माधव नेपालको छाता पार्टीको बेहाल !
सिद्धान्ततः देशको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण तथा संस्कृतिको निर्माण गर्न निर्माण गरिएका कम्युनिस्ट पार्टी जनताको संगठन भएकाले ‘पिरामिड’ आकारका हुनुपर्दछ । छाता आकारका पार्टी हुनु भनेको अन्तमा सकिने दिशातर्फ अघि बढ्नु हो । एमालेले मात्र लोकतान्त्रिक तथा स्थापित विधि, नीति र मूल्य अनुसार पिरामिड आकारका संगठनहरूको निर्माण गर्दै अघि बढेको देखिन्छ ।
माधव नेपालको पतन
आफूलाई विधि, नीति र आदर्शवान भन्ने स्वघोषित नेता माधव कुमार नेपालले के के न गर्छु भन्दै एमालेबाट केही असन्तुष्ट ‘झुन्ड’ सहितको ‘ग्याँङ्ग’ बोकेर हिँडेको औचित्य कहिल्यै पुुष्टि नहुने भयो । उनले राजनीतिक अपराध गरेका हुन् । जुन कहिल्यै क्षम्य हुनेछैन । एमालेमा हुँदा केन्द्रीय कमिटीको सदस्य भइएन, प्रदेशमा गइएन र जिल्लामा पुगिएन भन्दै ‘रुँने खँचुवा’हरूलाई भेला गरेर विधिलाई धोती लगाएर ‘एमालेमा जिल्लामा पुग्ने हैसियत नभएकालाई पनि केन्द्रीय सदस्यमा ‘मनोनित’ गरेका छन् ।
राजनीतिमा कुनै ‘हुती’ नभएको एकीकृत समाजवादी नामको कम्युनिस्ट नामधारी पार्टीले ‘छाता’ जस्तो आकारमा केन्द्रीय कमिटी बनाएपछि सर्वत्र आचोलना भएको छ । सकिएको र बाँकी पनि छिट्टै सक्किने संकेत हो त्यो । त्यतिमात्र होइन उनकै समूहमा नेतादेखि कार्यकर्तासम्म अधिकांश असन्तुष्ट भएर भटाभट मूल घर एमालेमा प्रवेश गर्नेको लर्काे लाग्दैछ । राजेन्द्र पाण्डेले विज्ञप्ति नै निकाले । आफ्नो क्षेत्रमा विज्ञता निर्माण गरेका डा. द्वारिका उप्रेती माधवको पार्टी काम नलाग्ने भन्दै आफ्नो पुरानो घर फर्के । रामकुमारी झाँव्रmीले ‘समाजवादी पार्टी यही अवस्थामा चल्नै नसक्ने’ ठोकुवा गर्दैछिन् । ‘माओवादीसँग एकता भए सबैजसो कार्यकर्ता एमालेमा नै फर्किने’ उनको ठम्याइ रह्यो । यहिले नै एमालेमा फर्किनेहरूको लाइन लाग्न थालेको छ ।
दुई लाख नब्बे हजार भन्दा कम भोट ल्याउने माधव कुमार नेपालको समाजवादी पार्टीले तीन सय चौवालिस सदस्यीय केन्द्रीय सदस्य बनाउनु कम्युनिस्ट नामधारी ‘पदका लोभी र भोका मान्छे’को भर्ना गर्नु बाहेक केही होइन । जसको कुनै अर्थ र औचित्य देखिन्न । खासमा राजनीतिक पार्टी भनेको ‘पिरामिड’ आकारमा निर्माण हुनुपर्ने हो । त्यसको विपरीत साना र नाम मात्रका पार्टी र आफूलाई कम्युनिस्ट पार्टी नै भन्नेहरू छाता आकारमा पार्टी संगठनको निर्माण गर्दैछन् ।
यस्तो हर्कतले दलीय राजनीतिमा आक्रोश, आशंका र तीव्र असन्तुष्टि बढाउँदैछ । निश्चित लोकतान्त्रिक मूल्य, मान्यता र विधिबाट पार्टी सञ्चालन गर्न नखोज्दा त्यसले अनेकौँ समस्या ल्याउने देखिन्छ । आधारभूत तहमा जनता नभएको पार्टी ‘खोक्रो’ बन्ने पक्का हुन्छ । छाता आकारबाट होइन पिरामिड आकारबाट मात्र जनताको संगठन निर्माण हुनुपर्दछ । अन्यथा सर्वत्र आलोचना र अविस्वास बाहेक केही हुने छैन । छाता आकारमा केन्द्रीय समिति बनाएकोले माधवको समूहभित्रै तीव्र असन्तुष्टि देखिएको हो । ‘सँगै बसेको उसलाई त्यहाँ राख्ने भए म किन तल बस्ने’ भन्ने आव्रmोस बढेकोले ‘पत्रु’मा बस्नुभन्दा आफ्नै घर एमाले ठीक भन्ने बढेका हुन् ।
देख्नेलाई भयो लाज !
संघीय संसदमा भएको दुई सय पचहत्तरको संख्या बढी भयो भन्ने जनआवाज आइरहेको समयमा माधवको पार्टीमा भएको ‘छाता आकार’को केन्द्रीय कमिटीको मनोनयन (खल्तीका नाममा टीक लगाउने काम)ले उनी कुन विधि, थिति र नीतिबाट अघि बढ्न चाहेका रहेछन् ? देखियो, प्रष्ट भयो । ‘...भन्दा देख्नेलाई लाज’ जस्तो भयो । तीन करोड जनता भएको नेपालमा एक सय बढी दल हुनुको औचित्यमाथि प्रश्न उठेको बेला यस्ता हर्कतले जनतामा निराशा थप्ने बाहेक केही गर्दैन ।
एक अर्ब चालिस करोड जनता भएको चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले नेशनल पिपुल्स कँग्रेस नामको संसदमा दुई हजार आठ सय सतासी जनाको संख्याले मुलुक सञ्चालित छ । भारतको लोकसभामा पाँच सय त्रिचालिस सदस्यको संख्या छ । हाम्रोमा आफ्नालाई जागिर खुवाउन र कार्यकर्तालाई टीका लगाएर छाता आकारका संगठन निर्माण गर्न मात्र पार्टी गठन गरेको जस्तो देखियो । माधवले गरेको छाता सूत्रबाट उनको समाजवादी पार्टीमा पहिले माओवादीमा भएको जस्तो पुरानो रोग बढ्ने देखिन्छ । छाता पार्टी बनाउँदा जसरी प्रचण्डले दुःख भोगे ।
कोही पनि सन्तुष्ट भएन । माधवको समूहमा पनि उही खाले आफूँसँगैको ‘त्यो केन्द्रमा म किन तल्लो कमिटी’ भन्ने असन्तुष्टि र रोग तीव्र हुनेछ । निश्चित विधि, विधान, मापदण्ड, आधार, औचित्य, अर्थ, कारण केही होइन ‘त्यो रिसाउला कि ?’ ‘त्यो फेरि एमालेमा जाला कि ?’ ‘त्यसलाई पनि थुम्थुमाउँ’, ‘उसलाई पनि थामथम गरुँ’ भन्ने सूत्र र आधारबाट केन्द्रीय कमिटीमा खल्तीबाट मान्छे हालियो । यसले पार्टीको स्वरुप र आकार पुरै ‘छातामा’ परिणत भयो ।
वास्तवमा यो विधि र तरिकाबाट जति धेरैलाई भर्ती गरेपनि थप असन्तुष्टि बढ्दै जाने मात्र हो । माधव नेपालको समाजवादी पार्टीले त्यही असन्तुष्टिको मार भोग्ने प्रस्टै छ । फेरि एमालेसँग ‘एकीकरण’ गर्न त्यो छाता विधि बाधक हुनेछ । ‘पोलिटिकल पोजिशन र विजीनेश’ केही नभएका तीघ्रेहरूलाई केन्द्रीय सदस्य बनाएर माधवले गाइजात्रा देखाए । तिनले बनाएका ती सदस्यलाई समाजले मात्र होइन स्वमय् माधव नेपालले पनि चिन्न सक्ने अवस्था छैन ।
कसले बिगार्यो संस्कृति ?
