अर्थात जेमन्त: शरदराज गौतम
उभिएर धर्नामा रहेका अभियन्ता ईः को भद्र अवज्ञा स्थगन भएको छ ।
म ईः को अवज्ञाप्रति रुचि राख्दछु ।
किनकि काठमाण्डाँैमा आफ्नोपन खोजी रहनेहरुका लागि भद्र अवज्ञा ध्रुबतारा झै हुन्छ ।
ईः महाभारत ग्रन्थमा रचिएका एकलव्य पनि होइनन् ।
जसलाई गुरु थाप्न पनि माटो र बालुवाको प्रतिमूर्ति चाहियोस् ।
‘मेरो काठमाण्डौँ’ भएन भनेर मैले केशव स्थापितलाई जहिल्यै उक्साएँ ।
यद्यपि उनी मेरो उक्साहटमा परेनन् ।
उनले ‘मेरो काठमाण्डौँलाई उध्रिएको ब्रा र फाटेको चप्पल राखेर पारेको ‘ऐला’ बनाए ।
मेरो पौरख, मेरो गौरब, मेरो काठमाण्डौँ ।
ऐला कडा जरुर भयो, उनी मेयर भए, तर काठमाण्डाँै ‘मेरो’ भएन ।
काठमाण्डाँैसित मेरोपनको अपनत्वको खोजी थियो, मेरो ।
हिमाली भेगतिर भलु बोल्छन, पहाडतिर जाँड, र अरुतिर हुर्रिया ।
फरक जातिमा यसको स्वरुप र सामाग्री पनि फरक हुन्छ ।
तर, जाँड बन्नु अघि अन्न आधि कुहिएर बन्ने सामाग्री हो यो ।
गन्हाउँछ अरुहरुलाई, तर शारीरिक परिश्रम गर्नेहरु यसलाई औषधि झै खान्छन् ।
यसले एक झमट मिठो रन्को दिन्छ ।
कुहिने सामाग्रीले प्राकृतिक मादकता निकाल्छ, साँचो हो ।
गाह्रो छ भन्न, रैथानेहरु यसको मादकता मन पराउँछन, कि
भोक बिस्र्याउने रनक ।
तर, पनि रैथानेहरु भलु, जाँड वा हुर्रिया मात्न पिउँदैनन् ।
ईःको भद्र अवज्ञाप्रति मेरो रुचि
‘मेरो काठमाण्डौँको रनकसित जोडिएको हो कि
केशव स्थापितले काठमाण्डौँलाई बनाएको टाउको दुख्ने ऐला सित ।
म अझै स्पष्ट छुइन ।
र, सायद ईःपनि यै कुइनेटोमा स्पष्ट छैनन् ।
शहरका फुटपाथ पदयात्रीहरु भन्दा बढी गरिखाने गरिबहरुको लागि पनि हो ।
अभियन्ता ईःले रैथानेहरुको सौन्दर्यबोधविरुद्ध उठाएको गंभीर सवाल हो, यो ।
यो बहसको इसोलुसन हुनै सक्तैन, न डिजिटल हिसाब नै ।
तर ईः अभियन्ताको अवज्ञामा गन्हाएको ढुँसी
हुर्रिया र भलुमा गन्हाएको अन्नको जाँड गन्ध छैन ।
म त्यसैले उनको भद्र अवज्ञा स्थगनसित चासो राख्ने भएको हुँ ।
यो काठमाण्डौँ यहाँ बस्ने रैथानेबाट उखेलिंदै गएको साँचो हो ।
बालेनसित सबै कुरामा सहमत हुन सकिन्न ।
तर, बालेनसितको असहमतिमा फेरि पनि
बिरालो बाँध्ने कर्मकाण्डी दलहरुको ढुँसी गन्हाउँछ भने, भन्न सक्नु पर्दछ ।
यो काठमाण्डौँ काठमाण्डाँै बस्नेहरुका लागि हो, कि
नाइट बसबाट गन्हाउने शरीर बोकेर झर्ने प्रेतात्माहरुका लागि हो ।
जो रातभरिको यात्राबाट ओर्लेर पेटीमा चमेली व्यापार गर्छ ।
काठमण्डौँका रैथानेका पक्षमा मात्रै उभ्भिएका हुन, बालेन ।
जुन दिन रैथानेहरु बालेनसित उभ्भिएर भद्र अवज्ञा आन्दोलन गर्लान
कसैले फेरि फेरि दोहो¥याएर नगाउन
गरिबको चमेली बोल्दिने कोई छैन भनेर ।
देखि सकियो, राष्ट्रपति पनि संरक्षित क्षेत्रमा हिंड्न थालिसके ।
काठमाण्डौँ अहिले पनि एउटा गंभीर मार्मिकतामा दोबाटोमा उभ्भिएको छ ।
फुटपाथमा व्यापार गर्ने दिन पाउनु पर्दछ भन्ने मनसाय पछिल्तिर
गरिब बोली रहेको जस्तो लागेको छ, कत्तिलाई ।
त्यो गरिबको वकालत गरेको नै होइन, ताबेदारीमात्र हो ।
अभियन्ता ईःको इमान्दारितामा म रत्ति कर्के आँखा लाउँदिन ।
तर, हामीले देखेका हौं नि,
मुलुकका धेरै अभियानहरुमा दलका स्वार्थहरु लुतो सरेझै सरेका ।
माफियाहरुको कफी षडयन्त्र पसेको ।
बहुदलको आगमनसँगै काठमाण्डौँ फलानोको बिर्ता भएको सबैको सम्झनामा छ ।
सिटी बजाएकै भरमा काठमाण्डाँै बन्ददेखि रेलिङ भाँच्चिएकै हो ।
दलको सामन्ती कब्जाबाट फुत्किएको काठमाण्डौँमा
अभियन्ता ईः अदृश्य हतियार हुन पुग्दैनन्
कोई पत्याउँछ भने, उसको खुसी ।
काठमाण्डाँै, मुलुकको पनि राजधानी हो, के ।
मुलुकमा झ्याङ्गिएको माफियातन्त्रको लागि
यो अभ्यास थलो पनि हो ।
अभियन्ता ईः उसुका गुरु होउन न कि क्यारमका गोटी ।
त्यति मात्र प्रार्थना गर्ने हो ।
मुलुकमा सच्चा हृदयले प्रार्थना गर्नु बाहेक अर्थोक छैन पनि ।
(साँघु साप्ताहिक, २०८० असोज १५)

प्रतिकृया दिनुहोस