त्रिभुवन विमानस्थल बन्दको असर हवाई भाडा वृद्वि : पाँच बुँदे सहमति बन्यो देखाउने दाँत !
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि ०८१ कात्तिक २३ गतेदेखि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम सुरु गरेको छ । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन र विमानस्थलको पूर्व तर्फको ह्याङ्गर एप्रोनलगायत’ कार्य बिस्तार गरिरहेको छ ।
पहिलो चरणमा विमानस्थलको धावनमार्गसँगै समानान्तर हुनेगरी ‘ट्याक्सी वे’ निर्माण कार्य अगाडि बढाइएको प्राधिकरणस्रोतले जानकारी दिएको छ । यी कार्य सम्पन्न भएपछि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि, एयर ट्राफिक व्यवस्थापनमा सजह हुने प्राधिकरणकोस्रोतको भनाई रहेको छ ।
प्राधिकरणले विमानस्थल स्तरोन्नतिका लागि बेलुकी १० देखि बिहान ८ बजेसम्मका दैनिक १० घण्टाका लागि सम्पूर्ण उडान कटौती गरेर टयाक्सी वे निर्माण कार्य गरिरहेको छ । जसका कारण विमानस्थल हाल दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदै आएको छ । यसअघि त्रिभुवन विमानस्थल बिहान ६ बजे देखि राति २ बजेसम्म दैनिक २० घण्टा सञ्चालन हुँदै आएको थियो । तर, गएको कार्तिक २३ गतेबाट १० घण्टा विमानस्थल बन्द गरेर मर्मत कार्य सुरु गरिएको छ । टयाक्सी वे मर्मत कार्य करिब ४ अर्बको लागतमा सम्पन्न हुने स्रोतले जनाएको छ ।
उत्तरतर्फको इन्टरनेशनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्याङ्गर एप्रोनलगायत बिस्तारका लागि भने करिव ११ अर्ब बजेट व्यवस्था गरिएको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माण, मर्मत कार्यहरु र योजनाहरु आफ्नै कार्यकालमा सम्पन्न गरेर बिदा हुने सुरसारमा गरिरहेका छन । प्राधिकरणले आर्जन गरेको वार्षिक आम्दानी सरकारी खातामा जम्मा नगरी बैंकमा राखेर व्याज असुल्दै आएको थियो । उक्त रकमबाट नै महानिर्देशक अधिकारीले माथि उल्लेखित कार्यहरु गर्ने योजना बनाएको जानकारस्रोतले दाबी गरेको छ ।
समय कम गर्न सकिने अनुमान
विमानस्थल मर्मतको काम १० घण्टा बन्द नगरी दैनिक ६ देखि ८ घण्टा गरेर निर्माण कार्य गर्न सकिने स्रोतको भनाई रहेको छ । विगतमा रनवे मर्मत गर्दा पनि दैनिक राति ६ घण्टा बन्द गरिएको थियो । अहिले पनि त्यसरी नै काम गर्न सकिने भएपनि प्राधिकरण नेतृत्वले त्यसो नगरेकोमा आलोचना हुँदै आएको छ । तर, यतिखेर १० घण्टा किन बन्द गरियो भन्ने प्रश्न प्राधिकरणतर्फ सोझिएको छ ।
अर्को कुरा, मजदुरले दैनिक ८ घण्टा काम गर्नेछन् । अन्तर्राष्ट्रिय श्रम संगठनको नियम पनि यही हो । रातीको काममा पनि ८ घण्टा मात्र मजदुरलाई काममा लगाउन सकिने उल्लेख छ । विमानस्थल १० घण्टा बन्द गरेपनि मजदुरले काम गर्ने समय भनेको ६–७ घण्टा मात्र रहेको बताइन्छ । स्रोत भन्छ ‘त्यसभन्दा बढी समय मर्मत र निर्माणको काम पनि हुन सक्दैन ।’ विगतको अनुभव पनि यही रहेको प्राधिकरण स्रोतले बताएको छ । अर्काेतिर, जाडो समयमा काम तिव्रगतिमा गर्न सकिँदैन । जाडो समयमा ढलान पनि ढिलो जम्छ । प्राविधिक रूपले पनि निर्माणको काम चिसो समयमा गर्नु उत्तम नहुने जानकारस्रोतको भनाई रहेको छ ।
तर, प्राधिकरण नेतृत्वले मर्मत र निर्माणको काम किन जाडो समय रोज्यो ? भन्ने प्रश्न पनि उठिरहेको छ । गर्मी याममा काम गर्न नसकिने, त्यसबखत मनसुनका कारण पानी पर्ने भएकोले पनि यही समय उपयुक्त हुने प्राधिकरणको ठम्मयाई रहेको छ । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई वर्तमान समय उपयुक्त र विकल्प भएको प्राधिकरणस्रोतले दावी गरेको छ । प्राधिकरणले यस्तो तर्क गरेपनि नेतृत्वले आवश्यकता भन्दा दुई घण्टा बढी विमानस्थल बन्द गराउँदा चालु आर्थिक वर्षको आम्दानीमा करिब दुई अर्ब रूपैयाँ नोक्सान हुने बताइएको छ ।
नेपालको खस्कँदो अर्थतन्त्रमा राम्रो टेवा दिँदै आएको पर्यटन व्यवसायलाईसमेत बिमानस्थल निर्माण कार्यले सिधा असर पार्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई यात्रुलाई आर्थिक भार र उडानमा समस्या हुनेगरी विमानस्थल बन्द गराएर आफ्नो निहित स्वार्थ पूरा गर्न प्राधिकरणको नेतृत्व अग्रसर भएकोे आरोप पनि पर्यटन व्यवसायीहरुले लगाएका छन । निजी क्षेत्र, व्यवसायीसँग बिना सरसल्लाह प्राधिकरणले पर्यटन आउने सिजनमा निर्माण कार्य गरेर व्यवसायलाई धराप पार्ने काम गरेको भन्दै उनीहरु असन्तुष्ट हुन पुगेका छन् ।
पाँच बुँदे सहमति देखाउने दाँत !
