‘पोलिटिकल्ली सेन्सलेस’हरू ‘पोलिटिसियन’ !
राजनीतिक दर्शन, सिद्धान्त र मूल्य तथा समाज विज्ञानको कुनै ज्ञान नभएका ‘पोलिटिकल्ली सेन्सलेस’हरू तथा ‘मोरललेस’हरू ‘पोलिटिसियन’ बन्न खोज्दा नेपालमा अराजकता बढ्दैछ । अपराधकर्म गरेर आफ्नो कर्तुत लुकाउन खोलिने त्यस्ता ‘पोलिटिकल पाटी’ले गणतन्त्र बद्नाम हुन्छ । अपराधी र आरोपितले उल्टै सडकमा ‘प्रतिरोध’को नाममा गतिविधि गर्नु विधिको शासनको मान्यताविरूद्ध ‘भद्दा मजाक’ मात्र हो ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै आएका अराजक तथा प्रतिगामी व्यक्ति र प्रवृत्तिहरूको अराजकता अति हुँदैछ । यसर्थ प्रतिगामी प्रदुषण र अराजकता विरूद्ध सत्तारुढ दल र उसका भातृ संगठनहरू समेत सडकमा निरन्तर निस्कनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । ‘उम्रिँदै विष’ भने जस्तो गाली, आरोप–प्रत्यारोप र अराजकतालाई मात्र राजनीतिमा आउने आधार मान्ने सङ्कुचित सोचका ‘पोलिटिकल्ली सेन्सलेस’ प्रवृत्तिका केही मान्छेहरूको कारण लोकतान्त्रिक–गणतान्त्रिक संस्कृति धुजाधुजा बन्दै गएको अवस्था छ । राजनीतिमा नीति, दृष्टिकोण, कार्यक्रम र प्रष्ट विचारलाई प्रमुख मान्नुपर्नेमा अनैतिक, गैरकानूनी आरोप र अराजक भिडलाई पनि शक्ति ठानिने गल्ली गरियो । नीति, विचार, कार्यक्रम र उद्देश्य अनुकूल तथा अन्तर्रगत संगठन हो र हुनुपर्दछ भन्ने मान्यता विपरीत अराजकता बढी ‘बिक्न’ थाल्यो ।
राजनीतिमा नीति, दर्शन, विचार र मूल्य रेलको त्यस्तो लिक हो, जसबाट रेल गन्तव्यमा पुगे जस्तै राजनीतिक संगठन पनि आफ्नो लक्ष्यतर्फ अघि बढ्न सक्नु पर्दछ । नीति, योजना, कार्यक्रम, दर्शन, सिद्धान्त तथा उद्देश्य कमजोर भयो भने संगठन जङ्गलमा हराएको यात्रु समान बन्न पुग्छ । नीति, विचार र सिद्धान्तले संगठन र व्यक्तिलाई एउटा निश्चित गन्तव्यको यात्रा तय गर्न सहज बाटो दिन्छ । हामीले कस्तो विचार र नीति बोकेका छौँ र व्यवहारहरू गर्दछौँ भन्ने कुराले अन्य व्यक्ति र समाजलाई प्रभाव पर्ने र नपर्ने हुन्छ ।
सिद्धान्तहीन झुन्ड घातक
नीति र सिद्धान्त मानिसको विश्व र समाजलाई हेर्ने विश्व दृष्टिकोण पनि हो । मानव र सामाजिक दर्शन पनि हो । उसले मानव समाज र नेपाली नागरिकहरूलाई कसरी हेर्दछ भन्ने कुरा उसको नीति र दर्शनको उपज हो । नेपाली राजनीति र खासमा वामपन्थी राजनीतिमा नीति, विचार र सिद्धान्तको खुबै चर्चा गर्ने गरिएको छ । कतिपय सन्दर्भमा कुनै पनि नीति र विचार नभएको ‘विचार’लाई नै ‘नीति’ भन्ने पनि गरिएको छ । मानव समाज र नेपालीहरूप्रतिको नेताको बुझाई, सोच र व्यवहारको कारण मानिसहरू संगठनप्रति आकर्षित हुने वा नहुने पनि हुन्छ । राजनीतिक नेतृत्वमा रहेका व्यक्तिको समाजप्रतिको दृष्टिकोण, विचार, मूल्य र मान्यतालाई मानिसहरूले हेरिरहेका हुन्छन् । मजदुर, किसान, गरिब, आम नागरिक तथा सर्वसाधरणप्रतिको नेता र विचारकको दृष्टिकोणको प्रभाव संगठनमा पर्दछ । यसर्थ राजनीतिक संगठन र नेतृत्वमा रहेका मानिसको आफ्नो दृष्टिकोण प्रस्तुत गर्दा बढो होसियारी अपनाउनै पर्ने हुन्छ ।
अर्काे पक्ष वा विपक्षीलाई गाली गर्ने, खुइल्याउने वा आरोप लगाउने नाममा आफ्नो आधार, धरातल र जनपक्षधरता भुल्न पुगियो भने त्यो हानिकारक बन्न पुग्दछ । “उफ्रि उफ्रि नाकको डाँडी भाच्ने” नीति बोकेर आफूलाई परिवर्तनको नारा दिने नयाँ भनिएका राजनीतिक समूहले अराजक गालीको सहाराबाट मात्र अघि बढ्न खोज्नु असल संस्कृतिको बाधक कुरा हो । मुलुकमा सहकारीका नाममा भयानक ठूला ठगी गरियो । लुट र अपराध गरियो । ठग, गुण्डा र अपराधीहरू उल्टो राजनीतिमा आउने र चर्का कुरा गर्ने प्रवृत्तिले लोकतन्त्रलाई धमिलो बनाउँदै लगेको देखिन्छ । अपराध गर्दैजाने र राजनीतिका नाममा छुट दिने हो भने प्रणाली पुरै अराजक बन्न पुग्दछ ।
फौजदारी गल्ती गर्ने जो कोहीलाई कानूनी कारबाही हुनु पर्दछ । त्यो नै विधिको शासनको मर्म पनि हो । कसैलाई पनि कानूनी कारबाहीसम्बन्धी प्रक्रिया अघि बढाउँदा ‘प्रतिरोध’गर्ने प्रयास हुन्छ भन कानूनी शासनको मर्म मर्दछ । सिद्धान्तहीन, विचारविहीन, मूल्यहीन र अनैतिक तथा अराजक झुन्डको निर्माण गर्नु राजनीतिक संगठन होइन । यस्ता हर्कत ‘पोलिटिकल्ली सेन्सलेस’हरू ‘पोलिटिसियन’ बन्नखोज्ने ‘क्षणिक जोक’ मात्र हो ।
खुट्टा काटेर अग्लो हुने ?
नेपालको इतिहासमा धेरै नेता र समूह विभिन्न विचार, सिद्धान्त, दर्शन र मूल्यबाट अघि आए, संगठन बनाए र फेरि विस्तारै समाजबाटै अस्ताए वा अस्ताउँदै पनि छन् । यस्तो किन र कसरी हुन्छ ? कुनै दर्शन, विचार र मूल्यबाट प्रभावित नभई अर्काे समूह वा दल र नेतालाई गाली गरेको वा विभिन्न खालका हिँसा गरेको बलमा अगाडि आउने गलत संस्कृति विगतमा थियो । केवल गाली, आक्षेप र आरोपबाट मात्र अघि बढ्ने कुरा भनेको अर्काको भएको प्रकृतिले दिएको ‘खुट्टा काटिदिएर आफू अग्लो भएँ’ भन्ने भ्रम पाल्नु जस्तै हो । केवल अर्काे पक्षलाई खुइल्याएर मात्र आफू ठूलो बनिने होइन । आफ्नै नीति, विचार, सिद्धान्त र मूल रूपमा कार्यशैली एवम् व्यवहारले मानिस र समूहलाई उच्च स्थान प्राप्त गर्न सहयोग गर्दछ । राजनीतिक मुद्दा, विषय र मुलुकको आवश्यकताले गर्नैपर्ने विभिन्न खालका राजनीतिक समीकरण, एकता तथा अनेक प्रकारका सहकार्य आवश्यक हुन्छ ।
उता सामाजिक मूल्य, संस्कार र न्यूनतम राजनीतिक संस्कृतिलाई ‘धुजाधुजा’ हुने गरी च्यातच्युत गर्न अराजकतावादी र प्रतिगामी लागेका छन् । नेपाली राजनीतिमा देखिएका अनेकौँ अराजकता र गालीको संस्कृतिले गणतन्त्र समृद्ध बन्न सक्दैन । अराजकताले नेपालको व्यवस्था ‘विहारी लोकतन्त्र’ बन्ने खतरा छ । यही कारण वैचारिक र दार्शनिक आधारमा खुलेका ठूला पार्टीहरू चुप लागेर सहँदै बस्नु भएन । अराजकता, अपराध र प्रतिगमनकारी हर्कतलाई ठाउँको ठाउँ रोक्न नागरिक परिचालन गर्न सडकमा आउनुपर्ने अवस्था देखियो । अर्काेतर्फ अपराध गरेकोलाई कसैले बचाउन सक्दैन भन्ने कानूनी शासनको मान्यतालाई ढल्न दिनु हुँदैन । राजनीतिक संस्कार, संस्कृति र मूल्यलाई एकदमै महत्वपूर्ण दर्शन र सामाजिक मान्यता मानिन्छ । गाली गर्ने र आरोप लगाउने नाममा जस्तोसुकै प्रकृतिका जायज–नाजायज आरोप लगाईने गर्नाले राजनीतिक संस्कृति भताभुङ्ग बन्न पुग्दछ । त्यो ‘ननपोलिटिकल’ तरिका हो ।
‘पोलिटिकल्ली सेन्सलेस’हरू
‘पोलिटिसियन’ बन्दा...
‘पोलिटिकल लिडर’ र ‘पोलिटिक पार्टी’ पोलिटिकल दर्शन, सिद्धान्त, मूल्य, मान्य, विचार र समाज विज्ञानका आधारभूत नियमका विषयमा प्रस्ट हुनु आवश्यक छ । त्यो भएन भने त्यस्ता समूह केवल स्वार्थ समूहको झुन्ड मात्र बन्न पुग्दछन् । त्यसबाट समाजले केही पाउन सक्दैन । राजनीतिमा लोकतान्त्रिक संस्कार र संस्कृतिको विषय धेरै नै अर्थपूर्ण कुरा हो । लोकतन्त्रमा राजनीतिक संस्कृति र संस्कार बच्न सकेन भने व्यवस्था ‘विहारी गणतन्त्र’ बन्दछ । बद्नाम ‘बिहारी राजनीतिक संस्कृति’ को तरिका झाङ्गिन पुग्यो भने लोकतन्त्र कमजोर हुन्छ । यसैले राजनीतिमा केवल गाली, आरोप र आक्षेप मात्र लगाउने कुराले राजनीतिक संस्कृति विग्रने सिवाय केही हुन्न । त्यो बचाउन सकियो भने एउटा चुनावमा कम सिट जितेर पनि जनमत तथा सामाजिक हैसियत कायम रहने हुन्छ ।
राजनीतिक ‘सेन्स’ र संस्कृति आफैँमा व्यापक कुरा हो । संस्कार, सभ्यता, मूल्य र राजनीतिक संस्कृति विग्रियो भने अराजक भीड भएको राजनीतिक संगठन मात्र ठूलो बन्ने कुरा दाना र औषधी खाएर मोटाएका ‘ब्रोइलर कुखुरा’ को कारखाना जस्तो विचारविहीन ‘पोलिटिकल पार्टी’ बन्न पुग्दछ । जसमा मासु त हुन्छ तर उड्ने क्षमता, सिकार गर्ने कला, समूहमा बाँच्ने सीप, सहयोग र सामुहिकता भन्ने केही बाँकी रहन्न । सोच र सोच्ने क्षमता हुँदैन ।
अहिलेको अराजकता, प्रतिगामी हर्कत र राजनीतिका नाममा उदाएका अनेकौँ ‘पोलिटिकल्ली सेन्सलेस’हरूको झुन्ड घातक र क्षणिक हुन् । आफ्नो निजी स्वार्थसिद्ध गर्न, आफ्ना अपराधकर्म र हर्कत लुकाउन तथा आपराधिक सञ्जाल विस्तार गर्न मात्र ‘पोलिटिकल लिडर’ देखिन चाहेका अराजकतावादी र प्रतिगामी प्रवृत्तिलाई रोक्नु अत्यावश्यक छ । त्यस्ता हर्कत र गतिविधिलाई प्रत्येक सार्वजनिक मञ्च र मोर्चाबाट बहिस्कार गर्नुपर्ने अवस्था देखा परेको छ । ‘पोलिटिकल्ली सेन्सलेस’हरूबाट ‘पोलिटिक्स’मा कुनै पनि परिवर्तनको अपेक्षा गर्नु मूर्खता सिवाय केही होइन । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस