• शनिबार-बैशाख-२२-२०८१

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण कोशेढुंगा हुने !

सन्दर्भमा: कतारका अमिर शेख तमिम बिन हमाद अलको नेपाल भ्रमण

 कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको  अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो। मन्त्रालयका उच्च अधिकारीका अनुसार थानीको भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी भएको छ।


    नेपालको परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको क्रममा अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी सरकारले गरेको छ। चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि ११  बैशाकमा  नेपाल आउँदैछन्। परराष्ट्र मन्त्रालयले हालै  विज्ञप्ति जारी गर्दै वैशाख ११ र १२ गते थानीले नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको छ ।


    अरब मुलुकबाट नेपालमा हुन लागेको यो नै अहिलेसम्मको उच्चस्तरको भ्रमण हो। कतारबाट पनि यसअघि केही मन्त्रीहरू नेपाल भ्रमणमा आएका थिए। अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण भने गरेका थिएनन्। नेपालबाट भने निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ कात्तिकमा कतारको भ्रमण गरेकी थिइन्।


    अमिर शेख नेपालसहित तीन एसियाली मुलुकको भ्रमण गर्न कतारबाट निस्केका छन्। दोहाबाट फिलिपिन्स उडेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्ने तालिका रहेको छ।     परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्नेछन्।


    मन्त्रालयका अनुसार अल थानीको भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ। १९ वर्षअघि सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो। त्यसयताको परिवेश धेरै फेरिइसकेकाले श्रम मन्त्रालयले नयाँ श्रम सम्झौता गर्नका लागि तयारी गरेको हो। कतार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक पनि हो।


    श्रम मन्त्रालयको तथ्यांकअनुसार कतारमा हाल ३ लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन्। थानीको भ्रमणको क्रममा नेपाल सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै रुपैया ९ अर्ब बराबरको सहयोगको सम्झौताका लागि नेपालले प्रस्ताव गर्ने भएको छ।


    अल थानीले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन्। उनी यसअघिका अमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन्। उनले कतारका विभिन्न सरकारी पदहरूको जिम्मेवारी सम्हालिसकेका छन्। खेल र स्वस्थ जीवनको बढावा दिन उनले भूमिका निर्वाह गर्दै आएका छन्।


नेपाल–कतार सम्बन्ध सुदृढ गर्दै:     


    कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणले सम्बन्धित देशबीचको आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउने उद्देश्य राखेको छ । कतार नेपाली कामदारका लागि प्रमुख अन्तर्राष्ट्रिय श्रम गन्तव्यमध्येको एक हो र त्यहाँ हाल करिब ५ लाख नेपाली युवा कार्यरत छन् ।

 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो, त्यसपछि नेपाल र कतारबीचको सम्बन्ध सधैं सुमधुर रह्यो । नेपाल र कतारबीचको सम्बन्ध आपसी विश्वास र समझदारीमा आधारित छ I  

 

    कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।


    कतारका तर्फबाट द्विदेशीय सम्बन्ध कायम भएको ४५ वर्षपछि मात्र हुन लागेको हो । रोजगारीका लागि कतार नेपालीको महत्त्वपूर्ण गन्तव्यमध्येमा पर्छ । हालसम्म कतारमा १७ लाखभन्दा बढी नेपाली श्रमिकले काम गरिसकेका छन्I नेपालको पर्यटन, जलविद्युत्, स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको कुरा सार्बजनिक भएको छ ।


    तत्कालीन राजा ज्ञानेन्द्र शाह दम्पतीले कतारको भ्रमण गरेका थिए । त्यसअघि सन् १९९९ मा तत्कालीन राजा वीरेन्द्रले कतारको निजी भ्रमण गरेका थिए भने सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि कतारको औपचारिक भ्रमण गरेका थिए ।


पारस्परिक हित


    जनस्तरमा पनि पारस्परिक लाभका लागि ठूलो समझदारीको वातावरण छ, भौगोलिक क्षेत्रमा सानो भए पनि दुवै देश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छन् । नेपालमा जलस्रोत र प्राकृतिक सौन्दर्यको प्रचुर सम्भावना छ । कतार प्राकृतिक ग्यास र तेलको व्यापक भण्डारले समृद्ध छ।    यी श्रोतहरुको सदुपयोग गरेर दुवै देशले विश्वमा विकास र जीवनयापनको उच्च मापदण्डमा पुग्न सक्छन् ।


हवाई सेवा


    नेपाल र कतारले सन् १९९८ मा हवाई सेवा सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।  कतार एयरवेजले अहिले राजधानी दोहाबाट काठमाडौंमा दैनिक दुईदेखि तीन उडान गर्दै आएको छ। कतारको जनशक्तिको आवश्यकताको एक हिस्सा वैदेशिक रोजगारीमा जाने नेपालीले पूरा गरी यस देशको उन्नति र समृद्धिमा आ–आफ्नो तरिकाले योगदान पु¥याइरहेको छ भन्ने सन्तोषजनक कुरा हो ।


    कतार सरकार र जनताले नेपालीको इमान्दारिता र कडा परिश्रममा भर परेको र उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराइरहनु अत्यन्तै प्रशंसनीय छ । अहिले उल्लेख्य संख्यामा विभिन्न वर्गका नेपाली जनशक्ति विभिन्न पेशामा कार्यरत छन् । कतारमा कार्यरत नेपालीहरु दुई देश र त्यहाँका जनताबीचको पुल बनेका छन् ।

 

परराष्ट्र मन्त्रालयले उद्धृत गरे अनुसार, “नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान विचार साझा गर्छन्। दुवै देश संयुक्त राष्ट्र संघ र असंलग्न आन्दोलनका सदस्य हुन् जहाँ दुवैले मानवजातिको साझा हितका लागि मिलेर काम गर्छन्।


सहयोगका  क्षेत्रहरु


        दुवै देशले विश्वमा शान्ति र सुरक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। प्राचीन कालदेखि नै उद्यमशील अरब व्यापारीहरूमार्फत दक्षिण एसियाले अरब जगतसँग घनिष्ठ अन्तरक्रिया गरेको थियो। नेपालले मध्यपूर्वमा शान्ति स्थापनाका लागि कतार राज्य र अन्य खाडी राष्ट्रहरूको आकांक्षा र चासोहरू निरन्तर साझा गर्दै आएको छ।   

 

 खाडीमा पारस्परिक समझदारी र सहयोग क्षेत्र र सम्पूर्ण विश्वका लागि धेरै महत्त्वपूर्ण छ।" नेपाल र कतारबीच पारस्परिक लाभका लागि सहयोगका प्रशस्त सम्भावना छन् । सहयोगका सूचक क्षेत्रहरू हुन सक्छन्: खाद्य प्रशोधन, पिउने प्रयोजनका लागि हिमालयन स्प्रिङ वाटर, पेट्रोकेमिकल र जलविद्युत उत्पादन, बैंकिङ तथा वित्तीय क्षेत्र, पर्यटन र पर्यटनसँग सम्बन्धित उद्योगहरू जस्ता उद्योगहरूमा संयुक्त उद्यम।   

 

 पेट्रोलियम पदार्थ, हस्तनिर्मित गलैंचा, कपडा, हस्तकलाका वस्तु, औषधीय जडिबुटी, दाल, अलैंची, अदुवा, ताजा तरकारी, फूल आदिको व्यापार।     बिगतमा नेपालका तत्कालीन राष्ट्रपति रामवरण यादव र कतारका अमिर शेख हमाद बिन खलिफा अल थानीको उपस्थितिमा दुई देशका अधिकारीहरूले अक्टोबर, २०११ मा दुई ढाँचा सम्झौतामा हस्ताक्षर गरेका थिए ।


    कानुनी सहयोग सम्झौता र समझदारी पत्र (एमओयू) को उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने रहेको थियो ।     राष्ट्रसङ्घीय महासभाको अध्यक्षताका लागि दुई देशबीच झगडा भएको एक वर्षभन्दा कम समयपछि राष्ट्रपति यादवको राजकीय भ्रमणका क्रममा भएका सम्झौतामा हस्ताक्षर भएको थियो  ।


आप्रबासी रहने मुलुक


    खाडी राष्ट्रसँगको सम्बन्ध सुधार्नु नेपालका लागि विशेष महत्वको छ किनकि कतारमा ठूलो संख्यामा नेपाली आप्रवासी कामदारहरू बसोबास गर्ने देश हो र हाल मलेसियापछि दोस्रो ठूलो संख्यामा आयोजक रहेको छ।  नेपाल र कतारले सन् २००२ मा हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका थिए। अहिले कतार एयरवेजले काठमाडौंमा दैनिक सिधा यात्रुवाहक उडानहरू सञ्चालन गर्दै आएको छ र युरोप र अमेरिकातर्फ जाने नेपाली निकासी सामानको उल्लेख्य मात्रामा व्यवस्थापन गरिरहेको छ।


भ्रमणको आदान प्रदान


    भ्रमणको आदानप्रदान नेपाल–कतार सम्बन्ध विभिन्न तहमा भएका भ्रमण आदानप्रदानबाट चिनिएको छ, जसले दुई देशबीचको राजनीतिक, आर्थिक र जनता–जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान दिएको छ । नेपाली पक्षको भ्रमण: राष्ट्रपति आर.टी. माननीय विद्यादेवी भण्डारीले अक्टोबर ३० देखि २ नोभेम्बर २०१८ सम्म कतारको राजकीय भ्रमण भएको थियो । राष्ट्रपति आर.टी. माननीय डा. रामवरण यादवले १० -१३ अक्टोबर  २०११ मा कतार राज्यको आधिकारिक भ्रमण गरे ।


    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय डा. श्री कृष्णकुमार श्रेष्ठले २०२२ मार्च २१-२३ मा कतारको भ्रमण गर्नुभएको थियो ।  नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मा. गिरिराजमणि पोखरेलले २०-२२ नोभेम्बर २०१९ मा कतारको भ्रमण गरेका थिए।


    प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले २०१९ अप्रिल ६-१० मा कतारको भ्रमण गरेका थिए । उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री माननीय डा. उपेन्द्र यादवले १३–१४ नोभेम्बर २०१८ मा कतारको भ्रमण गरेका थिए । परराष्ट्र मन्त्री माननीय डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्धको ४० औं वर्षको उत्सव मनाउन जनवरी २०१७ मा कतारको औपचारिक भ्रमण गरेका थिए।  उपप्रधानमन्त्री तथा गृहमन्त्री मा. बामदेव गौतमले ११-१४ अप्रिल २०१५ मा कतारको भ्रमण गरेका थिए। श्रम तथा यातायात मन्त्री माननीय रमेश लेखक २० जनवरी २००८ मा कतार गएका थिए ।

 

परराष्ट्र मन्त्री माननीय रमेशनाथ पाण्डेले सन् २००५ र २००६ मा कतारको भ्रमण गरेका थिए । राजा ज्ञानेन्द्र र रानी कोमल दोस्रो जी-७७ शिखर सम्मेलनमा सहभागी हुन सन् २००५ मा कतार गएका थिए । राजा वीरेन्द्रले सन् १९९९ मा कतारको निजी भ्रमण गरेका थिए ।

 

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९८ मा कतारको औपचारिक भ्रमण गरेका थिए । कतार पक्षबाट भ्रमणहरू: कतारको श्रम, प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालयका उपसचिव मोहम्मद हसन अल ओबैदलीले २०२१ डिसेम्बर २-३ मा नेपाल भ्रमण गर्नुभएको थियो । गृह मन्त्रालयका राहदानी तथा प्रवासी मामिला विभागका महानिर्देशक ब्रिगेडियर जनरल मोहम्मद अहमद अल अतीकले २९  फेब्रुअरीदेखि १  मार्च २०१६  सम्म नेपाल भ्रमण गरे।


श्रम सम्झौता : कोशे ढुंगा


    केहि समय अगाडी नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देशका श्रममन्त्री सहमत भएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कतारका श्रममन्त्री बीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्नेबारे सहमति भएको हो ।   

 

 नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे कतारी पक्षलाई लाई जानकारी गराएका थिए । उक्त मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्नेगरी दुईदेशका मन्त्रीबीच सहमति भएको स्मरणीय छ ।


    नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको थियो ।

 

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिमकेन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका विषयमा पनि छलफल भएको छ ।


    साथै, नेपाल पर्यटन, व्यापार र लगानीको अवसरको गन्तव्यका रूपमा मनपर्ने देश भएकोले नेपाल र कतार दुवैले तुलनात्मक लाभ हुने क्षेत्रमा आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ ।


द्विदेशीय व्यापार


    नेपाल र कतारबीचको व्यापार नगण्य छ । तर, यो कतारको पक्षमा छ । नेपालबाट कतारमा निर्यात हुने प्रमुख वस्तुहरू पास्ता, गलैंचा, स्पेगेटी, चाउचाउ र चिया हुन् भने कतारबाट इथिलिनको पोलिमर, पेट्रोलको तेल र बिटुमिनस खनिज प्रमुख वस्तु हुन्।


    नेपालले कतारमा निर्यात बढाएर व्यापार घाटाको खाडल घटाउने उपाय खोज्नुपर्छ । यस सन्दर्भमा, यो आर्थिक, वाणिज्य र प्राविधिक सहयोग सम्बन्धी सम्झौताका साथै दुई देशबीचको चेम्बर अफ कमर्सबीच भएको एमओयूको समीक्षा/संशोधन गर्ने उपयुक्त समय हो।


    बिगत लाई सरसरी हेर्दा फिफा विश्वकप २०२२ को लागि खाडी राष्ट्रले पूर्वाधारको विकासलाई तीव्रता दिँदा कतारले नेपाली कामदारको भर्तीमा उल्लेख्य वृद्धि गरेको थियो । अन्य श्रम गन्तव्यहरूको तुलनामा, कतारबाट ठूला पूर्वाधार परियोजनाहरूका लागि कामदारको संख्या उल्लेखनीय रूपमा बढेको छ।     


    एग्रो इन्टरप्राइज सेन्टरले बिगतमा कतारमा छानेको ताजा फलफूल, तरकारी र फ्लोरिकल्चर उत्पादनका साथै अर्थोडक्स चिया, मह, दाल र दोहामा निर्यात गर्ने तुलनात्मक सम्भाव्यता मूल्याङ्कन गर्न कतारमा गरेको एक अध्ययनमा सो सम्भाव्यता रहेको देखाएको छ ।

 

उत्पादनको स्रोतको आधारमा बजार वास्तवमा फरक फरक छ भन्ने कुरालाई ध्यानमा राख्दै, यो निष्कर्षमा पुग्यो कि दोहामा न्यूनतम पूर्व शर्तहरू पूरा भएसम्म केहि कृषि उत्पादनहरू राम्रोसँग बजार प्रप्त हुनेछन्।


    विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हुन् । कतार सरकारको “कतार राष्ट्रिय भिजन २०३०” मा तोकेका लक्ष्यहरू पूरा गर्ने सन्दर्भमा कतार सरकारले बृहत् पूर्वाधार निर्माण गरेका कारण कतारमा रोजगारीको सम्भावना बढ्दै गएको छ । संक्षेपमा, नेपाली राष्ट्रपतिको केही वर्ष आगाडिको भ्रमणले नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउन मद्दत  गरेको  थियो ।


 कतारका अमिर शेख तमिम बिन हमाद अल को आसन्न भ्रमण  नेपालको बैदेशिक सम्बन्ध अभिबृद्धिको लागि कोसे ढुंगा साबित हुने अपेक्षा राखिएको छ I  

 

प्रतिकृया दिनुहोस