विगतमा पुरै असफल भएको साँगठानिक विकृतपूर्ण संस्कृतिलाई माधवले फेरि दुरुप्रयोग गरे । २०६७ सालमा प्रचण्डको नेकपा माओवादीले त्यस्तै छाता आकारको केन्द्रीय कमिटी निर्माण ग¥यो । सुरुमा तीन सय उनान्सय सदस्यको केन्द्रीय कमिटी बनायो । सार्वजनिक, बौद्धिक र नागरिक स्तरमा तीव्र आलोचना हुँदाहुँदै फेरि त्यो बढाएर प्रचण्डले तत्कालै चार सय उनान्सय सदस्यको केन्द्रीय कमिटी बनाए । फेरि आकाँक्षीको माग र विरोध भयो । उनले त्यही क्रमले बढाउँदै नौसय उनान्सय सदस्यको कमिटी निर्माण गरे । आन्तरिक विरोध झन तीव्र भयो । ‘त्यो केन्द्रमा जाने म तल्लो कमिटीमा बस्ने ?’ भन्ने भयो ।
पछि प्रचण्डले फेरि केन्द्रमा जाने संख्या बढाउँदै—बढाउँदै तीन हजार नौ सय उनान्सय सदस्यीय बनाए । तर, केही समयपछि त्यसलाई विघटन गर्न उनी बाध्य भए । अर्थहीन, औचित्यहीन र विधिसम्मत्त नभएको कार्य फिर्ता हुनुको विकल्प पनि हुन्न । ‘क्रान्ति’ गरेको भनेर सत्ता सञ्चालन समेत गरिसकेको माओवादी पार्टीले गरेको त्यो कार्य राजनीतिक संगठनमा ‘छाता आकार’को पार्टीको निर्माणले कुसंस्कृति निर्माण ग¥यो । जसले सामाजिक मर्यादा, प्रजातान्त्रिक मूल्य र विश्वव्यापी अभ्यास भत्काइदियो । आखिर त्यो गलत थियो, गलत भयो । त्यही हालत हुन्छ माधवको ‘छाता संगठन’को पनि ।
एमाले मात्र सही
हाल भएका ठूला पार्टी मध्ये तुलनात्मक रूपमा एमालेले चाहिँ केन्द्रीय कमिटीदेखि पार्टीका संगठनमा निश्चित मापदण्ड, आधार र प्रष्ट वैधानिक व्यवस्था लागु गरेर ‘छाता आकार’को होइन कि ‘पिरामिड आकार’का संगठन निर्माण गर्दै आएको छ । एमालेबाट एमाले भन्दा ‘ठूलो क्रान्तिकारी हुने’ भन्दै निर्माण गरेको माधव नेपालको पार्टीले फेरि नेपाली राजनीतिमा ‘छाता आकार’को केन्द्रीय कमिटीको गठन गरेर ‘दुनियाँ’ हँसायो । जनसमर्थन नभएको र तीन लाख पनि भोट पनि ल्याउन नसकी ‘थ्रेसहोल्ड’ कटाउन नसकेको दलको केन्द्रिय कमिटी तीन सय चौवालीस सदस्य किन चाहियो ? अब छाता आकारको पार्टी निर्माण गरेर पार्टी बचाउदछु भन्ने माधवको भ्रम तुहिने छ ।
माधवको र त्यस्ता नाम मात्रका कम्युनिस्ट पार्टीहरूले त्यसरी छाता आकारका संगठन निर्माण गरेका छन् । यद्यपि, सबै कम्युनिस्ट उस्तै होइनन्, छैनन् । सबै नेता उही होइनन्, छैनन् । भएका कम्युनिस्ट नामधारी सबै कम्युनिस्ट पार्टी खासमा कम्युनिस्ट पनि छैनन्, रहेनन् । एमालेले चाहिँ जहिल्यै निश्चित विधि, विधान र अभ्यासलाई पालना गर्दै आयो । माधव कुमार नेतृत्वको समूहले हालै गरेको केन्द्रीय सदस्यको मनोनितको छाता शैलीले लोकतान्त्रिक मूल्य, मान्यता र राजनीतिक पार्टीको अभ्यासलाई नै पङ्गु बनायो । यही छाता आकारको पार्टी बनाएको कारण एमालेमा फर्किनेको ताँती देखिएको हो । चौरासीसम्म आइपुग्दा समाजवादी नामको माधवको झुन्ड पुरै सकिने पथतर्फ उन्मुख देखिन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १०)

प्रतिकृया दिनुहोस