्यता, जीवनशैली, परम्परा र प्रयोग जस्ता सामाजिक जीवनका सबै पक्षहरू परिवर्तन हुँदैछन् ।
हाम्रो सभ्यताको आधारशिला अध्यात्मलाई आधुनिक सुखसुविधा र भौतिकवादी विकासले कमजोर बनाएको छ । समाज र समाजमा आफ्नो कमजोर स्थितिको कारण, वृद्धहरूले व्यक्तिगत रूपमा भौतिक र मनोवैज्ञानिक उजाड सहन सक्छन् । आफ्नो जीवनसाथी, घनिष्ठ मित्र, वा अन्य आजीवन साथीहरू गुमाउनु लगायत अन्य प्रभावकारी कारकहरूले दुःखलाई अझ खराब बनाउन सक्छ । यसले व्यक्तिको शारीरिक पतनको साथसाथै सामाजिक जडानहरू गुमाउनेछ जसमा उनीहरूले प्रयोग गरेका थिए, र अलगावले सम्भवतः रोगी र असन्तुष्टि निम्त्याउनेछ ।
जनसंख्यालाई वृद्धावस्थाको रूपमा वर्गीकृत गरिन्छ जब वृद्ध जनसंख्या कुल जनसंख्याको समानुपातिक रूपमा ठूलो हिस्सा बन्न पुग्छ जहाँ सामाजिक सुरक्षाले सरकारको आर्थिक सहायता कार्य कार्यक्रमलाई जनाउँछ जुन सम्भावित रूपमा समाजको जोखिममा परेका खण्डहरू जस्तै बालबालिकाको लागि निर्देशित गरिएको जनसंख्याको कल्याणलाई बढावा दिनको लागि हो ।
यी समस्याहरूलाई सम्बोधन गर्न र उनीहरूको आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै नीति तथा सुरक्षा कार्यक्रम तर्जुमा गरेको छ र देशका ज्येष्ठ नागरिकको हितलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महासन्धिहरू गर्न प्रतिबद्ध समेत छ ।
नेपालको सरकारी निकायमा सेवा निवृत्त उमेर ५८ वर्ष छ । अर्थात् सरकारी सेवामा बुढ्यौली ५८ वर्षबाट प्रारम्भ हुन्छ । तर, शिक्षा सेवामा निवृत्ति उमेर ६३ तथा कानूनी सेवामा यो उमेर ७५ वर्ष छ । तसर्थ विभिन्न क्षेत्रमा बुढ्यौलीको समयसीमा पनि फरक छ । सत्र वर्षमा विवाह भएकी महिला ३५ वर्षको युवा उमेरमा हजुरआमा बन्न सक्छिन् । नाति र नातिनीहरु खेलाउँदा र उनीहरूले हजुरआमा भनेर बोलाउँदा ३५ वर्षको युवा उमेरमा पनि उनको सामाजिक भूमिका वृद्ध हजुर आमाको जसतै हुनुपर्छ । किनभने समाजले तन्नेरी हजुरआमाको भूमिका बनाएको छैन ।
साथै, जेरन्टोलोजीमा उमेरको आधारमा वृद्धत्वको वर्गीकरण निम्न प्रकार गरिन्छ ।
वृद्धावस्था ६५ वर्ष, युवा वृद्धावस्थामा ६५–७, मध्य उमेर ७५–८४ र अतिवृद्ध ८४ भन्दा माथि ।
एउटा भनाइ छ– ‘वृद्ध भएकोमा पश्चात्ताप नगर, यो धेरैले नपाएको अवसर हो ।’ मुलुकमा यस्तो अवसर पाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ तर उचित व्यवस्थापनमा सरकारले ध्यान नपु¥याउँदा यहाँ वृद्ध भएकोमा ‘पश्चात्ताप’ हुनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ । बुढ्यौली जीवन सुखमयी, स्वस्थ एवं सम्मानित रुपमा बिताउन पाउनुपर्ने ज्येष्ठ नागरिक आफ्ना माग पूरा गराउन वर्षौंदेखि धर्नामा बस्नुपरेको उनीहरुको दुखेसो छ । पछिल्लो ५ दशकमा ज्येष्ठ नागरिकको संख्या पाँच गुणा बढेको तथ्यांकले देखाउँछ । विक्रम सम्वत २०१८ को जनगणनामा ६० वर्षमाथिको संख्या ४ लाख ८९ हजार रहेकोमा पछिल्लो जनगणना २०७८ मा ज्येष्ठ नागरिक संख्या उल्लेख्य माथि पुगेको छ ।
केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेअनुसार सन् २०३१ मा ज्येष्ठ नागरिक संख्या कुल जनसंख्याको ११ प्रतिशत रहने देखाएको छ । तर यो प्रतिशत अझै बढ्ने अनुमान छ । ‘लाखांै युवा विदेशिएका कारण प्रजनन दर झनै घढ्दो छ । यसले आगामी दिनमा ज्येष्ठ नागरिक संख्या झनै बढ्ने देखाउँछ ।
देशबाट युवा विदेशिने क्रम रोकिए अहिलेको अवस्था उत्तम अवसरका रुपमा परिभाषित हुने थियो । जुन सम्भब छैन र बसाई सराई नैसर्गिक अधिकार हो । सीप र ज्ञानले खारिएको ज्येष्ठ नागरिकको मार्गदर्शनमा युवा पिंढीले देश विकासमा जुटे नेपाल चाँडै समुन्नत हुने सम्भावना लाई नकार्न सकिन्न ।
ज्येष्ठ नागरिकको वृद्धिदर सहरको तुलना पहाडमा बढी देखिन्छ । आन्तरिक विस्थापन, बसाइसराइ, सामाजिक द्वन्द्व आधुनिकीकरणलगायतका कारण यस्तो देखिएको विज्ञ बताउँछन् । काठमाडौंको कुल जनसंख्या १७ लाख ४४ हजार २ सय ४० मध्ये ६० माथिका वृद्धवृद्धा संख्या १ लाख ५ हजार ३ सय ३ छ । यो प्रतिशतमा ६ दशमलव ०३ हो । जबकि दुर्गम जिल्ला दार्चुलामा त्यहाँको जनसंख्याको ८ दशमलव ४ प्रतिशत ज्येष्ठ नागरिक छन् ।
सरकारले ज्येष्ठ नागरिकको ज्येष्ठ नागरिक ऐन २०६३, राष्ट्रिय ज्येष्ठ नागरिक नीति तथा कार्यनीति २०५८ र ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना २०६२ लगायतको व्यवस्था गरेको छ । यिनमा निःशुल्क स्वास्थ्य उपचार, क्षेत्रीय तथा केन्द्रीयस्तरमा आश्रम निर्माण तथा अन्य थुप्रै सुविधा उपलब्ध गराउने व्यवस्था छ ।
तर, यसको कार्यान्वयन राम्रोसँग नभएको ज्येष्ठ नागरिकको गुनासो छ । कतै वृद्धाश्रम जीर्ण भएको त कतै महँगो भएको उनीहरुको गुनासो हो । सरकारी पक्ष भने आफू ज्येष्ठ नागरिकप्रति संवेदनशील भएको बताउँछ । ज्येष्ठ नागरिकका लागि भत्ता व्यवस्थासँगै उनीहरुको मनोरन्जन र सिप प्रयोग गर्न थालिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय क्रियाशील छ ।
सामाजिक सुरक्षा भत्ताले मात्र ज्येष्ठ नागरिकको सुरक्षा पूरा नहुने जनसंख्याविद् बताउँछन् ।
नेपालमा क्रियाशील श्रमशक्तिसँग सम्बन्धित उमेर समूह (१५–५९ वर्ष) का हिसाबले सबैभन्दा सुविधाजनक अवस्थामा पुगेको छ । जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन अनुसार यस उमेर समूहमा यतिबेला कुल जनसंख्याको ६१.९६ प्रतिशत मानिस पर्छन् । यो संख्या १ करोड ८० लाख ७१ हजार ६८५ हो ।
अघिल्लो जनगणना २०६८ को तुलनामा यो ५ प्रतिशत विन्दुले बढी हो । तथ्यांक अनुसार ५ वर्षभन्दा कम उमेरको संख्या १.३३ प्रतिशत विन्दुले कम हुँदा ६० वर्ष भन्दा माथिको उमेर समूहको संख्या २.०८ प्रतिशत विन्दुले बढेको छ । यसले यो परास्त छ कि नयाँ जन्मिने भन्दा बुढ्यौली उमेरमा जानेको अनुपात बढ्दै गएको देखाउँछ ।
२०७८ सालको जनगणनाको तथ्यांक अनुसार जानसाङ्खिक लाभ लिन सकिने सक्रिय श्रमशक्तिको यस्तो सुविधा नेपालले अझै दुई दशकसम्म निरन्तर लिन सक्ने सरोकारवालाको विश्लेषण छ । तर, मुलुकको विकासको धिमागति र राजनीतिक अस्थिरता हेर्दा यो अवसरलाई उपयोग गरी मुलुक समृद्ध बनाउने अवसरबाट नेपाल चुक्न सक्ने जोखिम रहेको समेत छ ।
विगतमा नेपालमा अर्थतन्त्रमा समस्या हुँदा सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका थिए । वर्षेनी साधारण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।
रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताईन्छ । सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको मत राख्दै गर्दा तलब, भत्ता, पेन्सन, र खर्च कटौतीको उचारण समेत गरेनन् । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस