• शनिबार-फाल्गुण-१०-२०८१

अल नासर पराजित

 

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराति सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

 

अल इत्तिफाकको जित मा जोर्जिनियो विजनाल्डमले २ गोल गरेका थिए भने एक गोल अल नासरका मोहमद अल फातिले आत्मघाती गोल गरेका थिए । त्यस्तै अल नासरका लागि आयम्यान याहया र मोहमद अल फातिले एक एक गोल गरेका थिए ।

 

यस खेलमा खेलको इन्जुरी समयमा अल नासरका जोन दुरानले रातो कार्ड पाएका थिए । यो यस सिजनमा अल नासरको तेस्रो हार हो । यो हारपछि अल नासरको २१ खेलमा ४४ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ । त्यस्तै अल इत्तिफाकको भने यो जितपछि २१ खेलमा २८ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ ।
 

 

प्रतिकृया दिनुहोस