काठमाडौँ । अस्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ । जारी आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए । त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए ।
प्रतिकृया दिनुहोस