• शनिबार-असोज-१९-२०८१

ठूलो पदमा हुँदामात्र ठूलो मान्छे बन्ने होइन : उपप्रमुख डंगोल (तस्बिरसहित)


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

 

शनिबार एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिइन ।
त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन । 

 

‘ठूलो पदले मात्र ठूलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरुका लागि काम र कल्पना गर्न सक्छौ, त्यो बेला नै हामी ठूलो मान्छे र असल नागरिक बन्न सक्छौ । रोजेको पेशाबाट राष्ट्रको लागि काम गर्न सक्छौ,’ उनले भनिन् ।

 

तस्बिरहरु ः


 

 

 

प्रतिकृया दिनुहोस