• शुक्रबार-बैशाख-१४-२०८१

प्रेस चाैतारी स्थापनाकाे सम्झना बिर्सनाका ती प्रारम्भिक दिनहरू... !

आज २०७९ माघ २२ गते, प्रेस चाैतारी नेपालकाे २५औं वर्षगाँठकाे सुखद अवसर । याे संस्था निर्माण गर्नमा महत्वर्पूृण भूमिका निर्वाह गरेका, गर्दै आएका र जाेडिएका सम्पूर्ण पत्रकार मित्रहरूमा हार्दिक शुभ कामना ।

 

प्रेस चाैतारी नेपालका संस्थापकहरू हाल काे कहाँ कुन अवस्थामा छन् ?  काे कहाँ पुगे, कतिले  प्रेस चाैतारी नेपालकै भर्याङ चढेर के के भए ? याे संस्था त्यागेर  कहाँ पुगे,  के भए ?  प्रेस चाैतारीकाे जग हाल्ने अग्नि शिखा याे संसारमै छैनन् ।

 

हेम पाठक देशै त्यागेर सपरिवार अमेरिकामा बसाेवास गर्दै नेपालकाे पत्रकारिता क्षेत्रमा रहेर भ्रष्टाचारविरूद्ध कलम चलाउने पत्रकार,  साहित्यकार, सामाजिक अभियन्ताहरूलाई वार्षिक रूपमा २/४ लाखकाे पुरस्कार बाँड्दै नेपालमा आफ्नाे उपस्थिति जीवन्त राखेर बसेका छन् ।


   पत्रकारिताकाे विगत जीवन र संस्थागत सक्रियताकाे स्मरण गर्दा वामपन्थी पत्रकारहरू संस्थागत रूपमा संगठित हुने क्रममा २०५४ साल मंसिरमा अनामनगरस्थित मित्र हेम पाठककाे घरमा तत्कालीन एमाले प्रचार विभाग प्रमुख राधाकृष्ण मैनालीकाे उपस्थितिमा लगभग डेढ दर्जन पत्रकारहरूकाे भेलाले सबै वाम पत्रकारहरू समेट्ने भन्दै प्रेस चाैतारी, नेपाल नाम राख्ने निर्णय गरेकाे ऐतिहासिक क्षण मेराे हृदयमा अमिट रूपमा रहेकाे छ, रहने छ ।   


  सम्झना भएसम्म हेम पाठककाे घरकाे तेस्राे तलामा भएकाे साे भेलामा  विजय चालिसे, गाेपाल थपलिया, अग्नि शिखा(स्वर्गीय),  शम्भु श्रेष्ठ, गाेपाल बुढाथाेकी, युवनाथ लम्साल(राजदूत), कुन्दन अर्याल (प्रेस चाैतारी नाम राख्ने), गाेकुल बाँसकाेटा, प्रमाेद दाहाल, टंक पन्त, हेम पाठक, शार्दुल भट्टराईलगायतकाे उपस्थिति रहेकाे थियाे ।


दृष्टि साप्ताहिककाे बागबजारस्थित कार्यालयमा बसेकाे बैठकले  प्रेस चाैतारी नेपाल(तदर्थ समिति)काे संस्थापक नेतृत्व(संयाेजक)काे जिम्मेवारी  विजय चालिसे र महासिचव युव नाथ लम्साललाई ताेक्याे । विधान बनाएर महाधिवेशन गर्ने टुंगाे भएपछि म समेत भएर प्रेस चाैतारी नेपालकाे विधान निर्माण गरियाे । त्यसपछि नेपाल चेम्बर अफ कमर्शकाे कार्यालय जमल, काठमाडाैंमा पहिलाे भेला भयाे । साे भेलाबाट शम्भु श्रेष्ठकाे नेतृत्वमा पहिलाे निर्वाचित कार्यसमिति बन्याे । पहिलाे भेलाले कार्य समिति बनाएपछि संगठन निर्माणलाई गतिदिने निर्णय गर्याे ।

 

प्रेस चाैतारी नेपालकाे दाेस्राे महाधिवेशन प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा भयाे । त्यहाँ सचिव पदमा मैले पनि उम्मेदवारी दिएँ । सूर्य थापा(हाल सांसद, प्युठान)ले मलाई सचिव पदमा छाेड्नका लागि अनुराेध गरेपछि मैले उम्मेदवारी फिर्ता लिएँ ।  फेरि पनि शम्भु श्रेष्ठकै नेतृत्वमा कार्य समिति निर्वाचित भयाे । साे कार्य समितिमा महासचिवका बागी उम्मेदवार प्रमाेद दाहालले आधिकारिक उम्मेदवार बालकृष्ण चापागाइँलाई पराजित गरेपछि महासचिव प्रमाेद दाहाल प्रदीप नेपालले कारवाही समेत गरे ।

 

 शम्भु श्रेष्ठकाे नेतृत्वमा मैले पनि प्रेस चाैतारीकाे कार्य समितिमा निरन्तर रहेर तीन कार्यकाल काम गर्ने अवसर पाएँ । प्रेस चाैतारी नेपालकाे संगठ निर्माणका लागि मेचीदेखि महाकालीसम्मकाे भ्रमण पनि गरियाे । आज २५औं वर्षगाँठ मनाउँदै गर्दा याे संगठन परिपक्व र दसाैं हजार पत्रकारहरू प्रिय संगठन बन्न गएमा खुसी लागेकाे छ ।

 

याे संगठनलाई यहाँसम्म ल्याएर फल्न र फुल्न याेगदान गर्नु हुने, स्वदेश तथा विदेशमा रहेका पत्रकारहरू जाे जहाँ, जुन अवस्था र विचारमा रहेका भएतापनि म आफू समेत संलग्न रहेकाे यस संगठनकाे  २५औं वार्षिकाेत्सवमा हार्दिक शुभ कामना ।
 

प्रतिकृया दिनुहोस