त्रिविमा फेरि पनि राजनीतिक विकृति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका डीन तथा क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक समस्या बढेको छ । विश्वविद्यालयले डीन, सहायक डीन, परीक्षा नियन्त्रक, सहनियन्त्रकदेखि क्याम्पस प्रमुखसम्म खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुसार कार्यविधि तयार गरी खुला प्रतिस्पर्धाका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनका आधारमा २०८१ असोजमै सर्टलिष्ट पनि गरिसकेको थियो । विश्वविद्यालयले तयार गरेको कार्यविधिकै आधारमा अन्तिम तीन जनाको सूची पनि तयार भइसकेको छ । तर, विश्वविद्यालयको कार्यकारी परिषद्ले भने उक्त निर्णय लिन सकेको छैन । कार्यकारी परिषद्ले एक महिनाभन्दा बढी समयदेखि ती नामहरुलाई थन्काएको छ ।
कार्यकारी परिषद्ले ती नामहरु थन्काउनुको कारण चाहिँ राजनीतिक दलहरुले भाग खोज्नु रहेको विश्वविद्यलायमा चर्चा भइरहेको छ । त्रिविका उपकुलपति केशरजंग बराल, रेक्टर खडग केसी र रजिस्टार केदार रिजालवीच पनि कुरा नमिलेको बताइएको छ ।
पछिल्ला दिनमा केसी र रिजालले आफ्नो पार्टीको निकटता हेर्न थालेका कारणले पनि समस्या आएको बताइएको छ । दलहरुले खोजेको डीनको प्रमुखका आधारमा पदाधिकारीहरुवीचमा पनि कुरा आउन थालेपछि समस्या आएको र त्यही अडान देखिन थालेपछि नियुक्ति हुन नसकेको बताइएको छ । विश्वविद्यालयका प्रभावशाली र ठूला भनिएका डीन कार्यालयमा एमाले र कांग्रेसले भाग खोजिरहेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, मानविकी तथा सामाजिक अध्ययन संस्थान, व्यवस्थापन संकायलगायतमा कांग्रेस र एमालेका वीचमा समस्या आइरहेको छ । उनीहरुवीच ती संकायको डीन छोड्न मुड देखिएको छैन । त्यसमा माओवादीको पनि दाबी हुन थालेपछि नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन । यद्यपि, कार्यकारी परिषद्मा खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनाको नामसहितको फाइल भने पुगिसकेको छ ।
त्यसैले, ती तीन जनाबाटै नाम छनौट गर्नुपर्ने बाध्यता रहेको छ । दलीय नियुक्तिको चाहनाका समस्या आएकोले त्रिविले ती ८ वटा डीन र १८ वटा क्याम्पस प्रमुख कसरी नियुक्त गर्छ भन्ने निकै चासोका साथ हेरिएको छ । पछिल्ला दिनमा निकै पारदर्शी तरिकाले आएको भनिएका पदाधिकारीले नै राजनीति दलको दबाबमा नियुक्तिमा हेरफेर गर्न थाले भने विश्वविद्यालय कसरी सुधार हुन्छ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस