• आइतबार-भदौ-१५-२०८२

भूराजनीतिमा मार्क्सवादी दृष्टिकोणले के भन्छ ? 

 

दर्शन भनेको देख्नु, बुझ्नु र व्यवहार गर्नु हो । दृष्टिको अर्काे नाम दर्शन हो । दर्शन किन आवश्यक छ ? दर्शनले कसरी काम गर्दछ ? माक्र्सवादी विश्व दृष्टिकोणले के भन्छ ? माक्र्सवादी दर्शन भौतिक विज्ञानमा आधारित छ । वैचारिक र दार्शनिक भूराजनीतिमा माक्र्सवादी विचारधाराको सान्दर्भिकता घटेको छैन । नेपालमा माक्र्सवादी विचार र दृष्टिकोणको प्रभाव राजनीतिक, सामाजिक, कानुनी र सार्वजनिक जीवनमा सर्वत्र अनुभव गर्न सकिन्छ । ‘प्राक्टिकल लाइफ’मा ‘माक्सिजम्म’ झल्कनु आवश्यक छ ।


माक्र्सवादी दर्शनको काम मानव जीवन, समाज, चिन्तन र जगतलाई हेर्ने हो । प्रकृतिलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विभिन्न दृष्टिकोणमध्ये माक्र्सवादी दर्शन सर्वश्रेष्ठ रह्यो । दार्शनिक दृष्टिमा जस्तो हेराई हुन्छ, त्यस्तै व्यवहार र बुझाई हुने हो । दर्शन भनेको मानिसको विचार र दृष्टि हो । प्रकृतिमा पनि दर्शन पढ्न पाइन्छ । बाघ र स्यालको प्रकृतिसँग स्वतन्त्रताको सम्बन्ध रहेको देखिन्छ । बाघको स्वामित्वमा लाखौँ विघा जमिन छ । चिडियाखानामा राखिएको बाघ चाहिँ सुकुम्वासी जस्तो बनाइएका छन् । समाजसँग मान्छेको समानताको सम्बन्ध सम्झौता गरेर बाँच्न बाध्य छ । 


जननेता मदन भण्डारीले जीवन अगाडि बढ्छ, सिद्धान्तले पच्छ्याउँछ भन्नुभयो । कोही कति कम्युनिस्ट भयौँ कि भएनौँ भन्ने कुरा हेर्ने भनेको विचारमा वैज्ञानिकता, राजनीतिमा स्वतन्त्रता र समाजमा सामुहिकता, अर्थतन्त्रमा सम्पन्नता हुनुपर्दछ र व्यवहारमा झल्किनुपर्दछ भन्ने हो । पानी बन्न अक्सिजन र हाइट्रोजन हुनुपर्दछ । अक्सिजन नभएका पानी जस्ता माक्र्सवादी दृष्टि नभएका कम्युनिस्टले अनेक नाममा ‘सटर’ खोलेका छन् । भ्रष्ट र पतित सोचका कम्युनिस्ट नेपालमा बढेकाले अहिले जनतामा कम्युनिस्टप्रति पनि सन्देह पैसा भएको छ ।


 हामीलाई कुन विचारले पच्छायो प्रश्न त्यो हो । समाजवादी दृष्टिकोणले पच्छाएको भए समाजमा समानता हुनुपर्दछ भन्ने दृष्टिकोण राख्दछ । आज हामीले आधारभूत चेतनाको लेवलमा माम्र्सवादी प्रशिक्षण आवश्यक छ । कम्युनिस्ट विचार, दर्शन र व्यवहारमा सेतो तथा चोखो हुनुपर्दछ । घरको बगैँचामा पनि हेरचाह गर्न छाड्ने हो भने झारपात उम्रिन्छन् । झारैझारले खान्छ । माक्र्ससँग वाद जोडिएर माक्र्सवादको जन्म भएको हो । वादको बारेमा चर्चा गर्दा कम्युनिस्ट बन्न दृष्टिकोणमा वैज्ञानिकता चाहिन्छ । राजनीतिमा स्वतन्त्रता चाहिन्छ । बहुसंख्यक मानिसहरूलाई सीमित पुँजीपतिले ठग्दैछन् । 