हवाई भाडा नियन्त्रणका लागि प्राधिकरणले कार्तिक २४ गते सरोकारवाला पक्ष, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको छलफल गरेको थियो । उक्त छलफबाट तोकिएबमोजिमको भाडा दर कायम गर्ने र टिबिए खारेज गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । तरपनि अझै उक्त सहमति अक्षरस लागू हुन सकिरहेको छैन । विदेशी वायुसेवा कम्पनीहरूले दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द भएको बाहानामा हवाई भाडा बढाएका थिए ।
अहिले पनि बिमान कम्पनीहरुले दोब्वर भाडा असुल्दै आएका छन । निजी हवाइ कम्पनी, ट्राभल एजेन्सी, प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका प्रतिनिधिसँग भएको सहमतिअनुसार एयरलाइन्स कम्पनीहरुले भाडा असुली रहेका छन । ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको थियो । यो सहमति पनि कार्यान्वयन हुन सकेको पाइदैन । एयरलाइन्स कम्पनीहरुले हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी भाडादर कायम गर्ने सहमति गरेका थिए ।
सहमति अनुसरा हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने निर्णय भएको थियो । हवाइ भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुनेसमेत सहमति भएको थियो । हवाई भाडासम्बन्धी गुनासो सुन्ने व्यक्तिको रुपमा प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई तोकिएको थियो । छलफलमा प्राधिकरणकातर्फबाट महानिर्देशक अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित बिभागिय मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरु सहभागी रहेका थिए ।
यति उच्च प्रतिनिधि उपस्थित भएर छलफल गरी निर्णय गरिएको पाँच बुँदे सहमति अझै वायुसेवा कम्पनी, ट्राभल्स एजेन्सीहरूले कार्यान्वयन नगर्नु र प्राधिकरणले यस विषयमा कडा अनुगमन र नियमन नगर्नु रहस्यको विषय भएको स्रोतको दावी छ । जसका कारण खासगरी खाडी मुलुकका हवाई यात्रुहरू बढी मर्कामा परेको गुनासो बाहिर आएको छ । दैनिक ८ घण्टा मात्र विमानस्थल बन्द गराएको भए बचेको दुई घण्टामा अन्तर्राष्ट्रिय विमान कम्पनीका २५ उडान र आन्तरिक विमान कम्पनीका १०–१५ वटा उडान बढाउन सकिन्थ्यो । जसका कारण यात्रुको चाप कम हुने र भाडा दर पनि यथावत रहनसक्ने अडकलबाजी भइरहेको छ ।
प्राधिकरणको किन गएन ध्यान ?
माथि उल्लेखित बिषयमा प्राधिकरणको नेतृत्वले ध्यान दिन सकेको भए विदेशी पर्यटक आगमनमा पनि ठुलो असर पार्ने थिएन । निर्माण र मर्मतको काम पनि दैनिक निरन्तर ८ घण्टा मात्र गर्दा ठूलो असर नपर्ने स्रोत बताउँछ । यो वास्तविकता र तथ्यतिर प्राधिकरणको नेतृत्वको ध्यान जान नसकेको जानकारस्रोतको भनाई रहेको छ । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने र ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने दाबी गरिएको छ ।
प्राधिकरणको यो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती भएको छ । त्रिभुवन विमानस्थलमा चाँडै काम सम्पन्न गरेर अर्को सेडयुलमा काठमाडौं विमानस्थलमा भइरहेको फ्लाइट नघट्ने गरी अर्को प्याकेजमा काम गर्न सकिने सुझाव प्राप्त भएपनि बेवास्ता गरिएको स्रोतले दाबी गरेको छ । यो विषयमा आन्तरिक विमान कम्पनीहरूको पूर्ण समर्थन रहेको थियो । अहिले जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि मिानस्थलसँग समानान्तर ट्याक्सी वे नभएका कारणले रनवे नै प्रयोग गरेर एप्रोनसम्म विमान पुर्याउनुपर्ने बाध्यता रहेको बताइएको छ ।
जसले गर्दा रनवेमा जहाजले बढी समय लिन्छ । ट्याक्सी वे निर्माणपछि जहाज चाँडै नै निकालेर एप्रोनमा ल्याउने प्राधिकरणको योजना रहेको बताइन्छ । त्यसपछि भने रनवेको अकुपेन्सी टाइम स्वत घट्ने स्रोतको भनाई छ । जसले गदौ मानस्थल धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने प्राधिकरणको अनुमान रहेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस