• शुक्रबार-जेठ-४-२०८१

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते 

 

काभ्रे, ८ पुस । काभ्रेमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ भने स्कुटरको पछाडि सवार अर्का एकजना गम्भीर घाइते भएका छन् ।


मृत्यु हुनेमा पनौती नगरपालिका १, का ४५ वर्षीय मंगल बहादुर श्रेष्ठ रहेका छन् । स्कुटरको पछाडि सवार सोही स्थानका कुमार श्रेष्ठ भने गम्भीर घाइते भएको बताइन्छ ।

 

आज मध्याह्न पनौती नगरपालिका -१ स्थित बुढापोखरीबाट बा ४१ प २५३२ नं.को स्कुटरमा पर्खालचौरतर्फ जाँदै गरेका श्रेष्ठको स्कुटर अनियन्त्रित भएर सडकबाट २० फिट तल खस्दा घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीको अनुसार घाइते कुमार श्रेष्ठको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । 


यस घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस