अर्थात जेमन्त : शरदराज गौतम
नेवार त हो, तर म नेवारीमा फर्काउन जान्दिन ।
योमरी र बारा खाएर पैसा तिर्दा यसरी बोल्ने सम्पदाका मानिसहरु
हा“डीगाउ“को शनिबारे हाटमा जताततै भेटिन्छन् ।
तिनलाई तपाईं सजिलै ‘नहुनुको’ गर्वमा भेट्न सक्नु हुनेछ ।
ती, यो मुलुकका निख्खर बोनाफाइड हुन ।
पत्रकारको कार्ड पनि छ, तर पत्रकारिता गर्दिन ।
बढी औंलामा निलो मसी लगाउ“दै गर्दाका पत्रकारहरु
महासंघको मतदान लाइनमा जताततै भेटिन्छन् ।
तिनलाई तपाईं पत्रकार नहुनुको गर्वमा सजिलै पाउनु हुनेछ ।
ती सूचना विभागको कार्ड सजिलै देखाउं“छन् ।
मानौ त्यो तिनको पुख्र्यौली आर्जन हो ।
‘नहुनुको’ रैथाने गौरब गाथा ती गाइ बस्छन् ।
मुलुक सुध्रिनै नसक्ने गरि थलिएकोमा
तिनलाई भन्दा बढ्ता चिन्ता अरुलाई छैन ।
आपूmलाई शुभचिन्तक मात्रै भनि बताउनेहरुको गलामा चम्किने तिलहरी
हेर्दै नहेर्नु होला, तिनको सौभ्ाँग्य भन्दा अर्थोकै बसाउछ ।
तिनलाई आप्mनै पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको चिन्ता बढी देखिन्छ ।
तर ती आप्mनो आचरण र भाव यस्तो देखाउ“छन
मानौ ती नजन्मिदै एमाले हु“दा थिए वा कांग्रेस ।
तिनीहरु झुक्किएर हो वा नाठो पलाएर हो
तिनबाट सयमा सय बागी जन्मिदा छन, रास्वपा ।
ती सबैको मिसमासको हुलमा सबको एउटै नाद भेटिन्छ ।
नहुनुमा नै मुलुकमा फायदा छ ।
आजभोलि एकथरिलाई तपार्इं कर राजस्व दाखिलाको लाइनमा पाउनु हुन्छ ।
ती व्यापार गर्दैनन्, तर कर तिरेको धक्कुमा रमाउ“छन ।
ती करभन्दा बढी कागजात मिलाउन खर्च गर्दछन् ।
ती सगर्व भन्दछन्, हामीले नै मुलुक धानेका हौं ।
रोचक त कति भने,
दाखिला फर्म भर्दा सेवा महल नेर आई पुग्दा ती अन्य महलमा चिनो लाउ“छन ।
त्यो, अन्य भनेको कयै ‘न हुनुको’ छद्म महल हो ।
तिनको खल्तीमा थुप्रैथरिका भाउजुहरुको नम्बर भएको चिर्कोट हुन्छ ।
तर राजस्व दाखिलाको खाता नम्बर थाहा हुन्न ।
तिनले अमुक व्यापारीको नाम कहलाएका छन् ।
अझै अर्कोथरिको कहाली लाग्दो तस्बिर पनि छ ।
ती महावीर पुन भन्दा पनि जान्ने वैज्ञानिक छन्
ती शम्भु थापा भन्दा पनि बहस चलाउने वकिलै हुन ।
तिनलाई हरेक अस्पतालको अपरेशन थिएटरको भित्री ज्ञान छ ।
खासमा ती कोही पनि होइनन् ।
र, क्यै पनि न हुनुमा तिनको ठुलो पहिचान छ ।
ती यो मुलुकको विचौलिया हुन, अज्ञात विचौलिया ।
तिनलाई तपाईं ठुला करदाताको लिष्टमा भेट्नु हुन्न ।
न त कुनै राजनैतिक दलको समारोह वा पदक वितरणमा नै ।
ती अदृश्य हुन्छन् र त्यसैले ती मेकर हुन ।
किङ्गमेकर ।
दुई शब्द नलेखी पुस्तक लेख्नेहरु
कुनै पनि जा“च नदिई निजामती कर्मचारी भएर पेन्सन पकाउनेहरु
कहिल्यै घर जिम्मेदारी नलिई अर्काको गु“डमा बच्चा जन्माउनेहरु
लाइसेन्स नलिई सबारी चलाउनेहरु
दाउरा नदेखेकाहरु सेफ भएर काम गरेकाहरु
सबका सब यो मुलुकमा ‘नहुनुको’ गर्वका आभूषण हुन् ।
तिनलाई तपाईं मुलुकको आधिकारिक योगदानमा भेट्न पाउनु हुन्न ।
तर ती यत्रतत्र सर्बत्र छन् ।
तिनलाई हा“डीगाउ“को मेलामा,
पत्रकार महासंघको चुनावी लाइनमा
तिनलाई कर सुविधा लिने लाइनमा
अनि कानूनी पेंच फुकाउने वकिल दलालहरु पछिल्तिर भेट्नु हुनेछ ।
मुलुक कहिल्यै न सुध्रिने भो भन्ने भ“डुवाहरुको बीचमा
एक थानमा तिनलाई उपस्थित गराई दिंदा हुन्छ ।
तिनले प्रमाणित गराई दिनेछन् ।
यो मुलुकसित ज्यान लाग्ने ती सबै कुराहरु छन्
जो दुःखी आत्मा बोकि हिंड्नेहरु देखि भ्याउं“दैनन् ।
मुलुकसित हुनुको भन्दा
मुलुकसित नहुनुको गर्व ठुलो कुरा हो ।
न हुनुको दुहुनोमा छ सबै कुरा ।
जो देखिन्नन, ती सब मुलुकका हिस्सा हुन् ।
जो छैनन ती सब मुलुकमा उपलब्ध छन् । (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस