अर्थात जेमन्त
आजको डिजिटलको भाषामा यसलाई कन्टेनट क्रिएटर भनेर बोलिन्छ ।
डिजिटल ब्रम्हाण्डमा कन्टेन्ट क्रिएटरहरु नै
सामान्यतया सबै संवाद सारहरुको गति सम्मोहन गर्दछन ।
तिनलाई मालुम हुन्छ, कुन सारले को घाइते हुन्छ भनेर ।
ब्रम्हाण्डका सारा वस्तुहरुका गति र क्षमताहरुमा मानिसहरु रुची मात्र राख्न सक्दछन् ।
तर तिनको चालहरुमा पकड र तिनको ज्ञान माथीको नियन्त्रण राख्नै सक्दैनन् ।
डिजिटल ब्रम्हाण्डसित पनि त्यस्तै हो ।
यसमा रुची देखाउन सकिन्छ तर सारागतिमा नियन्त्रण हुन्छ भन्नु
जागरण सभाको भीड देखाएर तर्साउनु जस्तो मात्रै हो ।
भेद्द यहीँनेर थिग्रिएको थियो ।
एमाले गण आप्mना रैथाने शास्त्रीय शैलीमै समाधानमा उत्रिएका हुन् ।
विगतमा पनि छ्यालिस सालको आन्दोलन कै समय
कन्टेन्ट क्रिएसनको अभ्यास भएको थियो, मानिसले बिर्सिएका मात्रै हुन ।
वाक्य विनिमयमा पम्फा देबिको कन्टेन्ट यिनकै पुर्खा मालेका कार्यकर्ताले निकालेका हुन ।
काठमाण्डौमा मध्यम वर्गिय जीवन धान्नेहरुको मस्तिष्कमा आँधि बेहरि ल्याउनु थियो ।
रानी ऐश्वर्याकोे नाम दिइयो, पम्फा देवी भनेर ।
पम्फा देवीको नाउको स्विस खातामा जम्मा भएका करौंडौ सम्पति
आन्दोलनकारीहरुको मसख मुखबाट हरेक चिया पसल र भट्टिमा सुनियो ।
धेरैले विश्वास गरे, हो न हो पम्फा देवी भनेको ऐश्वर्या नै हो ।
र स्याल हुइयाँमा धेरै मानिस रानी ऐश्वर्याको सार्वजनिक आलोचनामा ओर्लिए ।
कन्टेन्ट क्रिएटर अरु नै कोई थिए ।
आन्दोलन पश्चात पम्फा देवीको स्वीस सम्पतिको खोजी त्यसपछि कहिल्यै भएन ।
किनकि कन्टेन्ट क्रिएटरको द्देश्य पनि त्यो थिएन ।
कम्बोडियाको लगानीविरुद्ध सत्ताधारी पार्टीले आयोजना गरेको जागरण सभा देखेर
छ्यालिस साल देखेका हाम्रा पुस्तालाई पम्फा देवी सम्झिन बेर लागेको पनि होइन ।
मुल कुरा हो,
कान छाम्न छाडेर कागको पछिल्तिर कुदि हिँडने जमात देख्दा
उमेर बढदा बुद्धि पलाउँछ भन्ने होइन भन्ने नेपाली आहान सम्झिइन्छ ।
सामाजिक सञ्जाल अप्रशोधित, अव्याकरण, असंस्कृत र अविवेकी सामग्री पस्किने जालो हो ।
न स्वधर्म हुन्छ , न स्वनियमनको आचार संहिता नै ।
सञ्जालको जालोमा ठुलो संख्यामा माखो प¥यो भनेर
कोही जिल्लिन्छ र शास्त्रीय विधिमा त्यसको प्रतिकारमा उत्रिन्छ भने
बुझ्दा हुन्छ, नेपाली कम्युनिष्टहरु डोगम्याटिक हुन ।
सारा अबुझमा एकै थरि घुँडा टेकेर नमाज कथ्ने कठमुल्ला ।
तिनले समसामयिक पुस्तकहरु न पढेको धेरै भो ।
म एमालेका पार्टी मुख्यालयलाई दोष दिन्न ।
तिनले जानेको गरेका हुन ।
तर पिएमओमा बस्ने भतुवाहरुमा समेत
प्रम्पटरहरुकाबारेमा छलफल नहुनु विसिद्धि लाग्छ ।
डिजिटल ब्रम्हाण्डमा निर्माण भएका छुद्र ग्रहहरुमा
मुलुकका सरकार प्रमुखलाई बोल्ने कन्टेन्टमा उक्साउनु
कम्तिमा पिएमओ सल्लाहकार विशेषज्ञहरुको दिवालियापन मात्रै हो ।
तिनले पिएमओमा सुन पानी छर्कन सकिने माटाका सुराही राखुन ।
हरेक पटक प्रधानमन्त्रीले सभाहरुमा छाद्दा
सुन पानी छर्केर आफुलाई चोख्याउन ।
अर्थोक गर्नै पर्दैन अब,
कम्युनिष्टहरु ब्रम्हाण्डका बारे त बुझ्दैनन्, बुझ्दैनन्
डिजिटल ब्रम्हाण्डका बारे कालो अक्षर त भैहाले । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस