• सोमबार-कार्तिक-१२-२०८१

बाइडेनले राष्ट्रपति चुनावको एक साताअघिनै आज मतदान गर्दै

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज मतदान गर्दै छन् । मिडिया रिपोर्टका अनुसार निर्वाचन मिति आउन एक साता मात्र बाँकी रहदा राष्ट्रपति बाइडेनले आज मतदान गर्ने भएका हुन् । पूर्व राष्ट्रपति बराक ओबामाले गत हप्ता मेल मार्फत मतदान गरिसकेका थिए । चुनावअघि शनिबारसम्म ४.२ करोडभन्दा बढीले मतदान गरिसकेका छन् ।

 

एनबीसीका अनुसार अमेरिकामा करिब ७० प्रतिशत जनताले यस वर्षको चुनाव अघि मतदान गर्न सक्नेछन् । निर्वाचन अघि मतदान गर्ने यस प्रक्रियालाई अग्रिम मतदान वा पूर्व मतदान प्रक्रिया भनिन्छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।

 

रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस पनि चुनावी अभियानमा व्यस्त रहेका छन् । पछिल्ला मत सर्वेक्षणमा ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिशबीच कडा प्रतिष्पर्धा देखिएको छ । धेरै जसो सर्वेक्षणले दुवै बराबरीको अवस्थामा रहेको देखाएको छ । 

प्रतिकृया दिनुहोस