• मंगलबार-फाल्गुण-२०-२०८१

ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।

 

दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

 

ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपितविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् । अख्तियारले अन्य ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर समेत राखेको छ ।

 

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दावी रहेको छ ।

प्रतिकृया दिनुहोस