• शनिबार-असोज-१९-२०८१

सिम्थलीमा बाटो मर्मतको लागि दिनरात नभनी खटिंदै सदस्य भण्डारी, आजबाट सुचारु

काभ्रे, शनिबार, १९ असोज । अविरल वर्षापछि बाढीपहिरोले क्षतविक्षत बनाएको  भुम्लुको दोलालघाट-हबेली-सापिङ-सिम्थली सडकखण्ड आजबाट सुचारु भएको छ । २०८१  असोज १२ गतेको बर्षादले सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। 

केही दिन यता सबै वडाका अध्यक्षहरु सडक खुलाउनको लागि लागिपरेका थिए । दुई दिनदेखिको निरन्तर प्रयासपछि आज असाेज १९ गते शनिवारबाट सडक सुचारु गर्न सफल भएको भुम्लु गाउँपालिका वडा नम्बर २ का वडा सदस्य बिनय भण्डारीले जानकारी दिए।

 

सदस्य भण्डारीको अनुसार  वडा अध्यक्ष सुजन भण्डारीसहितको टिम अहिले पनि सडक मर्मतमै खटिरहेका छन् ।

प्रतिकृया दिनुहोस