हाम्रो दुर्भाग्यका जननी भ्रष्ट नेतागण !
सबैभन्दा सोझासिधा जनता भएको कुन देश हो भनि गुगलमा खोज्नुभयो भने उत्तर आउनेछ–नेपाल । ल्भउब िस् त्जभ मगmदभकत अयगलतचथ । सन् २०२३ अर्थात यसै विक्रम संवत २०८० मा संसारकै सबैभन्दा सोझासिधा, अज्ञान, अशिक्षि, अबुझ, जनता बस्ने देशको रुपमा वर्णित छ नेपाल ।
म्गmद को गुगल वा अंग्रेजी नेपाली डिक्सनरीहरुमा बहिरा व्यक्ति, सुनाइ र बोलाइसम्बन्धी अपाङ्गता भएको व्यक्ति, सोझो, (बुझ्न सोच्न असमर्थ) इत्यादि पाउनुहुनेछ । सूचनाको अन्तर्राष्ट्रिय जगतको नेपालको वर्तमान अवस्थाको यस्तो मूल्यांकनदेखिको सूचना, ज्ञान, जानकारी, बुद्धि, बौद्धिकता, विद्वता मात्र होइन, अब आर्टिफिसियल इन्टेलिजेन्स कृत्रिम बुद्धिको युग संसारमा प्रारम्भ भएको छ । जो मान्छेको बुद्धिभन्दा पनि धेरै व्यापक रुपले, धेरै तेज वेगले सोच्न सक्छ । स्मरण राख्न सक्छ । एआइले ज्ञानको भण्डार राख्छ । साथै नयाँ सोच विचार लिन सक्छ । बुद्धिले गर्नेभन्दा सय गुणा, हजार गुणा छिटो गर्न सक्छ ।
हाम्रो देशमा साह्रै कम संख्यामा आधुनिक उच्च ज्ञान वा उच्च शिक्षित युवाहरु छन् । तर त्यस्ता उच्च शिक्षा, उच्च सिप, उच्च विज्ञान अध्ययन गरेका हजारौं हजार युवा युवतीहरु पनि विदेश पलयान भएका छन् ।
साक्षरता समेत छिमेकी देशहरुसँग तुलना गरी हेर्दा नेपालको ७१.१५ छ भने भुटानको ७३.०७, भारतको ७७.७०, चीनको ९९.८३ अर्थात् झण्डै शतप्रतिशत भईसकेको छ । हाम्रो देशको बौद्धिक विकास पनि कुण्ठित पारेर राखिएको छ । आईक्यू (इन्टेलिजेन्स कोसिएन्ट) सरदर वा औसत नेपालीको ४२.९९ छ । भारतको सरदर आईक्यू ७६.२४, चीनको १०४, दक्षिण कोरिया १०२.३५ र सांसारकै औसत ८७ छ । यसरी हेर्दा के देखिन्छ भने संसारकै सरदर इन्टेलिजेन्स कोसिएन्टभन्दा सरदर नेपालको आधिभन्दा पनि अलि कम छ ।
सन् १९४७ मा भारत स्वतन्त्र भयो । चीनमा सन् १९४९ मा राजनीतिक क्रान्ति सम्पन्न भयो । नेपालमा पनि सन् १९५१ मा जहाँनिया राणा शासनको अन्त भयो । हाराहारीकै समय देखिन्छ । तर, छिमेकी देशहरुले राजनीतिक क्रान्ति पछि चौतर्फी विकास गरेको देखिन्छ भने नेपालमा कयौं प्रतिक्रान्ति र इन्सरजेन्सीहरु देख्यौं । नेपालमा २००७ सालको क्रान्तिले राणा शासन अन्त गरेर २०१५ मा संसदीय व्यवस्था पनि स्थापित भएको थियो । तर, लगत्तै २०१७ साल (सन् १९६०) मा राजाद्वारा सेनाको बलमा संसदीय प्रजातन्त्र विरुद्ध प्रतिक्रान्ति गरी ३० वर्ष फेरि जहानिया राजाको हातमा शासन शक्ति गयो ।
शान्तिपूर्ण राष्ट्रव्यापी जनआन्दोलनहरुपछि फेरि संसदीय प्रजातन्त्रको स्थापना भयो । तर, फेरि हामीहरुले देख्यौं त्यसलाई विस्थापित गर्न १० वर्ष भारतलाई आधार बनाई प्रचण्ड र माओवादी नेताहरु भारतमा रही नेपाल बर्बाद गर्ने अर्काे इन्सरजेन्सी चलाइयो । हामी नेपालीको दुर्भाग्य नेपालको राजनीतिले कहिल्यै स्थिरता पाउन सकेको देखिंदैन । अब त झन् वि.सं. २०६२ को नयाँदिल्लीमा रचित र कार्यान्वित १२ बुँदे सम्झौताको पृष्ठभूमिका २०६३ को अन्तरिम संविधान र त्यस बमोजिम ६० प्रतिशत औंलामा गन्न सकिने महाभ्रष्ट नेताहरुद्वारा मनोनित र ४० प्रतिशत मात्र जनताद्वारा प्रत्यक्ष निर्वाचित भएको संविधानसभा भयो ।
त्यसले २०६२/६३ को जनआन्दोलन र जनतालाई धोखा दिँदै २०७२ मा संसदीय प्रजातन्त्र, प्रतिनिधिसभाका सबैका सबै जनताद्वारा निर्वाचित हुने प्रणाली समाप्त पा¥यो । यो पनि मतिभ्रष्ट नेताहरुले विदेशी गुप्त बन्दोबस्त बमोजिम जनतासँग धोखाबाजी गरिएको प्रतिक्रान्तिकै अर्काे रुप हो । यसै कारण नेपालमा ७६ वर्षमा ६÷७ वटा संविधान फेरिए । बेलायतमा सन् १२१५ को म्याग्नाकार्टादेखि दुई संवैधानिक विकासको ८०० वर्षभन्दा बढी भयो । भारतको संविधान सन् १९५० मा बनेको ७३ वर्षदेखि उही एउटै छ । अमेरिकाको संविधान २३४ वर्ष सन् १७८९ देखि उही एउटै छ ।
हामीहरु मध्ये कयौं २०४६ फागुन ७ गते प्रारम्भ जनआन्दोलनमा पक्राउ परेर थुनामा परेका थियौं । फेरि २०६२÷६३ को जनताद्वारा निर्वाचित प्रतिनिधिसभाको पुनस्र्थापनाकालका लागि जनआन्दोलन गर्दा पनि थुनामा परेकै हौं । हालै जलेश्वरमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले ‘पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन अपनाउने, उदार अर्थतन्त्र अंगाल्ने बहुलवादी लोकतान्त्रिक पार्टी हुने’ भनेको पढेर केही खुसी लाग्यो । तर, यो ठोसरुपले परिभाषित र स्पष्ट अझै छैन । अहिलेकै संविधान अन्तरगत निर्वाचन हुँदा एकै राजनीतिक दलले विद्यमान निर्वाचन प्रणालीमा दुई तिहाई ल्याउन सक्ने भनाई चाहिं गलत सोच हो । (साँघु साप्ताहिक, २०८० मंसिर २५)

प्रतिकृया दिनुहोस