• मंगलबार-फाल्गुण-१३-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘फ्रड’ ब्यञ्जनामा
यतिखेर नेपालका एक से एकलाई काछी लाग्न पुगेको छ ।
मुलुकको बौद्धिक विद्रुपता यस्तो भएको छ
मानौ, यो नै भैंसी बधशालाको विष्णुमति किनार हो ।
दुर्भेद्द, फोहोर र दुर्गन्धित ।
युसएआईडीको फ्रड रिगि¨मा मुलुक गरिब हुने नै होइन ।
र, भएको पनि छैन ।
केही तर मार्नेको घोकाधडीको अतिरिक्त आम्दानी घट्ने मात्रै हो ।
युएसए आईडिको ठगि रोकिएर कोइ पनि खुशि नहुंदा पनि हुन्छ ।
ठगीका पहलमानहरुले अर्को विव्लिक्लेप्ट कतिखेर गर्ने हुन, हेरिबस्दा हुन्छ ।
पुस्तकालयमा पुस्तक चोर्नु अपराध नहोला, तर चोरको ब्यभिचार प्रकट हुन्छ ।
फ्रडको यो सारा प्रपञ्चमा एकथरी किन काखी बजाई हिंड््छन् भने,
तिनलाई लागेको छ, तिनको व्यभिचार अलिकति भए‘नि यो प्रकरणले छोपिन्छ ।
सबको आ–आप्mनो ध्याउन्न छ ।
को कतिखेर कसको खोकिलोमा हात हालेर के चोरी भ्याउँछन्, भन्न सकिन्न ।
खासमा आप््mनै मुलुकको सहायता प्रकरणलाई ट्रम्पले भनेको फ्रड
त्यसको श्रोत पनि उतै हो ।
र, ब्यञ्जनकार पनि उतै नै हो ।
हामीलाई लागेको काछी मात्रै हो ।
यतिसम्मको अन्तरविरोध नबुभ्mदा मात्र उत्पात भएको हो ।
यसले व्यभिचार बढाएको मात्रै हो ।
हामी कहाँ प्रचलन नै थियो,
भ्रष्टाचार गेरर गाडी ुचढदा हामीले स्याबासी दिएकै हौं ।
क्यै नकामको शिल्प भएकाहरु काठमाण्डौंमा तीन तीनवटा घर जोड्छन् ।
हामी प्रश्न उठाउँदैनौ, प्रश्न उठाउने नैतिकता देखाउँदैनौ ।
बरु, उसको कौशलको बयान गर्न मन पराउँछौं ।
र, धेरै ठाउँमा त ‘जेडी’ शब्दले ढाकछोप गरि पनि दिन्छौं ।
हामी मानसिकरुपकै दासत्वलाई सौभाग्य भन्न रुचाउँछौं ।
म त भन्छु,
कम्तीमा यो फ्रडलाई लिएर मुलुकको विकास नजोडौं ।
ट्रम्पको फ्रड शब्दले धेरैको खुट्टा उचालिएको मात्रै हो ।
चोरहरुको खुट्टा काटिने नै होइन ।
तर, यसले संकेत अर्थोक गर्न खोज्या भने छ ।
सबभन्दा उदेक लाग्दो भएको के मात्रै हो भने
मुुुुलुकभित्र विकसित हुन खोजिरहेका घटनाहरुलाई, कोई
न जानिंदो गरि सोहोरेर एक ठाउँमा थुपार्न खोजिरहेको छ ।
संविधान, पूर्व राजा, मुक्कुम्लुङ सबै सोहोर साहर पारेर, कोई
इन्धन बनाउन खोजिरहेको छ ।
कन्सपिरेसी थ्योरी पटक्कै मान्दिन ।
त,र चैत्र पुग्दा न पुग्दै मुलुक हुरीबतास बनाउन सक्छ ।
र, पत्तो नपाई मुलुकको कुमारित्व भंग हुन बेर लाग्ने छैन ।
त्यति मात्रैको दुःख हो ।
टाडा टाढासम्म नदेखिने कुरा
आजभोलि नजिक नजिक आउंदा देखिंदा छन् । 
सातोपुत्लो जसको उडेको छ
उसैले उचालेको हो खुट्टा ।
(साँघु साप्ताहिक, २०८१ फागुन १२) 
 

प्रतिकृया दिनुहोस