• सोमबार-कार्तिक-१२-२०८१

कटहरिया नगरपालिकामा पुनः तालाबन्दी

 

रौतहट । बाढी पीडितलाई राहत बितरणको नाउँमा भ्रष्टाचार भईरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ । हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा बिभेद गरेको भन्दै सोमवार दोस्रो पटक कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ ।

 

मेयर जैसवालको कार्यकक्ष र जिन्सी फाँट खुलेको हेरेर  दर्जनौंको संख्यामा गएका महिला पुरूष बाढी पीडित तथा जनप्रतिनिधि सहितको टोलीले पुनः तालावन्दी गरेका हुन् । तालाबन्दीको क्रममा कटहरिया नगर परिसरमा कुनै अप्रिय हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर निकट मानिसले आफूहरुसंग सल्लाहनै नगरी ताला खेलेको कारण पुनः तालाबन्दी गरिएको वडा ५ का सदस्य बैजनाथ दाशले बताएका छन् । 

 

गत असोजको दोस्रो साता परेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरियामा सैयौं परिवार प्रभावीत भएका थिए। मेयर जैसवालले आफ्ना नजिकका मानिस तथा नातेदार लाई मात्र राहत दिएको र अन्य गरीब बिपन्न लाई बञ्चित गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको वडा सदस्य दाशले गुनासो गरेका छन् । 

 

वडा ५ का सदस्य  रामेश्वर यादवले आज दोस्रो पटक तालाबन्दीको क्रममा मेयर अजय प्रकाशले फोन गरेर आफूलाई थर्काएको बताएका थिए । राहतको नाममा मेयर जैसवालले ठूलो रकम अनियमितता गर्ने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आरोप लगाएका छन्। नगरसभामा बिपद व्यवस्थापनमा छुट्याएको ५० लाख रुपैयाँ राहतकै नाउँमा मेयर जैसवालले सकाउने दाउमा रहेको कुशवाहाले दाबी गरेका छन् ।

 

प्रदर्शनको क्रममा वडा अध्यक्ष कुशवाहा, नगर कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य द्धय बैजनाथ दाश र रामेश्वर यादवले मेयर अजय प्रकाश जैसवाल राहत, डिपिआर, गाडीको तेल, करार कर्मचारीको तलबको नाउँमा करोडौं करोड अनियमितता गर्दै आएको दाबी गरेका छन् ।

 

कटजबसम्म सम्पूर्ण पीडितलाई राहत नमिलेसम्म ताला नखोलिने आन्दोलनकारीहरुले अडान राखेका छन् ।

प्रतिकृया दिनुहोस