• शनिबार-बैशाख-१५-२०८१

तस्कर राकेश अडुकिया र अध्यागमनका कर्मचारी बिच सेटिङ रहेकाे खुलासा

भारतीय राजदूतावासकाे नाे अब्जेक्सन लेटर बिना नै बारंबार तेस्राे मुलुक आउजाउ

काठमाडाैं ।  अनेक आर्थिक अपराधकर्म र बैंकिङ काराेवारमा बेइमानी गर्ने भारतीय र नेपाली दुबै नागरिकता लिएका राकेश अडुकियाले भारतीय नियम कनूनकाे समेत उल्लंघन गरेकाे स्राेतले बताएकाे छ । भारतीय र नेपाली नागरिकताकाे आधारमा अनेक काराेवार गर्दै दुबै देशलाई ठग्दै आएका राकेश अडुकिया नेपालमा ठुलाे शेयर खेलाडी समेत रहेका थिए ।


   राकेश अडुकियाले भारतीय नियमकाे उल्लंघन गर्दै नेपालस्थित भारतीय राजदूतावासबाट नाे अब्जेक्सन लेटर(एनओसी) नलिई  विगत लामो समयदेखि तेस्राे मुलुकमा पटक पटक हङकङ र दुबई ओहाेरदाेहाेर गरेकाे अध्यागमन रेकर्डबाट देखिएकाे छ । काठमाडाैंस्थित  भारतीय राजदूतावास स्राेतका अनुसार, नाे अब्जेक्सन लेटर लिएकाे छैन ।


 काठमाडाैंमा रहेकाे भारतीय राजदूतावास नाे अब्जेक्सन लेटर नलिएकाे तस्कर  राकेश अडुकियाले नेपालकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पासपाेर्टबाट बारंबार तेस्राे मुलुककाे भ्रमण कसरी गर्याे ? अहिले याे प्रश्न भारतीय राजदूतावासले गम्भीर रूपमा उठाएकाे स्राेतकाे बताउछ ।

 

भारतीय राजदूतावास नाे अब्जेक्सन लेटर नलिएकाेलाई नेपालकाे अध्यागमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक पटक तेस्राे मुलुक भ्रमण गर्न र ओहाेरदाेहाेर  गर्न किन दियाे भन्ने प्रश्न काठमाडाैंस्थित भारतीय दूतावासले नेपाल सरकारप्रति उठाइरहेकाे स्राेत बताउछ ।

 

राकेश अडुकिया ठुलाे माफिया, तस्कर भएकाे र  अध्यागमन विभागका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रि विमान स्थल कार्यालयमा कार्यरत अधिकारीसँग सेटिङले गर्दा भारतीय राजदूतावासकाे नाे अब्जेक्सन लेटर बिना नै अध्यागमनका कमर्चारीहरूले नेपालबाट तेस्राे मुलुक जान अनुमति दिएकाे अर्थमा भारतीय कूटनीतिज्ञहरूले लिएकाे स्राेत बताउछ ।


स्राेतका अनुसार, राकेश अडुकिया  चाँदीका नाममा सुन भित्र्याउँदै आएको प्रहरी स्रोतको भनाई छ । अनुसन्धानमा तानिन सक्ने भयले राकेश अडुकियाका छोरा रोहन अडुकिया २०८० साउन ५ गते शुक्रबार दिल्लीतर्फ उडेकाे स्राेत बताउछ ।  


नेपालकाे अध्यागमन विभागकाे रेकर्ड अनुसार, २०७९ साल ७ पुस (२२ डिसेम्बर) राकेश अडुकिया १० पटक काठमाडौं, भारत, हङकङ, दुबई र बैंककमा आतेजाते गरेको देखिन्छ । डिसेम्बर २२ मा काठमाडौं-भारत यात्रा गरेका थिए । उनी त्यसयता भारतीय राजदूतावासकाे नाे अब्जेक्सन लेटर बिना नै सन् २०२२ डिसेम्बर २५ मा हङकङ-दुबई-काठमाडौं, जनवरी २१ मा हङकङ-नेपाल, जनवरी १४ मा काठमाडौं-हङकङ, अप्रिल १९ मा हङकङ-बैंकक-काठमाडौं, अप्रिल १३ मा काठमाडौं-भारत, मे ३० मा हङकङ-काठमाडौं, मे २६ मा काठमाडौं-हङकङ, जुन २६ मा काठमाडौं-भारत र जुलाई ५ अर्थात् २०८० साल  २० असार गते हङकङ-दुबई-काठमाडौं यात्रा गरेको राकेश अडुकियाको ट्राभल हिस्ट्रीबाट देखिएको  अध्यागमन स्राेत बताउछ । यसअघि गत वर्ष सन् २०२२ मा पनि आठपटक आउजाउ गरेको रेकर्डबाट देखिन्छ ।

प्रतिकृया दिनुहोस