• आइतबार-फाल्गुण-११-२०८१

मछिन्द्र बागमती गोल्डकपको फाइनलमा 

 

बागमती । मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  


शनिबार बागमती–४ स्थित शहीद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई ३–१ गोलले हराउँदै सावित विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।


मछिन्द्रको जितमा शिशिर लेकिले खेलको ४२औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३औं मिनेटमा गोल गरे । थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७औं मिनेटमा सुरुवाती अग्रता बनाएपनी खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच मछिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । चौथो संस्करणको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।


विजेता टोलीले उपाधिका लागि सोमबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश  गरिसकेको छ । अब मछिन्द्रले उपाधिका लागि सोमबार चर्च ब्वाइजसँग खेल्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरिसकेको छ ।

 

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस