• सोमबार-कार्तिक-१२-२०८१

नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार

 

काठमाडौँ । सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भएको थियो ।

 

आज जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी पिपुल्स हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ६.०२ प्रतिशतले घटेको छ । 

 

त्यस्तै आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस