ट्रम्पको आगमनपछि समाजवाद भर्सेज पुँजीवाद ?
सन् १९८९ मा तत्कालीन सोभियत संघको विघटन भएपछि विश्व एकधु्रवीय पुँजीवादी प्रणालीमा गयो । यद्यपि पुँजीवादी विश्व व्यवस्थामा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, आर्थिक तथा अन्य मानवीय समस्या एवम् विश्वव्यापी सङ्कटहरू देखिएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय पश्चात विभिन्न आशा र आशङ्का थपिएको देखिन्छ ।
पुँजीवादी चित्र र चरित्र
पुँजीवादी विश्व व्यवस्थाले धन कमाउने र पैसा बटुल्ने बाहेक केही नसोच्ने भएकोले जसरी पनि वस्तु तथा सेवाको विस्तार गरी व्यक्ति, संस्था र समूहहरू धनी हुने दौडमा लाग्दा सामाजिक समानता, न्याय, आय र पुँजीको समानुपातिक वितरण र व्यवस्था, समान अवसर तथा अधिकार, पछिपारिेका र परेका मानिसको हित र स्वार्थको रक्षा तथा सुरक्षा जस्ता आधारभूत मानवीय पक्षमा ध्यान दिन नसक्दा विश्वव्यापी असंतुष्टी र सङ्कट थपिएका हुन् । जसको कारण विश्वमा अनेकौं प्रकारका सामाजिक, राजनीतिक, साँस्कृतिक, आर्थिक समस्या र द्वन्द्वहरू भइआएका छन् । गम्भीर प्रकृतिका मानवीय संकट र समस्यामा पनि त्यसबाट पैसा र धन कमाउने मौकाको रूपमा हेरियो ।
विश्वव्यापी व्यापारिक सञ्जाल बनाएर बसेका कर्पाेरेशन र व्यापारिक कम्पनीहरूले ‘जुकाले मानिसको रगत चुसे जसरी’ मानिसका आर्थिक स्रोत लुटेका छन् । विश्वमा आएका विभिन्न संकटमा आफ्नो व्यापारिक भविश्य देख्ने परिपाठी र सोच विकास बढी भएको छ । यो पुँजीवादी विश्व र बजारीकरणको मूल चित्र र चरित्र रहेको देखिन्छ । विगतमा विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) मा समेत ठूला औषधी उत्पादक, खाद्य उत्पादन, साबुन र अन्य औषधि उत्पादक लगायतका विभिन्न प्रकारका कम्पनीहरूले थप लुट्ने अवसरको रूपमा प्रयोग गरे । पुँजीवादी विश्व व्यवस्था र प्रणालीले आम हित र मानिसको भलाई सोच्न सक्दैन ।
आफू, आफ्नो जाति, आफ्नो समूह, आफ्नो क्षेत्र, आफ्नो मुलुक, आफ्नो भूगोल तथा आफ्नो व्यापारिक कम्पनीले कसरी बढी मुनाफा कमाउन सक्दछ र सक्ने स्थिति हुन्छ त्यो मात्र हेरियो । यसर्थ विश्वमा सामाजिक र मानवीय समस्या आइरहेका हुन् । अहिले विश्वमा खासगरी रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन युद्ध आदि पुँजीवादी स्वार्थको टक्कर रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई आर्थिक र भौतिक सहयोग नगर्ने घोषणा गरेकोले विश्व व्यवस्थामा केही परिवर्तनको अपेक्षा गर्न सकिन्छ ।
पश्चिमा पुँजीवाद
अमेरिका विश्व पुँजीवादको केन्द्रमा रहेको छ । तिनीहरूले विकास गरेको राजनीतिक दर्शन, मान्यता, विचार, धारणा, विधि, तरिका, व्यवहार, प्रणाली, मूल्य तथा व्यवस्थाको समूहगत र समुच्च नाम र पदावली नै पश्चिमी पुँजीवादी प्रणाली र विश्वव्यवस्था हो । जसमा व्यक्तिगत स्वतन्त्रता र अधिकारको नारा र मान्यतामा व्यक्ति, समूह, कम्पनी वा जुनसुकै प्रकारको व्यक्तिले आफ्नो हितको लागि उनीहरूले व्याख्या गरे बमोजिमको कार्य गरी आफू धनि बन्ने वा लाभ पाउने वा आफ्ना निजी हितको सुरक्षा र रक्षा गरी अघि बढ्ने पूर्ण स्वतन्त्रता हुन्छ भनिएको छ । यस्तो पुँजीवादी विश्व व्यवस्था र राजनीतिक, आर्थिक तथा साँस्कृतिक प्रणालीका कारण विश्वमा केही सय मानिसको सम्पत्ति विश्वका सात अरब जनताको बराबर भन्दा पनि बढी भएको देखिन्छ । अमेरिकी पुँजीपति इलन मक्सको व्यापार र सम्पत्तिको हिसाब किताब गर्न सकिन्न । उनले ट्रम्पलाई हालैको निर्वाचनमा अरबौँ डलर खुलेआम सहयोग गरे ।
यसरी त्यस्ता पुँजीवादी र उद्योगी वा व्यवसायी कम्पनीको हातमा विश्वको भूराजनीति र अर्थराजनीतिको सम्पूर्ण सम्यन्त्रको साँचो र चावी रहेको प्रस्ट हुन्छ । अर्थात त्यस्ता पुँजीवादी कम्पनीले चाहेको शासन, प्रणाली वा व्यवस्था मात्र विश्वमा टिक्ने स्थिति बन्दैछ । चीनमा समेत पश्चिमा पुँजीपतिहरूको ठूलो व्यापार छ । यही कारणले मात्र उनीहरू त्यहाँको समाजवादी प्रणालीलाई चुपचाप सहेर बसेका छन् वा स्वीकारेका छन् । पुँजीवादी प्रणाली र विश्व व्यवस्थाले व्यापार र आफ्नो नाफा सिवाह केही हेर्न र सोच्न सक्दैन र सकेन । उनीहरूले मानवीय संवेदनशीलता नै गुमाई सकेका छन् । जहाँ सुकै र जस्तो सुकै ठूला मानवीय संकट र समस्या हुन् वा भइरहुन कुनै मतलवको विषय भएन । त्यहाँ व्यापार, वजार र नाफा छ भने केही थोरै संवेदना देखाउने नत्र पूरै वेवास्ता गरीदिने पुँजीवादी सोच, चित्र र चरित्र देखिएको छ ।
समाजवाद भर्सेज पुँजीवाद
विश्वव्यवस्थामा आएको परिवर्तन र एकल धु्रवीय विश्व व्यवस्थाका कारण पश्चिमा विचारधारा, मान्यता, विचार, मूल्य, व्यवस्था, प्रणाली आदिको बोलवाला रहेको छ । जुनसुकै पेशा र व्यवसाय गरेपनि आफू धनि हुने मात्र सोच्ने तरिकाको विकास र विस्तारले व्यापकता पाएको कारण समाजवादी विचारधारामाथि तीव्र प्रहार भएको देखिन्छ । सार्वजनिक हित तथा मानवीय मूल्य भन्ने कुरा हराएको छ । सन् १९८९ मा सोभियत संघ ढलेसँगै समाजवादी विचारधारामा संकट आएपनि तीन, क्युवा, भेतनाम लगायतका मुलुकमा सवाजवादी प्रणालीले सफलतापूर्वक शासन सत्ता सञ्चालन गर्दैछ । दुःखको कुरा पुँजीवादी विश्वव्यवस्थाको कारण विश्व बजारमा ‘मानिस विक्रीको साधन’ भएका छन् । दास प्रथा र कमारा–कमारी प्रथा र व्यवस्थालाई विश्वव्यापी रूपमा गैरकानुनी भनिएको भएपनि कम्पनी तथा उद्योगहरूमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठेकेदार र दलाल कम्पनीहरू मार्फत श्रमिक तथा नोकरहरू बिक्री गर्ने गरिएका छन् । वैदेशिक वा आन्तरिक रोजगारीको नाममा यसरी मानवीय र श्रमशक्तिलाई ठेक्का र दलाली प्रथाबाट सञ्चालित गर्ने तरिकाले मानिसहरू ‘वँधुवा मजदुर’ जस्ता भएका छन् ।
ज्याला, सुविधा, सेवा, सामाजिक सुरक्षा, सहुलियत, पेन्सन, सुरक्षा जस्ता कुरा अब किताबमा मात्र पाइने कुुरा जस्तो बनाइएका छन् । निश्चित करार र ठेकेदारी वा दलाली वा बिचमा बसी श्रम उपलब्ध गराउने ‘एजेन्ट’ मार्फत नै सबै काम हुने भएकोले सिधै मालिक वा उद्योगी वा पुँजीपतिसँग श्रमिकले केही पनि माग्न वा भन्न वा मोलमोलाई गर्न नसक्ने विधि र तरिका अपनाइएको छ । यो तरिकाले गर्दा विश्व बजारमा श्रमिक र सामान्य मानिसको दैनिकी थप कष्टकर बन्दै गएका छन् । सरकार र राज्यले कुनै पनि क्षेत्र र सेवामा प्रत्यक्ष लगानी र व्यवस्थापन नगर्ने र आम नागरिक तथा श्रमिकसँग सम्पर्क नै नगर्ने विश्व पुँजीवादी प्रणालीका कारण मानिस र श्रमिकहरू टुकुचामा जोखेर खसि–बोका बिक्री गरे जस्तो गरी बिक्री भइरहेका छन् । यस्तो प्रणालीको कारण हाम्रो राजनीतिक प्रणाली, संवैधानिक प्रबन्ध, राजनीतिक र सामाजिक विचारधारा, समाजवाद उन्मूख संविधान, श्रमिक र मजदुर केन्द्रीत राजनीति जस्ता अवधारणा र मान्यता पुँजीवादी विश्वव्यवस्था र प्रणालीको छायाँमा परेका छन् ।
यस्तो स्थितिमा समाजवादी प्रणाली, सामाजिक न्याय, समानता, उत्पादनमा सामुहिकता, योजना र आय वितरणमा प्रत्येक नागरिकको भूमिका र सहभागिता जस्ता समाजवादी अर्थतन्त्र र अर्थव्यवस्थाका मूल्य र मान्यताहरू क्रमशः कमजोर बनाइएका छन् र बनाईँदैछन्् । नागरिक हित तथा जनताको लागि गरिने राजनीति र दर्शनमाथि नै यस्तो खाले विश्व व्यवस्था तथा प्रणालीका कारण गम्भीर सवाल खडा भएका हुन् । उता अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दुवै संसदमा समेत सुविधाजनक बहुमत पु¥याएका ट्रम्पले लिने विदेश नीतिले धेरै कुरा निर्भर हुने देखिन्छ । पुँजीवादी विश्वव्यवस्थाले थोपरेका अनेकौँ समस्याका कारण मानवीय संकट गहिरो बन्दैछ । कम्तिमा अहिले विश्वमा अमेरिका र पुँजीवादी पश्चिमा शक्तिले थोपरेका अमानवीय युद्ध, आक्रमण र सशस्त्र युद्ध रोकिने हो भने केही आशा गर्न सकिने अवस्था बन्न सक्दछ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस