• मंगलबार-फाल्गुण-२०-२०८१

केयु पनि बेथितिको सिकार

 

काठमाडौं ।  अन्ततः काठमाडौ विश्वविद्यालयको उपकुपति छनौटको विवाद एकपछि अर्को उल्झनमा परेको छ ।  छनौट समितिको संयोजक सुरेशराज शर्माको नैतिकतामाथि  गम्भीर प्रश्न उठेको छ । तीनजनाको नाम छनौट गर्न  नसकेपछि विवाद बढ्न पनि थालेको छ । तीनजनामध्ये दुुईजना सदस्यहरु अजुर्न कार्की  र जनार्दन लामिछाने एकातिर  लागेका छन् । जसले गर्दा शर्माले चाहेको  व्यक्ति आउन सक्ने संभावना देखिएको छैन । तर, शर्मा आफूले भनेको व्यक्ति नहुने हो भने सिफारिश नै नगर्ने मुुडमा देखिएका छन् । झन्डै दुुई महिनादेखि बन्धक बनेको छ । उम्मेदवारहरु पनि अहिले तनावमा परेका छन् ।  पहिला ७ जना उम्मेदवारहरु  सर्टलिष्ट नगरेको  भन्दै कुलपतिलाई ज्ञापनपत्र बुुझाउन गएका थिए  । उनीहरुले ज्ञापनपत्र बुुझाएपछि २० जनामध्ये १० जनाको नाम सार्वजनिक भएको थियो । 


 अहिले फेरि ८ जनाले कुलपतिलाई गुहारेका छन् ।  १० मध्येबाट तीनजना सिफारिश गर्नुपर्ने हुन्छ । तर, शर्मा आफूले ल्याउन चाहेका भोला थापाको अडानमा रहँदा समय  झन बाहिर गइरहेको छ । अनि, कांग्रेसीहरु  चाहिँ अच्युत वाग्लेलाई बोकेर  हिंडेका छन् । वाग्लेको प्राध्यापक पदप्रति नै खासमा विरोध छ ।  विश्वविद्यालयमा वाग्लेको प्राध्यापक पदप्रति नै प्रश्न उठाउँछन् । तर, कांग्रेस शेरबहादुर  देउवा जसरी पनि वाग्लेलाई बनाउनुपर्छ भनेर अड्डी  कसेका छन्  ।  त्यसले गर्दा पनि समस्या आएको बताइन्छ । विश्वविद्यालयमा छिटो कुलपति चाहियो भनेर गत हप्ता ८ जना उम्मेदवारले कुुलपतिलाई भेटेका छन् । उनीहरुले ३ जना छनौट गरी  कुलपतिलाई सिफारिश गर्न आग्रह गरिसकेका छन् । समितिले काम अगाडि बढाउन सकेको छैन ।

 

त्यसैले, अहिले प्रधानमन्त्री कार्यालय भने समिति नै भंग गर्ने कि भन्ने सोचमा समेत पुुगेको स्रोतहरुको भनाइ छ । स्रोतहरुका अनुसार शर्माले  अस्वभाविक  रुपमा  व्यक्ति विशेषको पक्षमा लागेर  छनौट प्रक्रियालाई पारदर्शी  बनाईदिए हुने  भन्ने वालुुवाटारको भनाइ देखिन्छ । अनि काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुले  पनि मेरिटका आधारमा नियुक्त गर्ने हो भने पारदर्शी  रुपमा जो  जो शीर्ष तीन स्थानमा आउँछ त्यसैलाई सिफारिश गरे हुन्छ भनिरहेका छन् । तर शर्मा मानिरहेका छैनन् । (साँघु साप्ताहिक, २०८१ फागुन १९)
 

प्रतिकृया दिनुहोस