श्रमिकमारा विनोद चौधरीजस्ता पुँजीपतिलाई शीर ठाडो गरेर हेनुपर्ने तर किसान, मजदुर र श्रमिकले जहिल्यै शीर निहु¥याएर तल भुइँमा हेर्नुपर्ने अवस्था अहिले पनि छ । यस्तो राज्य प्रणालीको कारण मुलुकमा आर्थिक र सामाजिक विभेद बढ्दैछ । सरकार मूलतः मजदुर, किसान र आम नागरिकको हक र हितको सुरक्षाको लागि आवश्यक हो । सत्ता पुँजीपति र दलाल नोकरशाहीको पक्षमा सरकार निरीह भयो भने माक्र्सवादी विचारधारामाथि प्रश्नैप्रश्न उठ्न पुग्दछ । देश चहिँ गरीब हुने विनोद चौधरी जस्ता पुँजीपतिको सम्पत्ति भने बढ्दै जाने अवस्थाको अन्त्य हुनुपर्दछ । सरकार पुँजीपतिको सञ्चालक समिति जस्तो भइदियो भने कम्युनिस्ट सत्तामा हुनु र नहुनुमा सामान्य नागरिकलाई केही फरक हुन्न । 


कम्युनिस्ट दर्शन र विचारधाराले यसमा ध्यान दिनु पर्दछ । समाज बनाउन, सुधार गर्न र परिवर्तन गर्न हिड्ने मान्छे नै कम्युनिष्ट हो । माक्र्सवादभित्र अर्थशास्त्र छ । इतिहास छ । राजनीतिशास्त्र छ । दर्शन र समाजशास्त्र रहेको छ । विश्व राजनीतिक दर्शनमा प्रमुख रूपमा दुई कित्ता मात्र रहेको छ । भौतिकवादी र पुरातनवादी । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी हो । वस्तुको मूल्य श्रमिकको श्रमबाट आयो भने मोल बजारबाट तोकिन्छ । समाजशास्त्र ऐतिहासिक भौतिकवाद र माक्र्सवादी विचारधारा अन्तरसम्बन्धित छन् । जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) को दर्शनको आधार वर्ग सिद्धान्तको दर्शन हो ।


 विश्वमा आफ्नै श्रममा जीवित र अर्काको श्रममा जीवित हुने दुई वर्ग हुन्छ । माक्र्सवादी दर्शनका विरोधीले मान्छेलाई विभिन्न भाषा, धर्म, क्षेत्र, देश, समुदाय र अन्य पक्षमा विभाजित गराए, गरिँदैछ । एउटा मान्छेलाई अनेक अर्थ, पक्ष र विषयबाट विभाजित गरिँदैछ । सामान्तवाद र पुँजीवादीहरूले शोषण, विभाजन र कृतिम द्वन्द्व गराएर थप शोषण गर्दै आएको छ । रुस–युक्रेन युद्ध, इजरायल–प्लाइस्टाइन युद्ध, पाकिस्तान–भारत युद्ध, इजरायल–इरान युद्ध र अनेक युद्धलाई पुँजीपतिले अर्थाेपार्जन र शक्ति आर्जनको ‘टुल्स’को रूपमा प्रयोग गर्दैछन् । राष्ट्रपति ट्रम्पको ‘डिल डिप्लोमेसी’ यसको नाङ्गो उदाहरण हो । यस्ता ‘प्रायोजित युद्ध’ले गरिबी र मानवीय संकट निम्त्याउँदैछ । भूराजनीतिमा पुँजीपति र श्रमजीवि जहाँको (जुन देशको) भए पनि उनीहरूका स्वार्थ र हित एउटै हो भन्ने प्रस्ट छ । 


कार्ल माक्र्सले त्यसैले वर्गीय द्वन्द्वको तर्क अघि सारे । माक्र्सवादले समाजलाई दिएको देन भनेको वैज्ञानिक चेतना हो । भौतिकवादी विश्व दृष्टिकोण हो । हाम्रो शरीर चाहिँ भौतिक छ तर चिन्तन चाहिँ आध्यात्मिक देखाउँछौँ भने ‘रूपका माक्र्सवादी’ हौँ । समस्या यहीँ रह्यो । श्रमजीवी वर्गमाथि आर्थिक शोषणको कारण माक्र्सले पत्ता लगाए । मजदुर किन ठगिए भन्ने कुरा माक्र्सले अर्थशास्त्रको माध्यमबाट पहिलो पटक प्रस्ट गर्नुभयो । मानिसलाई आवश्यक हुने नाना, खाना, नाना र अन्य वस्तु एक्लैले आपूर्ति गर्न सक्दैन । कुनै समय नेपाली समाजमा सन्तानले ‘डाँडाकाँडा ढाकोस’ भन्ने प्रचलन थियो । भूराजनीतिमा हेर्ने हो भने समाज उत्पादन कार्यमा भाग लिने मान्छेहरूको देशबाट बन्यो । मानव समाजमा सर्वहारा, शोषित, पीडित, पुँजीपति सबै हुन्छन् । राज्यमा श्रमजीवी वा पुँजीपतिको प्रभुत्व हुन्छ । 


नेपालको माक्र्सवादी आन्दोलनमा वैचारिक, राजनीतिक आधार कमजोर र संगठनमा शत्रुतापुर्ण सम्बन्ध रहनु समस्या हो । दर्शनको कार्य जीवन र जगतलाई बुझ्ने र बदल्ने काम वैज्ञानिक र भौतिकवादी विश्व दृष्टिकोणबाट मात्र सम्भव भएकाले भूराजनीतिमा माक्र्सवादी दर्शनको सान्दर्भिकता छ । जस्तो मानिस, समाज छ त्यस्तै विचार र दृष्टिकोण आउँदछ । दृष्टिकोण र सामाजिक मान्यताको कारण नै समाज र मानिसले विचार बनाउँदछ । 


कुनै समाजमा गाईलाई पूजा गर्दछन् । बंगलादेशमा गाई खान्छन् । तसर्थ सोही अनुसारको दृष्टिकोण बन्दछ । ‘पानी इन्द्रले पारेको’ भन्ने कि प्राकृतिक र वैज्ञानिक कारणबाट बादलकोे माध्यमबाट पा¥यो भन्ने दृष्टिकोणको लडाइँ अझैँपनि यहीँ छ । समाजमा लडाई जहिल्यै भौतिकवादी र रुढीवादी दृष्टिकोण रह्यो । पुरातन दृष्टि र प्रतिगामी अहिले पनि ‘राजा चाहिन्छ’ भन्ने गर्दछन् । यसर्थ ज्ञानको आँखा पनि दुईवटा छन् । जस्तो दृष्टिकोण छ त्यस्तै बुझाई र व्यवहार हुन्छ । विषय र घटनालाई कुन दृष्टिकोणबाट हेर्ने भन्ने लडाइँ भूराजनीतिमा अहिले पनि रह्यो । भौतिकवाद भनेको जुनकुरा हेर्न, अनुभव गर्न, छुन, देख्न सकिन्छ त्यो भौतिकवाद हो । विज्ञान हो । भूराजनीति विज्ञानले गाइड ग¥यो । यसर्थ माक्र्सवादी दर्शनको सान्दर्भिकता मर्न सक्दैन । जे सुनिन्छ मात्र तर अनुभव गर्न सकिन्न त्यो अन्धवाद हो ।


मोक्षको लागि प्रचलित परम्परागत धारण नछोड्नु नत्र अर्काे जन्ममा पाप लाग्दछ भन्ने मान्यता धर्मवादीहरूको हो । मान्छेले मान्छेलाई पीडा दिन हुन्न । मान्छेले जब बुझ्न थाल्दछ त्यसपछि समाज बदल्न थाल्ने भएकोले रुढीवादीहरूले विश्वलाई बुझ्न सकिँदैन भन्ने दृष्टिकोण राख्दछन् । तिनको मान्यता चिर्ने काम माक्र्सवादले गरिरहेको छ । अर्थात विश्वमा सत्ता राजनीतिमा माक्र्सवादी दबदबा नभए पनि राजनीतिक, वैचारिक, दार्शनिक, सामाजिक, आर्थिक र व्यवहारिक दृष्टिकोणमा माक्र्सवादले भूराजनीति चलाएको प्रस्ट अनुभव गर्न सकिन्छ । नेपालको राजनीतिमा माक्र्सवादी विचारको सान्दर्भिकता बढेको छ । (साँघु साप्ताहिक, २०८२ भदौ २) 
 

प्रतिकृया दिनुहोस