अर्थात जेमन्त : शरदराज गौतम
नेपालका क्रिकेट खेलाडीहरुले देखाएको साहस र सम्मोहन, दुबैले
मुलुक बौरिन रत्तिबेर मान्दैन भन्ने देखाएको छ ।
खेल मैदानबाट उठेको यो भरोसाले
नेपालमा मै भनाउँदाहरुको सात्तो गएको हुनुपर्दछ ।
मुलुकसित जहिल्यै एकथरि पढेलेखेका भरिया बुद्धिजीवीहरुको राँडो रवाई छ ।
ती जहिल्यै उधारो ज्ञानमा मुलुकसित क्यै नभएको आँशु झार्दछन् ।
तिनीहरु जहिल्यै क्यै नपुगेकोमा विद्यावारिधिको परिकल्पना कोरल्छन् ।
अर्थतन्त्रमा ग्राफहरु ओरालो झर्दो छ, सत्य हो ।
बैरोले सामाजिक अन्तर सम्बन्धमा पहिरो गएको छ, वास्तविकता हो ।
अस्तव्यस्ततालाई हामीले सांस्कृतिक आचरण बनायौं, त्यो देखिएको दैलो हो ।
आजको दिनमा, भ्रष्ट हाम्रो आचरण हो
तर, हामी हौंसियौ, तन्त्र फेर्न भनेर ।
गणतन्त्रले पद्धति र प्रकृया सिकाउन सकेन
हामी बागी कम बाइफाले ज्यादा हुन पुग्यौं ।
राजा चाहियो भन्नु स्वैरकल्पना हुन सक्छ
तर, त्यो जादु हुन सक्तैन ।
आधारभूत मानव अधिकार हाम्रो पहुँचमा छैन, सनसनी विषय बन्नु पर्दछ ।
तर, भरिया र ढाक्रे भएर स्थितिको एनजीओकरण गरिनु अपराध हो ।
मण्डलामा मौन प्रदर्शन गर्नेहरु भन्दा बढी राँको बोक्नेहरुको भीड देखिनु
शहरको सौन्दर्य बिगार्नेहरुको गिरोह मात्रै हुन ।
लेभी बुझाउनेहरुले सर्बोच्चको आँगन टेक्न छोडुन त ।
फोटो खिच्न नपाइने मात्रै गरुम त माइती मण्डलामा ।
पेट्रोल र डिजेलमात्रै राज्यकोषबाट बेहोर्न बन्द गरियोस् त
मित्र, यो मुलुकसित सङ्गलो खेलाडीहरु जत्ति छन ।
जसले कहिल्यै कसैसित क्यै खोजेनन् ।
यो मुलुकसित सङ्गलो गीत गाउनेहरु जत्ति छन
जसले कहिल्यै राज्य भनि हिंडेनन् ।
मूच्र्छना कति कति ।
यो मुलुकमा वकिलहरुको जस्तै बुद्धिजीवीहरुको काउसो फन्दा छ ।
जसलाई ती आफ्नो प्रतिभा प्रमाणित गर्ने हतियार बनाउँछन ।
धारे हातको फन्दा ।
धारे हात लाएर तलमाथि गरेपछि न्यायाधीश बुझ्दछन्
जरिवाना र साजायको आधा रकम पक्का भनेर ।
बुद्धिजीवीको हकमा भने त्यो दलको भागबण्डाको आधि अर्थ हुन्छ ।
नत्र कीर्तिपुरमा देखिएको स्वफूर्तको उत्साह
सबले बुझेको हुनु पर्दछ ।
त्यो सिर्कनो भएर राजधानीका सडकमा बौरियो भने
धेरैको धेरै थोक गुम्छ ।
मलाई त लाग्दछ,
एक दिवसीय विश्कप छनौटमा नेपालका क्रिकेटरहरुले देखाएको शान
र, त्यसमा बिउँझिएको जमातले धेरैलाई धेरै कुरा बुझाई दिएको हुनुपर्दछ ।
मुलुकमा को मालिक हुन गइरहेको छ ।
र, मुलुकलाई के चाहिएको छ ।
मुलुकमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि तैरिएर निस्किएको
सुन्दर बुख्याँचा अनुहारमा देखा परेको दम्भपूर्ण भुँइफुट्टे जमातले
आएदिन यता आफ्ना जायजेथाहरुको फेहरिस्त बनाएका छन
देशबाट बाहिरिनलाई ।
मुलुकमा आर्थिक मन्दी भएर पो त ।
नत्र तिनको साँठगाँठ हुण्डी बिचौलियासित बढी छ ।
एकपटक तिनीहरुसित मिलेर देश छोड्ने कम्युनिष्ट नेता चिन्नुस् त ।
होइन भने, काँग्रेस नेताहरुको सूची निकाल्नुस् ।
तपाईलाई अचम्म नलाग्ला ।
किन क्रिकेटको ‘क’ पनि ज्ञान नभएकाहरु
कीर्तिपुरको मैदानमा नेपालको नक्सा अनुहारमा पेन्ट गरि हिंडेका भनेर ।
न त तिनलाई डीएसएल थाहा थियो, न गुलसन झा नै सुनेका थिए ।
मुलुकमा भरोसा हुर्किएको छ, त्यो नै सबभन्दा बलियो आधार हो ।
नेपालमा रहनुलाई र नेपाली हुनुलाई ।
मेरो विचारमा,
क्रिकेटको यो जित झिल्को हो ।
नेपालमा बौरिन खोजेको आत्मविश्वासको ।

प्रतिकृया दिनुहोस