बीआरआई : अविश्वसनीय चीन–क्रुद्ध भारत !
‘ओलीले सात वर्षहरु देखिको भारतको मेहनत बर्बाद गरिदियो’, एक पछि अर्काे भारतीय टेलिभिजन र युट्युबहरुमा नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र बीआरआई कार्यान्वयन सम्झौता भएकोमा चर्को विरोध गर्दै लगातार प्रचार गरिरहेको छ । अमेरिकी विदेश उपमन्त्री डोनाल्ड लुले पनि प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल र अर्का सल्लाहकार युवराज खतिवडासँग भेटेर बीआरआईको पारदर्शिताबारे प्रश्न उठाएको समाचार काठमाडौंका सञ्चार माध्यमहरुमा प्रकाशित भए ।
नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिकन उपमन्त्री डोनाल्ड लुसँगको भेटघाट छल्न झापामा पहिले भ्यूटावर भनिएको ११ तले भवनलाई अब व्यापारिक व्यावसायिक सेन्टर नामाकरण गर्दै उद्घाटन गर्न पुग्नुभयो । तर, किन हो डोनाल्ड लु काठमाडौं आउँदा नेपालको विदेशमन्त्री आरजु म्याडम पनि युरोप भ्रमणमा जानुभयो ? दृष्टि साप्ताहिकमा ‘ओलीद्वारा डोनाल्ड लुको अपमान’ भन्ने शीर्षकको समाचार पनि पढें ।
एमालेका युवा नेता विष्णु रिजालले भन्नुभयो, ‘डोनाल्ड लु निमन्त्रणा बिना नै आएकोले भेट भएन । फेरि २७ मंसिर २०८१ को ‘द काठमाण्डू पोष्ट’ मा अनिल गिरीको संवाद पनि पढें, ‘नेपालीले पनचेन लामाको भ्रमणको सम्भावनालाई गोली हानेर खसालिदियो ।’ त्यो १२ डिसेम्बरको समाचारमा अनिल गिरी अगाडि लेख्नुहुन्छ कि गत साता एउटा खास भूमिगत तनाव काठमाडौंको कूटनीतिक क्षेत्रमा यो समाचार खुस्किएपछि आएको थियो कि चीन समर्पित पनचेन लामा नेपाल भ्रमणमा (लुम्बिनी) आउँदै हुनुहुन्छ ।
बेइजिङले पनचेन लामालाई दलाई लामाको उत्तराधिकारीका रुपमा प्रक्षेपित गर्र्दैछ । जुन कुरालाई पश्चिमी देशहरु र (भारत र अन्यत्र) शरणार्थी रहेका तिब्बतीहरु अस्वीकार गर्दैछन् ।
दुई सय सत्ताईस बुद्ध धर्म गुरुहरु र बुद्धिस्ट एसोसिएसनका कर्मचारीहरुका साथ एयरबस ३३० बाट हवाई उडानमा सोझै लुम्बिनी डिसेम्बर १४ (२०८१ मंसिर २९) मा आयोजना हुने बुद्ध धार्मिक उत्सवमा सामेल हुन पनचेन लामा अवतरण गर्ने कुरा गृहमन्त्री रमेश लेखकलाई कुनै स्वदेशी वा विदेशी सूत्रबाट थाहा हुन पुगेपछि उनले तुरुन्तै परराष्ट्रमन्त्री आरजु राणा देउवालाई उहाँ प्रधानमन्त्री केपी ओलीसँग चीनमै रहँदा सूचना गरे । तर काठमाडौंस्थित चिनियाँ राजदूतावासद्वारा पनचेन लामा नेपाल आउने समाचार गलत हो भनि खण्डन गरियो ।
डोनाल्ड लुको प्रधानमन्त्री ओलीसँग कुनै भेटवार्ता भएन । तर, उपप्रधानमन्त्री एवं अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग भेट हुँदा उहाँले नेपालमा अमेरिकी सहयोग थप विस्तार गर्न आग्रह गर्नुभयो ।
अर्थ मन्त्री विष्णु पौडेलले डोनाल्ड लुसँगको भेटवार्तामा आर्थिक सहयोग, एमसिसी र युएसएड अन्तर्गतका परियोजननाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
डोनाल्ड लुले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए भन्ने पनि समाचार आए । अमेरिकी सहायक विदेश मन्त्रीले काठमाडौं भ्रमणका क्रममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरे ।
डोनाल्ड लु काठमाडौंमै रहँदा झापामा प्रधानमन्त्री ओलीले,–‘मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएका छन्’ भने भनेर २४ मंसिरमा यस्तो समाचार आयो । बीआरआई कार्यान्वयन सम्झौतापछि भारतीय टेलिभिजनहरुमा ‘ओलीले भारतको सात वर्षदेखिको मेहनत बर्बाद गरिदिए’ भन्ने जस्ता एकोहोरो टिप्पणीले बडो स्पष्ट बुझिन्छ कि भारत सरकार केपी ओलीसँग साह्रै क्रुद्ध छ ।
पहिले पनि ओली चीनको पपेट हो भनि भारतीय टिभीले प्रचार गरेकै हो । एकातिर भारतको यस्तो प्रचार अर्काेतिर काठमाडौंका अखबारहरुमा ‘बीआरआई समझौतामा कांग्रेसभित्र संशय’ शीर्षक समाचार अन्तर्गत ‘नयाँ पत्रिका’मा प्रकाशित पंक्तिहरुमा ‘देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा... ।
पार्टीको आधिकारिक धारणाभन्दा बाहिर गई सम्झौता भएको विषयमा परराष्ट्रमन्त्रीको धारणा मागिएको छ । तर परराष्ट्रमन्त्री आरजु राणा स्वदेशमा नरहेका कारण थप छलफल नभएर फर्किएपछि थप छलफल गर्ने सहमति भएको छ ।’ लेखिएको छ ।
नयाँ पत्रिकाको त्यसै मंगलबार २५ मंसिर २०८१ मा प्रकाशित समाचारमा ‘चिनियाँ संचार संस्था अब्जर्भर नेटवर्कमा मंसिर २४ गते सोमबार प्रकाशित अन्तर्वार्तामा सांघाई इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिज अन्तर्गतको सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक लिउ जोङ यीको भनाई प्रकाशित छ ।
‘नेपालमा बीआरआईको धिमा प्रगति हुनुका दुई कारण छन् । पहिलो आन्तरिक परिप्रेक्ष्यमा नेपालका आन्तरिक राजनीतिक वातावरण जटिल छ, पार्टीहरुबिच बीआरआईबारे सहमति खोज्न निकै कठिन छ । नेपालको सरकार कमजोर छ, केन्द्रले गरेका निर्णयहरु स्थानीय तहले कार्यान्वयन गरिदिँदैनन् । उनले भने, ‘बाह्य कारण चाहिँ भारत र अमेरिकाको संलग्नता तथा हस्तक्षेप हो ।’
लिउ जोङ यीको भनाई छ, ‘नेपाल र चीन विद्युतका क्षेत्रमा सहकार्य गर्न सकेन भन्दै उनले थपे, ‘नेपाललाई सहयोग गर्नका लागि हामी तिब्बतबाट नेपालसम्म हाइ भोल्टेज पावर ग्रिड बनाउँछौं ।’ लिउ जोङ यीले यो पनि भने, ‘ओली चीनबाट फर्के पनि उनले चीनमा गरेका सम्झौता कार्यान्वयन गर्न सहज छैन ।’....
नेपाललाई परिचालन गर्नका लागि क्षमतावान र सक्षम राजनीतिज्ञहरु आवश्यक छ । नेपालमा जोसुकै पार्टी सरकारमा आएपनि सुशासनको कमजोर अवस्था उस्तै छ । कांग्रेस वा कम्युनिस्ट जुनसुकै पार्टी हुन्, हाम्रो सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने कुरामा हामी उनीहरुसँग भर पर्न सक्दैनौं ।’
ठिक हो, प्रधानमन्त्री ओलीले बीआरआईमार्फत नेपालले विकास गर्ने सिंढीको अर्काे खुड्किलो त उकाल्नुभयो । तर सिंढीहरु दुई खुड्किलोको मात्र हुँदैनन् । सात वर्ष पछि बल्ल दोस्रो खुड्किलो उक्लेको गतिले नेपालको आर्थिक उन्नति र विकास कसरी हुन सक्ला ?
के भूराजनीतिक यथार्थ भन्दै चीनसँग सहयोग, सहायता, विकास योजनाहरु नलिने नेपाली कांग्रेसको नीतिको वास्तविक अर्थ के भारतीय चाहनाअनुसार चल्नु र नेपालको भन्दा भारतको स्वार्थ समक्ष आत्मसमर्पण नै हो ? (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस