काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था समितिको बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित कानुन समितिको हलमा जारी बैठकमा प्रतिनिधिसभाको बुधबारको बैठकका लागि कार्यसूची बारे छलफल भइरहेको छ ।
बुधबारको बैठकमा सरकारले यस अघि जारी गरेका पाँच अध्यादेश पेश गर्दै छ । सत्तारुढ दलकै विरोधका कारण सरकारले संसदको यस अधिवेशनको पहिलो बैठकबाटै स्वीकृत गराउने भनेका अध्यादेश अहिलेसम्म ल्याएको थिएन । सोमबार बसेको सत्ता पक्षका दलहरुको बैठकले भुमीसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश संसदबाट स्वीकृत गराउन सहमति गरेका थिए ।
प्रतिकृया दिनुहोस