• शुक्रबार-कार्तिक-३०-२०८१

खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौ- नगरप्रमुख क्षेत्री

 

महोत्तरी । नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीजन्य पदार्थ निकाल्न नसकेको गुनासो गरेका छन । खोला र नदीमा नदीजन्य पदार्थ थुप्रीएको र मानविय जोखिम निम्त्याईरहेको वताउदै नगरप्रमुख क्षेत्रीले क्रसर व्यवसायीहरुलाई राज्यले समेत उपेक्षा गरेको वताए ।

 

आज भएको व्यवसायी माहासंघको तेस्रो केन्द्रिय माहाअधिवेशनमा बोल्दै उन्ले व्यवसायीहरुलाई आमरुपमा हेर्ने दृष्टिकोण समेत सागुरो वनेको गुनासो गरे । मधेश प्रदेशमा बार्षिक ११ लाख घनमिटर निकाल्नै पर्ने नेपाल सरकारको मापदण्ड नै रहेको जिकिर गर्दै नदीजन्य पदार्थ मापदण्डअनुसार निकाल्न पाउनुपर्ने माग गरे ।

 

व्यवसायी माहासंघको दशौ र एघारौ साधारणसभा तथा तेस्रो केन्द्रिय माहाअधिवेशन महोत्तरीको बर्दिवासमा जारी छ । यो एक मंसिरसम्म जारी रहने माहासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस