• शनिबार-बैशाख-१५-२०८१

संविधान संशाेधन हुनु पर्छ, मेराे कारणले प्रचण्डले कांग्रेस छाडेकाे हाेइन, कारण यी हुन्-नेता डा. शेखर कोइराला

२ वर्षभित्र नेपाली कांग्रेसकाे महाधिवेशन हुने कुरामा शंका छ,

काठमाडाैं । वर्तमान अवस्थामा साप्ताहिक पत्रपत्रिकाहरू अस्तित्वकाे लडाइँ लडिरहेका छन् । याे बीचमा कतिपय चर्चित साप्ताहिक पत्रपत्रिकाहरूले आर्थिक संकटकाे सामना गर्न नसकेर बन्द समेत भएका छन् । हिजाे सञ्चारकाे भरपर्दाे माध्यम मानिएका र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण याेगदान गरेका साप्ताहिक पत्रपत्रिकाहरू अहिले  राजनीतिक दल, दलका नेताहरू, समाजका अन्य वर्गकाे दृष्टिबाट ओझेलमा परेका छन् ।


 यस्ताे अवस्थामा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले हाल सञ्चालनमा रहेका केही साप्ताहिकका सम्पादकहरूसँग भेटघाट गरेर समसामयिक विषयमा सुझाव लिनुका साथै अन्तरक्रिया समेत गरेका छन् । २०८० चैत १५ गते नेता डा. शेखर कोइरालाकाे सम्पर्क कार्यालय विशाल नगरमा दिनकाे बजे सुरू भएकाे अन्तरक्रिया ३ बजेसम्म चलेकाे थियाे ।


साप्ताहिक पत्रिकाका सम्पादकहरूले संविधानमा प्रदेशकाे व्यवस्था गरेतापनि अधिकार केन्द्रीकृत गरिएकाे, संविधानमा सुधारकाे आवश्यकताका साथै समानुपातिककाे ११० सिट नै कुनै पनि दलकाे बहुमतका लागि बाधक रहेकाे विषय पनि उठाएका थिए  । देशआर्थिक संकटमा फसेकाे,  बेराेजगारी बढीकाे, नेपाली कांग्रेस जस्ताे प्रतिनिधिसभामा पहिलाे र जिम्मेवार दलले राष्ट्रिय मुद्दामा रचनात्मक भूमिका खेल्न नसकेकाे विषयहरू जाेडदार रूपमा उठाएका थिए।   


  नेपाली कांग्रेस पार्टी नै विधान अनुसार, चल्न नसकेकाे, महाधिवेशनकाे भएकाे २ वर्षसम्म विभागहरूले पूर्णता नपाएकाे, कांग्रेसका भातृ संगठनहरूकाे महाधिवेशन नभएर तदर्थवादबाट सञ्चालन भएकाे, कांग्रेसका नेताहरूकाे बाेलीकाे ठेगान नभएकाे, पार्टीभित्र कमिशनखाेर, लाेभीपापीकाे झुण्ड हावी भएकाे लगायतका विषयहरू पनि पत्रकारहरूले उठाएका थिए ।


डा. शेखर कोइरालाले हाल सञ्चालनमा रहेका केही साप्ताहिकका सम्पादकहरूसँग भेटघाटमा नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुमा डा. शेखर कोइराला नै कारणा भएकाे विषय समेत उठाएका थिए । डा. शेखर कोइरालाले हाल सञ्चालनमा रहेका केही साप्ताहिकका सम्पादकहरूसँग भेटघाटमा उठेका विषयहरूमा आफ्नाे धारणा राख्दै ''संविधानमा सुधार जरूरी रहेकाे र त्यसमा नेपाली कांग्रेस र एमाले लगायतका दलहरू नमिलेसम्म संविधानमा आवश्यक सुधार गर्न सम्भव छैन, प्रदेशहरू अधिकारविहीन रहेका छन्'' ।

 

  ''मेराे कारणले प्रचण्ड कांग्रेस छाडेर हिंडेका हाेइनन्, मुख्य कुरा १० महिनापछि प्रधानमन्त्री छाड्नै पर्ने बाध्यताले कुर्सी जाेगाउन र अर्काे टीआरसीकाे विषय हुन सक्छ, टीआरसीमा कांग्रेस त लचिलाे छँदैछ, अब एमालेलाई सहमत गराउन सकिएमा संसदबाट टीआरसी  पास हुन सक्छ भन्ने साेचले नै प्रचण्डले कांग्रेस छाडेकाे हुन सक्ने मेराे ठम्याइ रहेकाे छ', तर टीआरसीमा प्रचण्डजीले साेचे जस्ताे कांग्रेस लचिलाे हुनै सक्दैन-डा. शेखर कोइरालाकाे भनाइ रहेकाे थियाे ।


नेता डा. शेखर कोइरालाले भने-'नेपाली कांग्रेसकाे आगामी महाधिवेशन नियमित रूपमा गर्ने हाे भने अब २ वर्षभित्रै गर्नु पर्छ, तर हाम्राे महाधिवेशन २ वर्षभित्र हुने कुरामा मलाई विश्वास छैन। '


 सांसद तथा कांग्रेसभित्रका प्रतिपक्ष समूहका नेता डा. शेखर कोइरालासँगकाे भेटघाटमा साप्ताहिक पत्रिकाका सम्पादकहरू शम्भु श्रेष्ठ, दृष्टि, कविर राणा, देशान्तर, गाेपाल बुढाथाेकी साँघु साप्ताहिक,निराेधराज पाण्डे जनभावना, दामाेदर दवाडी नयाँ विकल्प, विश्वमणि सुवेदी जनआस्था, ईश्वरी वाग्ले,  ताजा खबर, राजेन्द्र उपचारक, साप्ताहिक विमर्श

 

 

प्रतिकृया दिनुहोस