सत्ताको आँखामा कहिले निर्दोष, कहिले दोषी !?
अनर्थक अभियोग आरोपित छ । असंगत मुद्दा खडा गरिएको छ । न्यायिक मन र कानूनी सिद्धान्तहरुले प्रमाण हुन् र मान्न नसकिने कुरालाई प्रमाण भनिएको छ । एउटा एबसर्ड क्रिमिनल केस खडा गरिएको छ । एउटा नयाँ राजनीतिक दलको संस्थापक सभापतिलाई त्यो उदयमान पार्टीलाई समाप्त पार्ने बद्नियतका साथ पुराना गन्हाएका शीर्षस्थ नेताहरु मिलि एउटा राजनीतिक षड्यन्त्र अन्तर्गत एउटा व्यक्तिको मौलिक हक संगठन गर्ने, स्वतन्त्रता अपहरण गर्ने कार्य चलिरहेको छ । जनता र देशको दुर्भाग्य हो आज पनि यो मुलुकमा यस्तो शासन र यस्ता शासकहरुको हालीमुहाली चलिराखेको छ ।
दुर्भाग्य हो यो देश र जनताका लागि चितवनका जनताले ओभरह्वेल्मिङ मेजोरिटीका साथ पटक पटक निर्वाचित गर्नुभएको जनप्रतिनिधिलाई फेरि २०८१ कात्तिक २ गतेदेखि थुनेर राखिएको छ । पटक पटक अनुसन्धान भइसकेको छ । पटक पटक बयान पनि भइसकेको छ । तैपनि फेरि पनि अनुसन्धानको नाममा थुनाको थुनैमा एक ठाउँबाट अर्काे ठाउँ थुनामै राखिँदैछ । कहिले पनि कुनै सहकारी खडा नै नगरेको, कहिले कुनै सहकारी संचालन नगरेको व्यक्तिलाई सहकारी ठग भन्ने गोयबलियस झुठो प्रचारको भरमार सिरोहिया प्रकाशनलाई आधार बनाई थुनिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्ने नेपाली कांग्रेस र एमालेका षड्यन्त्रकारी शीर्ष नेताहरुले न्यायालय र न्यायाधीशहरुलाई समेत यो षड्यन्त्रमा मुछेर बद्नाम गर्ने खुला दुष्प्रयास चलिरहेको छ । हेरौं के हुन्छ ?
सहकारी संस्थाको ८७ अर्ब ८९ करोड २१ लाख ५ सय १ रुपैयाँ यो देशको गरिब जनताको ८० प्रतिशत नेपाली कांग्रेस नेकपा एमाले र माओवादीका पनि केही नेता कार्यकर्ताहरु धनराज गुरुङ, नक्कली डिभोर्स दम्पत्ति, ऋषिकेश दम्पत्तिलगायतद्वारा सहकारी खडा र संचालन गरी अपचलन गरिएको तथ्यहरु छरपस्ट छ । तर ,तिनीहरु र त्यस्तै अरु सहकारी ठगहरु थुनामुक्त छन् । तर, कुनै सहकारी कहिले खडा नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई सहकारी ठग भनि झुटो प्रचारलाई आधार बनाई थुनिएको छ ।
भ्रष्टाचारका दुर्गन्धित र कुख्यात अपराधीहरुद्वारा उल्टै भ्रष्टाचार विरोधीलाई मुख्य एजेण्डा बनाएको नयाँ पार्टीको रुपमा एउटा विरुवा देखा पर्दै गर्दा पालुवा पलाउना साथ उखाडिदिने दुर्नियतका साथ लाग्नै नसक्ने, कानूनी रुपले टिक्नै नसक्ने झुटो फौजदारी मुद्दा खडा गरी थुनिएको यथार्थ हामी जनता समक्ष छ । त्यस्तै जहाँ जहाँ रविलाई थुन्न लगिएको छ त्यहाँ त्यहाँ जनता उनको थुनाको विरोध र उनको थुना मुक्तिको पक्षमा व्यापक प्रदर्शनहरु गरिरहेका छन् । त्यतिमात्र होइन मन्त्री आरजु राणा देउवाले अनुचित प्रकारले सम्पत्ति जोडिएको भनिएको सुदूरपश्चिमको तराई जिल्ला र सुदूरपूर्व तराई गिरीबन्धु टीस्टेट रहेको खड्गप्रसाद शर्मा ओलीको गृह जिल्लामा पनि रवि लामिछानेको थुनाकोविरुद्ध प्रदर्शन भएका सजीव टेलिभिजन दृश्य र साथै समाचारहरु पनि प्रकाशित भइसकेका छन् ।
पहिले यिनै प्रधानमन्त्रीले प्रतिनिधिसभामा संसदीय छानबिन समिति चाहिँदैन भनि बोलेको हामी जनताले प्रत्यक्ष प्रसारणमा हेरिसकेका हौं । रेकर्ड संसद सचिवलायमा पनि सुरक्षित छ । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले छानबिन समितिमा रवि लामिछानेको विरुद्ध कुनै प्रमाण छैन भनि भनेको रेकर्ड पनि संसद सचिवालयमा सुरक्षित छ । महान्यायाधिवक्ताले पनि रवि लामिछानेमाथि मुद्दा लगाउने आधार छैन भनेको पनि प्रकाशित छ ।
स्वयं संसदीय छानबिन समितिका संयोजक एमाले सांसद सूर्य थापाले पटक पटक टेलिभिजन प्रत्यक्ष साक्षात्कारमा र लिपिबद्ध संसदीय समितिको प्रतिवेदन कागजमा पनि व्यक्तिगत रुपले सहकारी ठगीमा रवि लामिछानेको भूमिका देखिएको छैन भनेकै हुन् । त्यस प्रतिवेदनमा नेपाली कांग्रेस, एमाले, राप्रपा, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालकोसमेत सही छ । तैपनि किन कसरी के कारणले जबर्जस्ती राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा, सहकारी सम्पत्ति ठगेको आधारहीन आरोप लगाई साथै सम्पत्ति शुद्धीकरणको मुद्दा, सांगठनिक अपराधको जस्तो अभियोग लगाई थुन्न लगाइएको छ ?
न्यायालय र न्यायाधीशहरुलाई पनि रविलाई थुन्ने षड्यन्त्रको पात्र बनाउन एमालेका शीर्ष नेता र हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर साथै हालका कांग्रेसी गृहमन्त्री रमेश लेखकको मिसन ८४ अर्थात २०८४ को आम निर्वाचन अघि नै नयाँ राजनीतिक दललाई दमन र निषेध गरी सक्ने राजनीतिक सकुनीहरुको जालीपासा खेल्ने काम गरिँदैछ । यो कुरा हामी जनताले स्पष्ट बुझ्दैछौं ।
पुराना राजनीतिक भ्रष्ट नेताहरुको विरोध र विकल्पमा जनतामा नयाँ आशा र विश्वास पाउँदै विकसित र विस्तृत भइरहेको नयाँ पिढीको नयाँ नेतृत्व भएको नयाँ ढंगले राजनीति गर्ने पार्टीलाई निषेधको षड्यन्त्र गर्नेहरुको कुन दुर्गति नेपालका जनताले आगामी दिनहरुमा पार्दै जालान् हेर्दै जाउँ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस