• बुधबार-कार्तिक-२१-२०८१

यो अखण्ड पाखण्डको अन्त्य हुनैपर्छ

 

‘हिँडे कुवेत, पुगें नर्क !’ ओमानमा बेचिएर चरम यातना भोगेर हातै नचल्ने भएकी महिलाको कथा–व्यथा सविता खड्काले लेखेको संवाद २०८० असोज ३० गतेको नागरिकमा पढेको थिएँ । ती युवती २७ वर्षकी रहिछन् । उनको एउटा छोरा पनि रहेछ । 


उनलाई काठमाडौँमा भेटिएको व्यक्तिले भिजिट भिजामा ओमान पु¥याएछ । त्यहाँ पुगेदेखि उनको नारकीय जीवन र यातना प्रारम्भ भयो । उनलाई थुनेर राखेको कोठामा कोचिएर राखिएको नर्कमा अरु २५÷३० जना नेपाली पीिडित महिलाहरु समेत थिए । स्पष्ट ती सबै नेपाली चेलीहरु खाडीका देशमा बेचिन थुनेर अपराधी जल्लाद अमानवहरुले राखेका थिए । ‘‘२ लाख नेपाली महिलाहरु भारतका वेश्यालयहरुमा कार्यरत छन् ।’ भनेर यनिफमकी पूर्व डाइरेक्टर चाँदनी जोशीले योहो टिभीमा जीवराम भण्डारीलाई भनेको पनि सुनेको थिएँ । 


खाडीका मुलुकहरुमा आजसम्म कति नेपाली महिला जघन्य अपराधी मानव बेचबिखनकर्ताहरुले पु¥याइसकेका छन् । त्यसको डेटा तथ्यांकहरु सरकारी वा गैरसरकारी आंकलन छैनन् । किन भने यस्ता अपराधीहरुको सेटिङमा साथ दिएर धन कमाउने अध्यागमन, प्रहरी, सरकारी कर्मचारी, राजनीतिका भ्रष्ट संरक्षकहरु छन् । बेला बेलामा यस्ता समाचार छापिएका छन् । तर, नेपाली चेलीहरुको, छोरीहरुको विदेशमा चरम शोषित यौनदासताको नर्कमा पु¥याउने अपराध निर्वाध निरन्तर चलिरहेको छ । ओमानबाट फर्किने र यथार्थ बताउने ती महिला कुनै दिनको एकरात भाग्न सफल भइछन.् र मध्यरात सडक बाटोमा पुगिछन् । त्यहाँ एकजना भारतीय श्रमिकसँग समुद्र छेउ रात बिताएपछि उनको मद्दतले त्यहाँको नेपाली दूतावासमा पुगिछन् । र, नर्कका शैतानहरुबाट फुत्कन सफल भइछन् । तर यस्ता नारकीय यातना भोग्न बाध्य पचासौं हजार नेपाली चेलीबेटीको नारकीय यातनाको कथा–व्यथा प्रकाशित हुँदैनन् । 


‘पेटको भोकैले शहर छिरायो । 
मनको धोकैले बाटो बिरायो ।।’


यो गीत ५ करोड १५ लाख पटक केही महिनामै ‘फुलमाया, हाई फूलमाया’ हेरिसकिएछ र अझ हेरिँदैछ । 


प्रकाश सपुतको कल्पना कि ती फुलमाया सुन्दर एउटा गाउँले केटी हुन् । जो मोडल बनेर, भिडियो चलेर नाम कमाउँला, दाम कमाउँला, बहिनी पढाउँला भनि काठमाडौं आएकी छिन् । तर, परिस्थिति, वातावरण, आफ्नै आकांक्षा धन कमाउने पनि कामको साथसाथै स्वेच्छाले उनी शरीर बेचेर पनि धन कमाउन थाल्छिन् । गाउँ जाँदा बहिनीहरुलाई मोबाइल, टिभी, घडी कोसेली लिएर जान्छिन् । गाउँमा आमाले उनको घाँटीमा निलो डाम देखेर एक थप्पड हानिछन् । तर, राति माया गर्दै छोरीको घाँटीको डाम सेकिदिन्छिन् । 


फुलमायाले आफ्नो नाम बदलेर सकम्बरी राख्दछिन् । उनको भिडियो बन्छ र लोकप्रिय भएर चल्छ । उनको जीवन उनको समाज र आमाले समेत अनैतिक नराम्रो माने पनि फुलमायाले उन्नति नै गरिरहेको विन्दुमा कथालिकाको अन्त भएको देखिन्छ । फुलमायाले आफ्नै देश, समाज र परिवारमा रहेर स्वेच्छाले देह व्यवसाय अपनाएर सुखी रहेको मात्र होइन, राजनीतिका वर्तमान नेताहरुले आफ्नो पार्टीमा सामेल हुन फोन गरेको दृश्य पनि प्रकाश सपुतको कथालिकामा छ । 


म ओमान पुगेर नर्कको जीवन भोगेर फर्केकी नेपाली नारी र फुलमायाको जीवनको तुलना गर्छु मनमा । अनि सोच्दछु । विदेशको रौरव(डरलाग्दो भयङ्कर) नर्कमा देश, समाज, परिवार भन्दा पर अपराधी, पिपासु, नराधमहरुद्वारा बेचिनु र त्यतै मर्नु जिउँदै मुर्दा लास हुनुभन्दा आफ्नै देशमा देह व्यवसाय गरी बस्न पाउनु धेरे श्रेयस्कर कुरा लाग्छ मलाई । 


म दक्षिण कोरियामा राजदूत भएर बस्दा एकदिन देखेँ कुनै कुनै ठूलो विल्डिङको अगाडि दुईवटा बिजुलीका सिलिण्डरहरु एकसाथ घुमिरहेका हुन्थेँ । मैले नेपाली दूतावासमा काम गर्नु हुने कोरियन श्रीमती विवाह गर्नु भएका सुरेश लिम्बुलाई सोधें– यो के हो ? कपाल काट्ने ठाउँ एक सिलिण्डर घुम्छ । तर यो सबै झ्याल बन्द घरको अगाडि दुई सिलिण्डर घुम्छ ?’ सुरेश लिम्बुले भन्नुभयो, ‘सेवा प्रदान गर्ने कपाल काट्ने ठाउँ एक सिलिण्डर घुम्छ, यो चाहिँ दुई सिलिण्डर घुम्ने ठाउँ पनि सेवा नै हो । तर, शरीरको सेवा । यो वेश्यालय हो । दक्षिण कोरियामा वेश्यावृत्ति कानूनी छैन । तर, शरीर सेवा गरेर पैसा कमाउन पाइन्छ । प्रहरी र सरकारले केही गर्दैन ।’


मैले हेर्दै गएँ र पढ्दै गएँ इन्टरनेटमा कि युरोपका उन्नत पुँजीवादी धनी देशहरु जर्मन, स्वीजरल्याण्ड, नेदरल्याण्ड्स, अस्ट्रिया, लक्जेम्बर्ग, ग्रिस, हंगेरी, टर्कीमा देह व्यवसाय कानूनी रुपले मान्यता प्राप्त छ । बेलायत, इटालीहरुमा पनि सेक्सुअल सर्भिसको बद्ला पैसा लिनु लिगल (कानूनी अनुमति प्राप्त) छ । तर, विज्ञापन गर्न, साइनबोर्ड राख्न र मौलिक रुपले सडक फुटपाथमा खुलेआम पुरुष ग्राहक फकाउन फसाउन पाइँदैन । 


एसियाको समृद्ध देश जापानमा वेश्यावृत्ति कानूनी छैन । तर, बालिग मनोरञ्जन उद्योग व्यवसाय कारोबार चलेका छन् । फिलिपिन्स, थाइल्याण्ड, न्यूजिल्याण्डमा वेश्यावृत्ति कानूनी छ । छिमेकी भारतमा देह सेवा गरेर पैसा कमाउनु कानूनी छैन । तर, कत्रो ठूलो पाखण्ड छ । भारतको कुनै शहर छैन, जहाँ वेश्यालय वस्ती (रेड लाइट एरिया) नभएको । 


नेपालमा पनि अखण्ड पाखण्ड छ । तर, अखबार र लेखहरुमा केही वर्ष अघिदेखि नै पढेको थिएँ कि तीस हजार नगरबधुहरु केवल राजधानी काठमाडौं उपत्यकामा छन् । ओमानजस्ता खाडीका अरब देशहरुको रौरव नर्कमा पुग्नभन्दा फुलमाया भएर आफ्नै देश परिवार समाजमा बस्न पाउने स्वतन्त्रता नेपालमा पनि हुनुपर्छ । काठमाडौँका एउटा प्रसिद्ध सडकको नाम सयौं वर्ष राणाकालदेखि नै पुतलीसडक छ । पुराना पुराना मानिसहरु भन्दछन्, ‘पुतली’ नाम गरेकी वेश्याको नाममा यो आफैं नामांकृत भएको हो । पुरानो राणाकालदेखि नै नेपालको मुलुकी ऐनमा वेश्या शब्द र वेश्याको सम्पत्ति उसको सन्तानले पाउने सम्पत्तिको अधिकार पनि कानूनी छ । तर, बेरोजगार महिला(युवती)हरु अहिले काठमाडौँ उपत्यकामा विहान बेलुकाको छाक टार्न बाध्यताले यौनकर्ममा लाग्नेहरु लगभग एक लाख रहेको अनुमान छ । 


आज एकातिर विदेशहरुमा ठूलो मात्रामा नेपाली नारी मानव बेचबिखन चलिरहेको र नारकीय जीवन बिताइरहेको अवस्था छ शासकहरुले समेत संरक्षण गरेर । अर्काेतिर असहाय नारीहरुलाई आफ्नै देश, समाज, परिवारमाझ बसेर देहव्यवसाय गरी जीवनयापन गर्न पाउने स्वतन्त्रता गैरकानूनी छ । यो पाखण्डको अन्त्य छिट्टै हुन जरुरी छ । (साँघु साप्ताहिक, २०८० कात्तिक १३)
 

प्रतिकृया दिनुहोस