• मंगलबार-जेठ-८-२०८१

नेपाली चलचित्रकाे इतिहास बाेकेका चर्चित नायक अस्ताए ! (भिडियाेसहित)

यसरी विदा भए नेपाली फिल्मका लेजेन्डरी व्यक्तित्व सीपी

 

“के थाहा भोलि कल्पि रुनु छ कि निस्सासिँदै
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो

 

 

नेपालका अग्रणी गायक तथा सिने अभिनेता सी.पी. लोहनीको ८६ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा २०८१ वैशाख १८ गते निधन भयो । यसले नेपाली चलचित्र (सिनेमा, फिल्मी) इतिहासको अन्त्य भएकाे छ । सीपी नेपाली चलचित्रको तेस्रो फिल्म 'माइतीघर'को नायक, गायक तथा ब्यवस्थापक रहेका थिए । उनकाे निधनले नेपाली सिनेमाको एक युगको अन्त्य भएको छ I

 

निमोनियाबाट पीडित लोहनी एक साताअघि अस्पतालमा भर्ना भएका थिए । स्वर्गीय लोहनीले धेरै नेपाली गीतहरु पनि गाएका छन् । उनले नेपाली चलचित्र माइतीघरमा मुख्य भूमिका निर्वाह गरेका थिए । लोहनीकाे विवाह एक प्रसिद्ध भारतीय चलचित्र बलिउडकी अभिनेत्री र नेपाली चलचित्र माइतीघरकी मुख्य अभिनेत्री माला सिन्हासँग भएको थियो ।

 

माइतीघर..., नमान लाज यस्तरी...., म प्यार बेची दिन्छु..... जस्ता थुप्रै सुमधुर, कर्णप्रिय  ऐतिहासिक र चर्चित गीत संगीत रहेको चलचित्र माइतीघर धेरै दर्शक माझ लोकप्रिय रहेको छ । बिक्रम सम्बत २०२१ मा प्रदर्शनमा आएको नेपाली चलचित्र हो माइतीघर I यो चलचित्र निर्माण गर्ने क्रममा जहाँ कार्यालय रहेको थियाे हाल काठमाडौँको त्यही स्थान माइतीघरको नामले चर्चित रहेकाे छ । राष्ट्रिय झण्डा फहराउने जुन स्थान हाल माइतीघर मण्डला भने चर्चित रहेकाे छ I


केटा- 'नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो'
केटी-'त्यो घुम्टो म उचालु कि मुहार त्यो नियालु कि
भुलेर आफूलाई नै हजुर मै हराउँ कि
नमान लाज यस्तरी'

केटी- यो बैंशमा बतासिदै नआउन अकासिंदै
के थाहा भोलि कल्पि रुनु छ कि निसासिदै
नआउ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
केटा- यता उता नशा छरौं मिठा मिठा कुरा गरौं
कि हामी एक अर्काको,नगिच मै जियौं मरौ
केटी-जतन गरेको दिल मेरो नटिप है यो मेरो
म प्रेममा डराउँछु हुने हो कि यो भुल मेरो
नआउ सामु यस्तरी

 

माइतीघर नेपाली भाषामा बनेको तेश्रो नेपाली चलचित्र तथा निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो चलचित्र हो । यस चलचित्रमा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रमा पहिलाको नेपालको भौगोलिक स्थिति, विमान, विमानस्थल, कला, संस्कृति, न्यायालय, समाज लगायत चलचित्र बनाउने शैलीको अध्ययन गर्न सकिन्छ । दर्शकहरूले यस चलचित्रमा विदेशी शैलीको प्रभावलाई हटाएर हेर्ने हो भने अत्यन्त ऐतिहासिक, अद्वितीय र अनुकरणीय चलचित्र बनेकोमा दुई मत नहोला भन्नुमा केही अत्युक्ति नहोला ।

 

सीपी लाेहनीले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयमा काम गर्नुका साथै विराटनगर जुट मिल र रघुपति जुट मिलको सञ्चालकको रुपमा पनि काम गरेका थिए । सिपी लोहनी चलचित्र र संगीत क्षेत्रमा पनि चर्चित व्यक्तित्व थिए ।

 

नेपाली फिल्मी क्षेत्रका नक्षत्रप्रति हार्दिक श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारमा हार्दिक समवेदना !!!

 

 

प्रतिकृया दिनुहोस