• शनिबार-श्रावण-१२-२०८१

आफ्नै घर–परिवार खरानी पार्न आगो नझोसौं 

 

‘गुण्डा नाइकेको पाउमा ढल्यो देशको कानून सर्वाेच्च आँगनमा ढलिन भारती’ २०८० असोज १८ गतेको कान्तिपुरमा पढें । एउटा गुण्डा नाइके एउटा राजनीतिक दलको भातृ संगठनको क्षेत्रीय अध्यक्ष भयो । अनि दिनदहाडै शहरको चोकमाझ एउटा २९ वर्षको युवकलाई खुँडा प्रहार गरी हत्या ग¥यो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उसलाई कैद माफी गरिदिए । 

 


फेरि गुण्डा नाइकेको त्यही शहरको त्यही चोकमा सिन्दुरजात्रा भयो । नृसंस हत्या गर्ने ‘रिगल’ उपनाम भएको गुण्डा नाइके योगराज ढकाललाई तीन तहकै अदालतहरु जिल्ला, उच्च र सर्वाेच्चबाट सर्वश्वसहित जन्मकैद सजाय भएको थियो । तर, संविधान दिवस पारेर प्रचण्डको नेतृत्वको नेपाली कांग्रेस, माधव नेपाल र जसपा समेत सम्मिलित गठबन्धन सरकारले २०८० असोज ३ गते यस्तो जघन्य अपराध गर्नेलाई माफी दिई मुक्त पारियो । 


नेपाल आजका दिनमा अपराधीहरुका लागि स्वर्ग भएको छ । क्रुर नृसंस हत्याराहरु दण्डमुक्त भएका छन् । कुसंयोग पनि प¥यो होला । परस्पर असम्बन्धित कुरा होलान्, तर त्यही नेपालगंजमा कफर््यु लाग्यो । किनभने झण्डै हिन्दु मुसलमान साम्प्रदायिक दंगा फसाद मच्चाई एक नेपालीलाई अर्काे नेपालीको हत्या गराउने उत्तेजनामुक्त वातावरणलाई नियन्त्रण गर्न त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी र कर्मचारीले समयमै राम्रो कदम चालेछन् । आवेश, उत्तेजना उनान्सय प्रतिशत क्षणिक हुन्छ र तिनीहरुको वशिभूत भई धेरैजसो हत्या, हिंसा र अपराध हुन सक्छ । 


केवल एक प्रतिशत वा त्योभन्दा पनि कम हत्या हिंसा चिसो रगतको (कोल्ड ब्लडेड) अपराधहरु हुन्छन् । २४ घण्टा, ४८ घण्टा वा बढी उत्तेजक वातावरण छ भने केही अरु थप समय कर्फ्यू लगाउनु संसारका देशहरुमा आजमाइएका कुरा हुन् । हामीले देख्दछौं, हाम्रो खुला सीमाना रहेको १ अर्ब ४२ करोड संसारको १७ प्रतिशतभन्दा बढी जनसंख्या भएको भारतमा एकदिन पनि छैन जस्तो देखिन्छ, जहाँ कहीँ न कहीँ अशान्ति नमच्चिएको होस् । 


हुलदंगा, हिंसा, मारकाट त्यो ब्रिटिश साम्राज्यवादी शासनकालदेखि म जन्मेदेखि देख्दै आएको भारत स्वतन्त्र भएपछि आजसम्म पनि देख्दै आएको छु । आज पनि औपनिवेशिक शासनजस्ता कहीँ कहीँ दशौं बिसौं वर्ष लामो सैनिक शासन (आम्र्ड फोर्सेज सोसल प्रोटेक्शन याक्ट) अन्तर्गत सेनाले कसैलाई मारे कुनै मुद्दा लाग्दैन । काश्मिरमा मुडभेडका नाममा मान्छे नमारिएको समाचार कमसेकम सातामा एक पटक भारतीय अखबारहरुमा आउँछन् । 


सुदूरपूर्व मणिपुरमा जातीय दंगा फसाद र हप्तैपिच्छे भएकै छन् । नेहरुकै पालामा काश्मिरका प्रधानमन्त्री शेख अब्दुल्लाहलाई पक्रेर काश्मिरभन्दा धेरै पर कोडाइकनालमा नजरबन्द राखियो । त्यसपछि काश्मिरको राजतन्त्र समाप्त पारियो । 


आज पनि काश्मिरीहरु ‘आजादी’ (स्वतन्त्रता) भनि माग गरिरहेका छन् । ब्रिटिश शासनकाल देखि नै भारतमा सँधै शासन गर्नेहरुले धर्मको आडमा जनतामा फुट पारेर शासन गर्ने नीति अपनाए । आज पनि भारतमा हिन्दुत्ववादी कट्टरताको नीति वर्तमान शासकहरुले चलाइराखेको देखिन्छ । 


हाम्रो देशमा ऐतिहासिककालदेखि नै हेर्दा कुनै ठूलो साम्प्रदायिक दंगा भएको देखिँदैन । अपवादस्वरुप वि.सं. २०२५ पंचायती शासनका पालामा रौतहट, बारा, पर्सामा कयौं दिन साम्प्रदायिक दंगा मच्चिन पुग्यो । यो अपवाद छोडी फाटफुट मात्र छोडी ठूलो साम्प्रदायिक सामुहिक हिंसाका घटना भएको देखिँदैन । 


२०२५ मा दंगा मच्चिएपछि राजा महेन्द्र ज्वरो आउँदाआउँदै पनि आफै च्युटाह भन्ने ठाउँमा पुगी प्रत्यक्ष रुपले जनतासँग साक्षात्कार गरे । दंगालाई नियन्त्रण नगर्ने राज्यमन्त्रीलाई समेत पक्राउ गरियो । 


त्यहाँबाट फेरि भरतपुर बंगलामा फर्के । केही दिन पछि २०२८ माघ १७ (सन् १९७२ जनवरी ३१) राजा महेन्द्रको मृत्यु भयो । रौतहटमा एक जना मुसलमानका घरमा गाई काटी मासु बेचिँदैछ भन्ने झुटो हल्लाबाट दंगा उठ्यो । केही व्यक्तिहरुको हुलले केही नहेरी नबुझी त्यो व्यक्तिलाई घरभित्रै राखी आगो लगाईदिएको घटनाबाट त्यसको प्रारम्भ भएको थियो । 


तर, त्यस समय काठमाडौंमा साह्रै गैरसरकारी साप्ताहिकहरु केही थिए । त्यो दंगा तुरुन्तै समाचार बनेन् । धेरै पछि वाक स्वतन्त्रताको समय आएपछि त्यहाँ खटिएका एक कर्मचारीले आफ्नो स्मरणमा त्यो कुरा प्रकाशित गरे । २०८० असोज १६ गते मंगलबारदेखि लागेको कफर््यू नेपालगञ्जमा दोस्रो दिन पनि बढाइयो । हाल नेपालगंजमा धार्मिक सहिष्णुता बिगार्न खोज्नेहरु नेपाल विरोधीहरु यो पटक फेरि असफल भएको समाचार छ ।

 

२०८० असोज ११ गते मुस्लिम समुदायको पैगम्बर मोहम्मदको नाममा सामाजिक सञ्जालमा अन्टसन्ट लेखेको घटनाबाट साम्प्रदायिक तनावको वातावरण प्रारम्भ भयो । ढुंगा मुडा चले । सम्पत्तिहरु तोडफोडका घटनाहरु भए । धार्मिकता बडो संवेदनशील कुरा हुन्छ किनभने मानिसहरु आफ्नो निजी पहिचानको प्रमुख कुरामध्ये एउटा मान्दछन् । २०८० असोज १४ गते त्यस समुदायले नेपालगंजमा सद्भावना ¥याली निकाले । 


तर, त्यहाँ हिन्दु धर्म र मुसलमान धर्म दुबै महन्थ र मौलानाहरुले मिली सद्भावना ¥याली गरे । २०८० असोज १६ गते मंगलबार तैपनि ओमकार परिवार हिन्दु समाजका नाममा ¥याली गरी विवादको वातावरण बनाउन खोजियो । तर, नेपाली सेना परिचालन र उच्च सतर्कताले गर्दा परिस्थिति काबुभन्दा बाहिर जान सकेन । २०८० असोज १८गते बिहीबारदेखि कर्फ्यु खुकुलो भएको छ । यो हिन्दु र मुसलमान दुबै समुदायका लागि खुसीको खबर हो, किन भने दंगा दन्किंदा कुन धर्मका को मानिसको ज्यान जान्छ, ककसका घर–परिवार खरानी हुन्छ भनेर भन्नै सकिन्न । धन्यवाद–नेपालगञ्ज । (साँघु साप्ताहिक, २०८० असोज २२)
 

प्रतिकृया दिनुहोस