• शनिबार-फाल्गुण-१०-२०८१

लागूऔषधसहित नवलपरासीका तीन युवा पक्राउ


पोखरा । पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । 


पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जिपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् । 


जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त बोलेरो जीपबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 


पक्राउ परेका अभियुक्तहरुमा उक्त जिपका चालक नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा सवार नवलपरासीकै रामग्राम नगरपालिका वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय प्रेम सागर यादव रहेको प्रहरीले बताएको छ । 


उनीहरुको साथबाट अवैध लागूऔषध डाईजेपाम– दुईसय ६४ एम्पुल, बुर्फिननुर्फिन– दुईसय ६३ एम्पुल र फेनारगन– दुईसय ६५ एम्पुल गरी जम्मा साथ् सय ९२ एम्पुल लागू औषध, पांच थान मोबाइल पनि बरामद भएको प्रहरीले दाबी गरेको छ ।


उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 

 

 

 

प्रतिकृया दिनुहोस