• मंगलबार-फाल्गुण-२०-२०८१

दिल्लीको चुनाव : यी नायकको किन भयो दुर्दशा ? 

 

सबैभन्दा छक्क लग्दो कुरा मलाई हालै भारतको दिल्ली प्रान्तीय एसेम्बलीको निर्वाचनको परिणाममा के लाग्यो भने आमआदमी पार्टीका संस्थापक अध्यक्ष र पटक पटक मुख्यमन्त्री रहेका अरविन्द केजरीवाल स्वयं पराजित भए । यसपटक सन् २०२५ को निर्वाचन परिणामअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले अप्रत्यासित रुपमा ७० मध्ये ४८ स्थान आमआदमी पार्टीले २२ स्थान र सबैभन्दा पुरानो राजनीतिक दल भारतीय कंग्रेसले एक स्थान समेत जित्न नसकी शून्य स्थान पायो । 


यस अघिका निर्वाचनहरुमा सन् २०१५ मा ७० मध्ये अरविन्द केजरीवालको पार्टीले ६७ स्थान र अरु पार्टीले जम्मा जम्मी तीन ३ स्थान पाएका थिए । त्यसको ५ वर्षपछि फेरि सन् २०२० को निर्वाचनमा आम आदमीले ७० मध्ये ६२ स्थान प्राप्त गरेको थियो । ८ स्थानमा आमआदमी पार्टीले नलडी अरु दललाई लड्न छोडेको थियो ।


अरविन्द केजरीवालको मुख्यमन्त्रीकालमा उनले साँचो स्वच्छ सुशासन दिएका थिए । भ्रष्टाचारलाई टाउको उठाउन दिएका थिएनन् । आमआदमी पार्टी गठबन्धन नगर्दै कुनै राजनीतिक दलमा नलागेका केजरीवालले राम्रो उच्च सरकारी पद छाडेर (इन्डियन रेभेन्यु सर्भिस) सूचनाको अधिकारका लागि लड्दा ३ लाख ९० हजार बराबरको रोमन म्यागासेसे पुरस्कार पाएका थिए । त्यो सम्पूर्ण रकम उनले भ्रष्टाचार विरोधी अभियानलाई दान दिएका थिए । सन् २०१२ मा उनले आमआद्मी पार्टी स्थापना गरे । भ्रष्टाचार विरोधी राजधानी प्रदेश दिल्लीका मतदाताहरूले उनको पार्टीलाई प्रान्तीय एसेम्बलीमा सबैभन्दा बढी स्थान दिँदा उनी एक वर्षपछि सन् २०१३ मा मुख्यमन्त्री बने  । तर, मुख्यमन्त्री भएर जनलोकपाल (इःद्यग्म्क्ःब्ल्) बिल पास गराउन खोज्दा विफल भएपछि ४९ दिनमै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 


तर, सन् २०१५ को निर्वाचनमा उनको आमआद्मी पार्टीलाई यस्तरी मत दिए कि ७० मध्ये ६७ स्थान प्राप्त भयो । उनको मुख्यमन्त्रीकालमा उनले जनतालाई खानेपानी सित्तैमा, घरमा प्रयोग गरिने बिजुली पैसा नलाग्ने र त्यस सीमा भन्दा बढी विद्युत खपत गर्नेलाई मात्र महसुल तिर्नुपर्ने बनाए । सरकारी विद्यालयमा पनि महंगा निजी स्कुलहरूकै स्तर पु¥याई साधारण मानिसका बालबालिकाको शैक्षिक गुणस्तरको वातावरण कायम गरे । टोलटोलमा स्वास्थ्य क्लिनिक बनाएर सर्वसाधारण जनताको स्वास्थ्य सुरक्षामा सहायता पु¥याएका थिए । महिलाहरूका लागि राजधानी शहरभरि पैसा नतिरीकन यात्रा गर्न पाउने सुविधा पनि प्रदान गरेका थिए ।

 

तर, सन् २०२४ मार्च २१ (वि.सं. २०८० चैत ८ गते) आगामी वर्ष २०२५ मा हुने प्रान्तीय एसेम्ब्लीको निर्वाचनभन्दा एघार महिना अघि भारतको केन्द्रीय सरकारको मातहत काम गर्ने इन्फोर्समेन्ट डाइरेक्टरले केजरीवाल मुख्यमन्त्री पदमा रहँदारहँदै उनलाई दिल्ली सरकारको मदिरा नीति ९ष्त्रिगयच उयष्अिथ० मा अनियमितताको आरोप लागेको छ । यो मामला सन् २०२२ को मदिरा नीति परिमार्जनसँग सम्बन्धित छ, जसमा दिल्ली सरकारको मदिरा विक्रेताहरूलाई लाभ पु¥याउने तरिका र नियमहरूको उल्लङ्घनको आरोप लगाइएको थियो । रक्सीको दाम कम गर्ने काम गरी भ्रष्टाचार गरी सोबाट प्राप्त रकम गोवा प्रान्तको निर्वाचनमा खर्च गरेको आरोप खडा गरी पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्यो । उनी थुना परेपछि केन्द्रमा सत्तारुढ भाजपाका नेता तथा कार्यकर्ताहरूले उनले जेलबाट मुख्यमन्त्री चलाउन पाउँदैनन्, राजीनामा गर्नुपर्छ भन्ने माग गर्दै अदालतमा रिट दायर गरे । 


अरविन्द केजरीवाल जनताको प्रत्यक्ष मतदानबाट निर्वाचित सांसद र त्यस्तो प्रान्तीय एसेम्बलीको बहुमतको विश्वासद्वारा बनाइएका मुख्यमन्त्री थिए । उनले दिल्लीको तिहाड जेलमै रहे पनि मुख्यमन्त्रीत्व छाडेनन् । भारतको सुप्रिम कोर्टले भारतीय जनता पार्टीका वकिलहरूको उनलाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गरिदियो । भारतीय एभिडेन्स एक्ट (प्रमाण कानून), कानूनी पद्धति र न्याय प्रणाली जान्नेहरू भन्दछन् कि मुद्दा जति लामो समय चलाए पनि जित अन्तमा अरविन्द केजरीवालकै हुन्छ । किनभने कुनै मनी ट्रेल अर्थात् पैसा कसले दियो कसले लियो कहाँ कहाँ पुग्यो यसको कहीँ एउटै पनि ठोस कानूनी प्रमाण अभियोग लगाउनेले अदालतमा पेश गर्न सकेका छैनन् । भारतीय सुप्रिम कोर्टले उनलाई जमानतमा रिहा गरिदियो, तर केजरीवालको मनमा के लाग्यो कुन्नि ? एउटा अनावश्यक काम गरे । निर्वाचन हुनुभन्दा चार महिना अघि सेप्टेम्बर १७ तारिख (वि.सं.२०८१ असोज १ गते) मुख्यमन्त्रीबाट राजीनामा दिँदै भने ‘मतदाता जनताको अदालतले मलाई निर्दाेष मान्यो भनेपछि मात्र फेरि मुख्यमन्त्री बन्छु ।’


तर, विडम्बना भयो । भाजपाका उम्मेद्वार प्रमेश वर्माले तीस हजार र अरविन्द केजरीवालले छब्बिस हजार मत पाए । ४ हजार मतको अन्तरले अरविन्द केजरीवाल पराजित भए । 
केजरीवालले हार स्वीकार गर्दै प्रतिस्पर्धी उम्मेदवारलाई बधाई दिए । हामीहरुले पनि काठमाडौंबाट हेर्दा राम्रो काम गरिरहेको देखे पनि नयाँदिल्लीका विश्लेषकहरु अरविन्द केजरीवाल र आम आदमी पार्टी निर्वाचन हार्नुका तीन प्रमुख कारण मान्दछन् ः (१) शीश महल, (२) सराब सस्तो पार्ने काण्ड र (३) भारतीय राष्ट्रिय कांग्रेसले मिलेर चुनाव लड्ने राहुल गान्धीको प्रस्तावलाई गलत मूल्यांकन गर्दै अहंकारका साथ अस्वीकार गर्नु । 


आम आद्मी पार्टीको निर्माणको जगमा भ्रष्टाचारको चरम विरोधी सदाचारी, सरल, सादा जीवनयापन गर्ने नेता, मन्त्री र सांसदहरुको सुशासन थियो । पहिले पहिलेदेखि नै सबै मुख्यमन्त्री भएकाहरू बस्ने निवास छँदै थियो, तर अरविन्द केजरीवालले नयाँ ठूलो मुख्यमन्त्री निवास निर्माण गर्न लगाए । विरोधी पार्टीहरूले यसको नाम ‘शीश महल’ राखिदिएर भने मुखले साधा जीवन उच्च विचार भन्ने काम उल्टो गर्ने भनी ठूलो प्रचार गरे । अर्कोतिर केजरीवालको निर्वाचनमा प्रतिस्पर्धी भाजपा उम्मेद्वार प्रमेश वर्माले घर नभएका मतदाताहरुलाई वाचा गरे, ‘मैलले जिते घरविहीन परिवारलाई बस्न लायक घर निर्माण गरिदिन्छु ।’


चुनाव हार्ने अर्को कारण भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको चुनावी तालमेल गरी निर्वाचन लड्ने प्रस्ताव अस्वीकार गर्नु धेरै उदाहरण नदिउँ अरविन्द केजरीवालले पनि २६ हजार मत पाएकै हुन् । तर, हारको अन्तर चार हजार मतको हो । राहुल गान्धीको प्रस्ताव अस्वीकार गर्दा आफ्नो अपमान ठानी अरविन्द केजरीवाललाई हराउन नरेन्द्र मोदी मात्र होइन, राहुल गान्धी र कांग्रेसका मतदाता पनि लागे भन्ने सहज अनुमान हो ।


 कुनै आम आदमीका उम्मेदवार ५÷६ हजारको अन्तरले हारे । कारण स्पष्ट छ ती निर्वाचन क्ष्ँेत्रमा कांग्रेस उम्मेद्वारहरुले कहीँ ८ हजार, कहीँ ६ हजार कहीँ थोरै भए पनि भोट काटिदिए । (साँघु साप्ताहिक, २०८१ फागुन ५) 
 

प्रतिकृया दिनुहोस