यसपटक सरकार फेर्ने पटकथाको सूत्रधार को ?
‘मलाई अस्थिर भनि तपाईंहरुको दस्तावेजमा चित्रण गरिएको छ’ भनि प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले २०८१ असार १६ गते नेकपा (एकीकृत समाजवादी)को दशौं महाधिवेशनको उद्घाटन सत्रमा भन्नुभयो । मञ्चमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेलगायत हजारौं प्रतिनिधिहरु समक्ष भन्नुभयो ।
‘आजका विद्रोही क्रान्तिकारीहरु यथार्थमा वास्तवमा दुर्बल मस्तिष्क भएको प्राणी प्रजाति (Mentally–Enfeebled Species) हुन् । जसलाई विदेशी गुप्तचर एजेन्सीहरुले आफ्नो देशका कूटनीतिक सामरिक स्वार्थपूर्ति गर्न रिमोट कन्ट्रोलले नियन्त्रित गरेका हुन्छन् ।’
आफ्नो बोल्ने पालो आएपछि अध्यक्ष माधव नेपालले भननुभयो, ‘अस्थिर भनि हामीहरुले तपाईंको चित्रण गरेका छैनौं । बरु गणतन्त्रको स्थापनामा तपाईंको देनको राम्रो मूल्यांकन गरेका छौं ।’
हो म पत्रकार कमल कोइरालाले भने २३ वर्ष पहिले वि.सं. २०५८ (सन् २००१) देखि जुनबेला नेपालमा नेताहरु र सुप्रिम कमाण्ड भारत आश्रित भएर नेपालमा तथाकथित माओवादी जनयुद्ध जोडतोडले चलाइएको थियो ।
त्यहाँदेखि ‘साँघु’, ‘जनआस्था’, ‘दृष्टि’, ‘बुधबार’ साप्ताहिक पत्रिकामा पटक पटक लेखेको थिएँ कि तथाकथित माओवादी जनयुद्धको पछाडि भारतीय संस्थापन पक्ष छ । अरु कुनै कुनै पत्रकारहरुले पनि त्यस्तो लेखेको पाउन सकिन्छ ।
स्वयं भारतको राजधानी नयाँदिल्लीबाटै प्रकाशित हुने अंग्रेजी दैनिक ‘द पायोनियर’ का सम्पादक भवानी सेन गुप्ता (अब राज्यसभा सदस्य) ले सन् २००५ (वि.सं.२०६२) मा नै लेखेको पढेको थिएँ–‘नेपालका राजाप्रति घृणाको कारण भारत सरकारले माओवादी इन्सर्जेन्सीलाई पूर्णरुपले (fullflegedly) विस्तृत हुन अनुमति दिएको छ । यो गलत काम हो ।’
त्यसताका दिल्लीमै बस्नुहुने (अहिले क्यानडामा बस्नु हुने) पत्रकार मञ्जुश्री थापाले पनि सन् २००५ जुन १ तारिख (२०६२ जेठ १७ गते बुधबार) Hindustan Times मा लेखेका पनि पढेको छु :– नेपालमा राजतन्त्र जान्छ कि जाँदैन भन्ने प्रश्न अब छैन । केवल कहिले जान्छ भन्ने प्रश्न मात्र बाँकी छ ।’ त्यसपछि हामीहरुले के देख्यौ वि.सं. २०६३ पुस १ गते (सन् २०० डिसेम्बर १६ शनिबार) अन्तरिम संविधान २०६३ देखि राजतन्त्रको अन्त्यको प्रारम्भ भयो ।
हामीहरुले के देख्दछौं भने, धेरै पटक नयाँदिल्लीमा पहिले गुप्त निर्णय लिइन्छ र त्यसलाई काठमाडौंमा कार्यान्वयन गरिन्छ, गराइन्छ । नेपालमा भइरहेको यही हो हो
कहिलेकाँही मात्र काठमाडौंमा निर्णय भएर काठमाडौंमा कार्यान्वित भएको देखिन्छ । भारतीय पत्रकार सीमा सेन गुप्ता जसको लेखहरु लण्डनको ‘द गार्जियन’ साथै ‘एसिया टाइम्स’, साउथ चाइना मोर्निङ पोस्ट, कोरिया टाइम्स लगायतमा प्रकाशित हुन्छ, उनले धेरै वर्ष अगाडि लेखेको एउटा लेखको अंश यस्तो थियो :–‘आजका विद्रोही क्रान्तिकारीहरु यथार्थमा वास्तवमा दुर्बल मस्तिष्क भएको प्राणी प्रजाति (Mentally–Enfeebled Species) हुन् । जसलाई विदेशी गुप्तचर एजेन्सीहरुले आफ्नो देशका कूटनीतिक सामरिक स्वार्थपूर्ति गर्न रिमोट कन्ट्रोलले नियन्त्रित गरेका हुन्छन् ।’
प्रचण्डसँग टाइम्स अफ इडियाको पत्रकार एसएनएम अब्दीले २०५८ कात्तिक (सन् २००१ नोभेम्बर ४) मा उनलाई भेटेर लिएको एउटा अन्तर्वार्ता प्रकाशित छ । त्यससमय नयाँदिल्लीका प्रिन्ट दैनिक अखबारहरु पनि काठमाडौंमा सजिलै पाइन्थे । त्यस समय प्रचण्डलाइ १६ वटा ऐके–४७ राइफलहरुका सुरक्षामा राखिएको छ । उनी बिहानै भैंसीको भर्खर दुहिएका ताजा फिज भएको काँचो दुई गिलास दुध पिउँथे ।
एसएनएम अब्दको अन्तर्वार्ता फेरि केही दिनपछि हुबहु नेपाली टाइम्स १६–२२ नोभेम्बर २००१ मा पनि उद्धृत गर्दै नयाँ दिल्लीमै १२ बुँदे लिखित समझदारी काठमाडौंबाट नेपालको सात राजनीतिक दलका नेताहरु पनि भारतीय दूतावास र एजेन्सीहरुद्वारा त्यहाँ पु¥याइएपछि भएको यथार्थ सबैलाई ज्ञात छ ।
‘भारतीय जासुसहरुको आतिथ्यमा नेपाल विद्रोही’ भन्ने कुरा मे २४, २००५ (त्यसअनुसार वि.सं. २०६२ जेष्ठ १० मंगलबारको द टाइम्स अफ इन्डियामा मेन हेडलाइनमै प्रकाशित छ :–Indian spooks host Nepal Rebel. Akshyaya Mukul /TNN/.।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यसपटकको प्रधानमन्त्रीत्व बारे त उनी नै मुख साबित छन् कि कयौं पटक प्रितम सिंहलाई दिल्ली दौडाएर एकपटक फेरि प्रधानमन्त्री हुन पाउँ भनि संवाद पठाएको थिएँ ।
तर, गत १८ असार मंगलबार, २०८१ को अन्नपूर्ण पोष्टमा कभरस्टोरीको हेडलाइन आयो, ‘मध्यराति भत्कियो गठबन्धन, अब ओलीको नेतृत्वमा राष्ट्रिय सरकार’ ‘पत्नीका माया नभएको भए राम लंका पुग्ने थिएनन्, अनि शेरबहादुर बालकोट । फेसबुकमा गणेश ज्ञवालीको स्टाटस पढें । अनि पढ्न पुगें २ जुलाईको नयाँदिल्लीबाट प्रकाशित हुने हिन्दी ‘हिन्दुस्तान’ मा पंकज तोमरको लेखमा लेखेको ‘इसबार पटकथा न तो नयाँ दिल्लीमे लिखी गई नही बिजिङ मे’ ।
हो, घटनाक्रमको सिक्वेन्स पनि यस्तै देखिन्छ । ३० जुन अर्थात् असार १६ गते बेचन झा भन्ने नक्कली भुटानी शरणार्थी काण्डको हाईप्रोफाइल बिचौलिया पक्राउ पर्छ । जसको आरजु देउवासँग निकट पहुँचको चर्चा एक वर्ष पहिलेदेखि नै थियो । भोलि २०८१ असार १७ गते पल्टनै पुष्पकमल दाहाललाइ प्रधानमन्त्री र रवि लामिछानेलाई गृहमन्त्रीबाट हराई छाड्ने र अन्य उपाय नदेख्दा र नहुँदा खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री र कांगेसीहरु पनि मन्त्री हुने शेरबहादुरको हस्ताक्षर मध्यरात १२ बजेपछि भयो । स्पष्ट छ, यसपटक प्रधानमन्त्री फेर्ने पटकथाकी सूत्रधार आरजु देउवा भइन् ।
नेपाली काग्रेसका महामन्त्री गगन थापा र अरु पनि एक दिन अगाडिसम्म पटक पटक भन्दै थिए, ‘नेपाली कांग्रेस २०८४ सालभन्दा अघि सरकारमा जाने छैन ।’ तर महामन्त्री भए पनि गगन थापाको स्वतन्त्रपूर्वक बोल्ने बाहेक कांग्रेसको नीति निर्णयमा कुनै भूमिका छैन भन्ने पनि देखियो ।
आज नेपाली कांग्रेसको यथार्थमा नीति निर्णयको सूत्रधार अर्कै छन् भन्ने पनि देखियो । २०८१ असार १८ गते शुक्रबारको ‘नागरिक’ मा थप यो पनि पढें कि गृहमन्त्री रवि लामिछानेको निलम्बनमा सर्वाेच्च अदालत डिभिजन बेञ्चमा सपना मल्ल र शारंगा सुवेदीको राय बाझियो । हेरौं अब फुल वेञ्चले के निर्णय गर्ला ?
सँधै अस्थिर सरकारहरु मात्र नेपालमा बनुन बन्न सकुन भन्ने ८ वर्ष लगाएर दुई पटक अर्ध–निर्वाचन गरी बनेको संविधानसभामा एकैदिन पनि दफावार छलफल नै नगरी नेताको आदेश बमोजिम हात उठाउने दृश्य र असली अदृश्य सूत्रधारको मनसाय मनसुवा फेरि फेरि पटक पटक झैं यस पटक पनि पूरा भएको छ ।
(साँघु साप्ताहिक, २०८१ असार २४)

प्रतिकृया दिनुहोस