• शुक्रबार-जेठ-४-२०८१

होटलमा बोलाएर छात्रालाई करणी गरेको आरोपमा प्रधानाध्यापकसहित दुईजना पक्राउ

 

काभ्रे,८ पुस । काभ्रेको एक विद्यालयका प्रधानाध्यापक र एकजना शिक्षकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।


पाँचखाल नगरपालिका तीनपिप्ले स्थित जोरपाटी माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र मावि शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।


स्रोतको अनुसार २०८० कार्तिक ११ गते १५ वर्षीया छात्रालाई बनेपाको एक होटलमा बोलाइ शिक्षकले जवरजस्ती करणी गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी )राजकुमार श्रेष्ठको अनुसार उनीहरु दुबैलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

 

प्रतिकृया दिनुहोस