• शनिबार-श्रावण-१२-२०८१

अध्यक्ष ओली स्टेट सेन्ट्रिक कि ह्युम्यान सेन्ट्रिक ?

 

विश्वमा राज्य सञ्चालन गर्ने विषयमा मूलत: शासकहरूका दुई खालका विचारधारा देखिन्छन् । स्टेट सेन्ट्रिक (राज्य केन्द्रित) र ह्युम्यान सेन्ट्रिक (मानव केन्द्रित) । राज्यका शासकको नीति तथा कार्यशैलीको विश्लेषण गरेर कस्तो विचारधारा हो भन्ने अनुमान गर्न सकिन्छ । नेपालका ३२ सिटे प्रचण्डको शासनशैली स्टेट सेन्ट्रिक देखिएकोले चर्काे आलोचना हुँदैछन् । इतिहासमा कस्ता–कस्ता शासक कुन नीतिका कारण सफल–असफल भए ? मानव सेन्ट्रिक नहुँदा के हुने रहेछ र राज्य केन्द्रित मात्र बन्दा के हुने रहेछ ?


 विश्व राजनीतिका अनुभवहरूले के देखाएका छन् ? विश्वका विभिन्न शासकका शासकीय शैली र विचारधारामा उल्लिखित दुई फरक–फरक खालका धारणा र मान्यता रहेका छन् । 
स्टेट सेन्ट्रिक (राज्य केन्द्रित)ले राज्यलाई मात्र प्रधानता दिन्छ । राज्यको भूगोल, भौगोलिक स्वायत्तता, स्वाधीनता, स्वतन्त्रता, मुलुकको राजनीतिक स्वतन्त्रता, सार्वभौमसत्ता, राज्यको सीमा, राज्यको नीति, राष्ट्रवाद र उग्र–राष्ट्रवाद (एक्ट्रिव नेशनालिज्जम) जस्ता पक्षलाई बढी महत्व दिन्छ । सो अनुसार नै नारावाजी गर्दै रहन्छ ।

 

अर्काेतर्फ ह्युम्यान सेन्ट्रिकले भने मानवका वृहत् आर्थिक–सामाजिक हित, मानव सुरक्षा, मानवको बाँच्ने र बाँच्नको लागि अत्यावश्यक आर्थिक–सामाजिक कुराहरू, मानव अधिकार र नागरिक अधिकार, नागरिक सुरक्षा, सुविधा, रोजगारी, शिक्षा, सुविधा, समता, न्याय, सहभागिता, सहकार्य, सहायता, सह–अस्तित्व, सहभागितामूलक तथा दिगो विकास जस्ता विषय र पक्षलाई बढी जोड दिन्छ । 

 


 परम्परागत शासनमा स्टेट सेन्ट्रिक (राज्य केन्द्रित) मान्यता बढी प्रचलनमा रहेको थियो । वर्तमान विश्व राजनीतिमा मानव केन्द्रित (ह्युम्यान सेन्ट्रिक) मान्यता बढी प्रचलनमा रह्यो । यद्यपि विश्वका विभिन्न मुलुकका शासकहरूले स्टेट सेन्ट्रिक परम्परागत मान्यतालाई पनि लागू गरेका छन् । सोही मान्यतालाई बढावा दिने गरी आफूलाई प्रस्तुत पनि गर्ने गरेका छन् । नेपालका प्रचण्डले ह्युम्यान सेन्ट्रिक दर्शनलाई स्थान नदिँदा विभिन्न आशंका बढ्दैछन् ।


विश्वमा स्टेट सेन्ट्रिक र ह्युम्यान सेन्ट्रिक
भूराजनीति (जिओपोलिटिक्स)मा विभिन्न मुलुकका शासकहरूका कार्यशैली र विचारधाराहरूलाई विश्लेषण गर्दा उनीहरू कुन सेन्ट्रिक (केन्द्रित) थिए भन्न सकिन्छ । विश्वको शक्तिशाली अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प स्टेट सेन्ट्रिक रहे । सन् २०१६ को चुनावी नारा नै अमेरिकालाई फेरि महान बनाऔं (मेक अमेरिका ग्रेट अगेन) थियो । २०१६ अघिका राष्ट्रपति बाराक ओवामाको नारा हामी सक्दछौं (एस वी क्यान) थियो । नारामा मात्र होइन व्यवहारमा पनि ट्रम्प र बाराकमा धेरै फरक थियो । राष्ट्रपति जोय बोइडिन चाहिँ ह्युम्यान सेन्ट्रिक देखिन्छन् । राष्ट्र–राष्ट्र भन्दै उग्रनारा लगाउने, मानव र मानवीय हित र सुरक्षाको पक्ष, रोजागारी, सुरक्षा, सामाजिक र सार्वजनिक हितमा ध्यान नदिने नीति राष्ट्रपति ट्रम्पको थियो ।

 

पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसरर्फ स्टेट सेन्ट्रिक रहे । जर्मनका तत्कालीन शासक एडोल्फ हिटलर (१८८९–१९४५), इटालीका विनितो मुसोलिनी (१८८३–१९४५), इकाकका राष्ट्रपति सद्दाम हुसेन (१९३७–२००६) आदिलाई एक्ट्रीमिस्ट स्टेट सेन्ट्रिक (उग्र राज्य केन्द्रित) भन्न सकिन्छ । दक्षिण अफ्रिकी राष्ट्रपति नेल्शन मण्डला (१९१८–२०१३), भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र एमालेका अध्यक्ष ओलीलाई ह्युम्यान सेन्ट्रिक भन्न सकिन्छ । ओली चहिँ स्टेट सेन्ट्रिक र ह्युम्यान सेन्ट्रिक शैली एकैपटक प्रस्ट देखिन्छ ।


ओली कसरी ह्युम्यान सेन्ट्रिक ?
तत्कालीन प्रधानमन्त्री ओलीले २०७२ सालमा संविधान निर्माणको समयमा भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै राष्ट्रियता र राष्ट्रवादी छवि बनाउनु भएको छ । त्यसमा राज्य केन्द्रित सोच प्रस्ट हुन्छ । तर, पार्टी संगठन, नीति, विचार, कार्यक्रम, परिचालन, मुद्दा, तरिका, विधि, योजना तथा जनसमर्थन आदि सबैको दृष्टिमा चाहिँ ओली ह्युम्यान सेन्ट्रिक रहेको प्रमाणित हुन्छ । अध्यक्ष ओलीको भाषणा, धारणा, मान्यता, विचार, कार्यशैली र कार्य आदि हेर्ने हो भने उहाँ ह्युम्यान सेन्ट्रिक हो भन्ने प्रस्ट हुन्छ । 


विश्वमा कुन मान्यता लोकप्रिय ?
विश्व राजनीति विश्लेषण र विवेचना गर्ने हो भने ह्युम्यान सेन्ट्रिक नेता, शासक, मूल्य, विचार तथा कार्यशैली नै बढी रूचाइए । राज्यको सुरक्षा, समृद्धि, प्रगति सबैमा ह्युम्यान सेन्ट्रिक नीतिको विजय हुँदै आएको छ । अमेरिकी निर्वाचनको विश्लेषण गर्ने हो भने सबै नागरिकको सामुहिक हित र सुरक्षा गर्ने, विदेशी र आप्रवासीहरूप्रति नरम नीति लिने बाइडिन विजयी भएका हुन् । स्टेट सेन्ट्रिक नीतिको वकालत गर्दै राज्यलाई अगाडि सारेर उग्र नारा लगाउने ट्रम्प नराम्रोसँग पराजित भएका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पको हार भनेको स्टेट सेन्ट्रिक भएर उग्र नारा लगाउने नीतिको पनि पराजय थियो । 


 आजको आवश्यकता भनेको प्रमुख रुपमा ह्युम्यान हो । अर्थात मानव हो । मानव केन्द्रित नीति हो । जुनसुकै मुलुक र राष्ट्र एवम् समाजमा पनि पहिले मानिसको हित हेरिन्छन्, हेर्नुपर्दछ । मानवको हित, कल्याण, विकास, प्रगति, सुरक्षा, सुविधा जस्ता कुरा हुन सकेन भने त्यहाँ स्टेट–स्टेट भन्दै खाली भूगोलको कुरा गर्ने, शासनको चर्चा गर्ने र आफ्नो आदेशलाई मात्र ध्यान दिने कुरा निरंकुश सोच हो । यद्यपि स्टेट र ह्युम्यान एकअर्कासँग अन्तरसम्बन्धित कुरा हो । स्टेटमा ह्युम्यान हुन्छन् । ह्युम्यान नभई केही हुन्न । ह्युम्मान विनाको स्टेट मरूभूमि हो, अन्ट्रार्टिका हो । तसर्थ मानिस र मानिसका समग्र सुरक्षा, हित, प्रगति र उन्नत्तिबाटै समग्र समाजको विकास हुने हो । राज्यमा गरिने सबै खालका लगानी, विकास र सुधार पनि मानवकै लागि हो । सबै खालका पूर्वाधार विकास भूगोल र जमिनको लागि नभई मानवको लागि हो । यसर्थ मानिसको हित प्रथम हुन्छ । राष्ट्र नभई के हुन्छ ? भन्ने तर्क स्टेट सेन्ट्रिकहरूको हुने गर्दछ । 


  नागरिक र जनता नभई त राष्ट्र बन्नै सक्दैन । सन् १९३३ मा भएको मोन्टेभिडियो कन्भेन्सन (अन्तर्राष्ट्रिय सन्धि) ले राष्ट्र बन्नको लागि निश्चित भूगोल, निश्चित जनसंख्या, सरकार र अन्तर्राष्ट्रिय समर्थन र सम्बन्ध राख्ने क्षमता हुनैपर्ने भन्दछ । अर्थात केवल भूगोलको मात्र राष्ट्र हुँदै हुँदैन । त्यहाँ अनिवार्य रूपमा जनता (ह्युम्यान) अत्यावश्यक हुन्छन् । स्टेटले गर्ने सबै कार्य पनि ह्युम्यानकै हित र सुरक्षाको लागि नै हो । यसरी आजको वर्तमान भूराजनीतिमा ह्युम्यान सेन्ट्रिक भ्यालु (मानव केन्द्रित मूल्य) अति नै महत्वपूर्ण मान्यता हो ।

 

 
  उग्र नारा र संकीण राजनीतिक स्वार्थको लागि गाइने फोस्रो राष्ट्रियता र राष्ट्रको गीत त्यतिवेला केही कामको हुन्न जतिवेला मुलुकका नागरिक र जनताहरू आधारभूत तहका मानवीय आवश्यकताका कुराहरूको लागि रोइ–कराई गर्दै लडिरहेका हुन्छन् । जस्तो उत्तरकोरियाका नेताको राष्ट्रियताको गीतको अर्थ छैन् । जबकि त्यहाँका नागरिक प्रतिदिन ३ सयग्राम भन्दा पनि कम खाएर बाँच्न बाँध्य छन् । आधारभूत आवश्यकताका कुराहरू नभई मानिस बाँच्नै सक्दैन । 


मानिस बाँच्न सक्ने नीति मूलत: ह्युम्यान सेन्ट्रिक नीति हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रमा मानिस (ह्युम्यान) हुन्छन् र हुनुपर्दछ । स्टेट (राज्य) त अन्तर्राष्ट्रिय कानुनको अनिवार्य विषय (सब्जेट) हो । यसर्थ मानवीय हितको सुरक्षा आजको सन्दर्भमा बढी पेचिलो भएर गएको छ । विश्व राजनीतिमा पनि यसको महत्व बढेको देखिन्छ । 

 

नेपालको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डको स्टेट सेन्ट्रिक सस्ता नाराको कुनै अर्थ छैन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै हुर्दुङ्गे घिउ नलाग्ने आदेश दिँदैछन् । ह्युम्यान सेन्ट्रिक भइएन भने तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पको जस्तो अवस्था अर्काे निर्वाचनमा प्रचण्डको हुने प्रस्ट छ । एमालेका अध्यक्ष ओलीबाट ह्युम्यान सेन्ट्रिक विचार र दृष्टिकोण सबैले सिक्न सक्नुपर्दछ । ओली खासमा देशप्रेमी र राष्ट्रवादी हुनुहुन्छ । त्योभन्दा बढी चाहिँ मानव र मानवतावादी नेता हुनुहुन्छ । 
 

प्रतिकृया दिनुहोस