प्रत्येक जनगणनामा नेपालीहरूको आयु बढ्दो छ । दीर्घायु हुनु मानिसका चारवटा सुख निरोगीता, धनसम्पत्ति, शीलवती पत्नी र आज्ञाकारी सन्तान मध्येको पहिलो सुख मानिन्छ । बालकहरूको संख्याको तुलनामा पाका पुस्ताको संख्यामा दीर्घकालसम्म बृद्धि हुन्छ भने त्यसलाई जनसंख्याको वृद्धत्व भनिन्छ ।
अर्को शब्दमा कुनै देशको जनसंख्या पिरामिडको तल्लो भागको तुलनामा पाकापुस्ताको संख्यामा दीर्घकालसम्म वृद्धि हुन्छ भने त्यसालाई जनसंख्या वृद्धत्व भनिन्छ । युवा विदेशिने क्रम रोकिए अहिलेको अवस्था उत्तम अवसरका रुपमा परिभाषित हुने थियो । सीप र ज्ञानले खारिएको ज्येष्ठ नागरिकको मार्गदर्शनमा युवा पिंढीले देश विकासमा जुटे नेपाल चाँडै समुन्नत हुने सम्भावनालाई नकार्न सकिन्न ।
नेपालमा आर्थिक रुपमा सक्रिय मानिने श्रमशक्तिको ठूलो हिस्सा अहिले वैदेशिक रोजगारीमा छ । उनीहरुबाट नेपालले रेमिट्यान्स प्राप्त गरिरहेको छ । तर, रेमिट्यान्सबाट प्राप्त ठूलो रकम उपभोगमा प्रयोग भइरहेको छ । यसले नेपालको भविष्यलाई भने सुखदः सन्देश नदिने पनि प्रस्ट छ ।
बढ्दो बसाइसराइँ, विदेश पलायन, परिवर्तित प्रजनन् दर, मृत्युदर र औसत आयु हेर्दा हाम्रो देशको तरूण अवस्था अब धेरै समय टिक्ने देखिँदैन । अब लगभग सात वर्षपछि (सन् २०२८ मा) हामी ‘बुढ्यौलो’ समाज बन्दैछौं । त्यसपछि कुल जनसंख्याको ७ प्रतिशत ६५ वर्षभन्दा बढी उमेरका हुनेछन् । झट्ट हेर्दा यो थोरै देखिन्छ । जाबो ७ प्रतिशत बुढ्यौलो त के बुढ्यौलो भन्ने लाग्न सक्छ । तर यसलाई वर्गीकरण गर्ने हो भने १८ वर्षभन्दा मुनिकाले कामै गर्दैनन् ।
यसको मतलब, १८ देखि ६५ वर्षबीचको जनसंख्या मात्र अर्थतन्त्रमा सक्रिय हुने हो, जुन निरन्तर घट्दै जानेछ । सन् २०५० पछि हामी ‘बुढो’ समाजमा रूपान्तरण हुनेछौं । अर्थात् कुल जनसंख्याको १४ प्रतिशत ६५ वर्षभन्दा बढी उमेरका हुनेछन् ।
यसबीच महिलाहरूले कम उमेरमै बच्चा नपाउने गरी ढिला विवाह गर्ने गरे थोरबहुत यो जनसांख्यिक झ्याल तन्किन सक्छ । मुलुकमा सामाजिक रुपान्तरणको सुरुवात जयस्थिति मल्लका पालादेखि सुरु भएको पाइन्छ । यसैगरि, राणाकालमा चन्द्रशम्शेरको पालामा दास मोचन, सतिप्रथाको अन्त्य, त्रिचन्द्र कलेजको स्थापना जस्ता केही सामाजिक सुधारका काम भएका थिए ।
हुन त राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापना पछि स्वतन्त्र र सार्वभौम नागरिकका रुपमा नेपालीहरु स्थापित भए तथापि अपेक्षित् विकाश र समाजिक रुपान्तरण हुन सकेन । विगतको करिब आठ दशकमा किपट उन्मूलन, राजा रजौटा उन्मूलन, छुवाछुत उन्मूलन(?), भूमिसुधार, महिला अधिकार, राज्य संरचनामा समानुपातिक प्रतिनिधित्व आदि सुधारका प्रयास भएका छन् ।
दार्शनिक हेगल भन्छन्, ‘इतिहास मानिसद्वारा निर्माण हुन्छ र मानव सिर्जित संकटहरुको व्यवस्थापन राज्यको सार्वभौम अधिकारको प्रयोगद्वारा संभव हुन्छ ।’ त्यसैले राज्य र यसका अवयवद्वारा सर्वसाधारण जनताको जीवन सञ्चालनको लय तय हुन्छ । देशमा प्रकट हुने संकट वा समृध्दि राज्य सञ्चालनको कुर्सीमा बस्ने शासकहरुको क्रियाकलापको उपज हो भन्नुमा अत्युक्ति नहोला ।
यी विचारहरुबाट प्रेरित भएर कार्लमाक्र्सले राज्यको सार्वभौम शक्तिलाई अधिकतम उचाइमा राख्नु पर्नेमा जोड दिए । कम्युनिष्ट म्यानिफेष्टो सन् १८४८ मा कार्लमाक्र्सले उल्लेख गरे, ‘इतिहास भगवानद्वारा सिर्जित नभई समाजका गरिब र धनीका बीचको संघर्षबाट निर्धारण हुन्छ ।
वर्ग संघर्ष र सांस्कृतिक विघटनको लाभ ऊठाई समाजको रुपान्तरण गरी आफ्नो उद्देश्य अनुरुप सामाजिक राजनैतिक संरचनाको निर्माण गर्नु पर्छ ।’ कार्लमाक्र्स र उनका अनुयायीहरुको मतमा औसत मानिस मूलतः निष्क्रिय हुन्छ । यी निस्क्रिय मानिसहरुको समूहलाई बाहिरी उत्तेजनाहरुको माध्यमबाट अनुकूलन वा नियन्त्रण गर्न सकिन्छ ।
साथै उनीहरुमा विचार र विश्वास प्रत्यारोपण गर्न सकिन्छ । यस प्रयोजनका लागि राज्य शासन प्रणालीप्रति बफादारी, कठोर अनुशासन र दण्ड आधारभूत मापदण्ड मानिएको छ ।
शिक्षा÷प्रशिक्षणमा पहुँचः हिंसा वा दुव्र्यवहारबाट पीडित महिला र बालबालिकाहरूलाई किन्डरगार्टन, विद्यालय र विश्वविद्यालय शिक्षाका साथै विभिन्न सीप तालिम र सशक्तिकरण कार्यक्रमहरूमा पहुँच प्रदान गर्न ।
आत्मनिर्भर व्यवसायको लाभ उठाउनः लघु ऋणमा पहुँच बढाउन र महिलाहरूको लागि स्थानीय व्यवसाय र बचत योजनाहरू प्रवद्र्धन गर्न ।
समान अधिकार :
कानून, नियम र नियमहरूमा लैङ्गिक पूर्वाग्रह उन्मूलन गर्न र सरकार र निर्णय प्रक्रियाका सबै तहहरूमा महिलाहरूको समान सहभागिताको लागि लबिङ गर्न ।
मानिसहरूले आफ्नो सम्पूर्ण पारिवारिक एकाइको सुधारको लागि आफ्नै आकांक्षाहरू गुमाउनु सामान्य कुरा हो । उदाहरणका लागि, एक व्यक्तिले धेरै कठिन परिस्थितिहरूमा काम गर्न सक्छ जबकि अरूलाई रेमिट्यान्स फिर्ता पठाउँछ । ग्रामीण क्षेत्रहरूमा र उच्च उचाइहरूमा, मानिसहरू बाँच्नको लागि आफ्नो समुदायमा निर्भर हुन्छन्, र आधारभूत सम्पत्तिहरू सामुदायिक रूपमा बाँडफाँड गरिन्छ ।
गाउँका अग्रजहरू प्रायः यी समुदायका अख्तियारवाला व्यक्तित्व हुन् । शहरी, शिक्षित र अन्तर्राष्ट्रिय रूपमा उजागर भएकाहरू उनीहरूको दृष्टिकोणमा बढी व्यक्तिवादी हुन सक्छन् । तर, नेपालको अविकसित अवस्थालाई हेर्दा आर्थिक स्वाधीनता हासिल गर्न अझै कठिन छ । विश्वमा आज धेरै परिवर्तन भए । समाजका प्रत्येक क्रियाकलापमा महिला अग्रसर छन् र सफलता पनि हासिल गरेका छन् तर पनि लैंगिक भेदभाव भने अझ पनि जीवितै छ । (समाप्त) (साँघु साप्ताहिक, २०८१ माघ २१)
प्रतिकृया दिनुहोस