मेराे देशमा मैले हेर्दाहेर्दै के के इतिहास भएछ.....!
• २०३६ सालमा बी पी कोइराला , र तत्कालीन जनता पार्टीका अध्यक्ष् चन्द्र शेखरसंग एमबीए को भर्नाको सिलसिलामा नयाँ दिल्लिमा भेट भएको इतिहास भएछ I
• २०३२ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आए पछि बी पी कोइरालालाई भनेको ४५ वर्षीय नरेश ने ६५ बर्षीये बी पी को तुम कहाँ भनि दिनमान साप्ताहिक हिन्दी पत्रिकाले लेखेको पनि इतिहास भएछ I
• २००७ ,२०१७ , २०३६को जनमत संग्रह , २०४७ को जन आन्दोलन , २०६२-६२ को राजनैतिक परिवर्तन इतिहास भएछ I
• हामी जन्मेको पाल्पामा मनाईने दशैं, बुवा आमासंग भेट्नलाई दशैंमा पाल्पा जाने काठमाडौँ र अहिले झन् विदेशमा दशैँ मनाउने क्रम बढेसंगै इतिहास भएछ I
• मैले पढेको पद्म पब्लिक बहु उद्देशीय हाईस्कूल, माध्यमिक स्कुल भएर इतिहास भएछ I
• मैले पास गरेको SLC, SEE भएर इतिहास भएछ I
• मैले पास गरेको Certificate level, +2 भएर इतिहास भएछ I
• मैले पास गरेको Diploma level, Bachelor level भएर इतिहास भएछ ।
• मैले पास गरेको Diploma level, Bachelor level भएर इतिहास भएछ।
• मैले पास गरेको Degree level, Masters level भएर इतिहास भएछ।
• SAARC Secretariat स्थापनाको अवसरमा रत्न पुस्तक भण्डारले सन् १९८७ मा मैले लेखेको र प्रकाशित गरेको पुस्तक, “SARRC : From Dhaka to Kathmandu “ सार्क गतिहीन भएर इतिहास बनेछ I
• पुलिसको ड्रेस खाकीबाट “नेवि ब्लु” भएर इतिहास भएछ I
• दशैंमा सबैजना पाल्पामा भेट भै मान्यजनको घर घरमा गएर टिका लगाउने चलन सामुहिक टीका लगाउने भएपछि इतिहास भएछ ।
• प.प. स्कुलको रुखमुनी बसेर टुन्ते कचालु खाएको सो बन्द भए पछि इतिहास भएछ I
• एकमहिना भित्रै driving license पाउने व्यवस्था १- १ . ५ बर्ष कुर्नु परे बाट त्यो पनि इतिहास भएछ I
• रत्नपार्कमा रहेको झगडा गर्ने भित्तामा पोस्टर टास्न नपाईने भएपछि त्यो पनि इतिहास भएछ I
• ट्रक बसको पछाडि Horn please! See you Again ! र यस्तै अन्य “ट्रक साहित्य” लेख्न रोक लगाए पछि इतिहास भएछ I
• धेब्री, लाल्टेन, मेन्टाेल बत्ती आए पछि इतिहास भएछ I
• Tdk caseete मा , CD मा र त्योभन्दा अगाडि फित्ता वाला टेपमा, ग्रामोफोनमा गीत संगीत सुन्ने मोबाईल आए पछि इतिहास भएछ I
• Newsweek , Far Eastern Economic Review , The Illustrated Weekly, Mirror, Probe, Surya, SUN , सरिता , मुक्ता , दीवाना , कार्टून पत्रिका , धर्मयु्ग, मनोहर कहानिया , सत्यकथा, रविवार, दिनमान , आदि जस्ता नियमित प्रकाशित र अध्ययन गर्ने डिजिटल युग पछि सो को कति को अन्त्य र कति डिजिटलमा गएपछि इतिहास बनेछ I
• राजदरबारमा फहराउने राज झन्डा र नारायणहिटी म्युजिएम भए पछि नारायणहिटी राजदरबार इतिहास भएछ I
• प्रतिनिधिसभा र राष्ट्रियसभा आए पछि संविधानसभा इतिहास भएछ I
• Nepal Times, Pioneeer, सुरुची, नयाँ संदेश , समीक्षा, साप्ताहिक विमर्श, राष्ट्र पुकार, पुनर्जागरण, दी कमनर(अंग्रेजी) आदि दैनिक र साप्ताहिकको प्रकाशन Digital /बन्द भए पछि इतिहास भएछ I
• पहिला इन्जिनियरले मात्र चलाउने कम्प्युटर अहिले निरक्षरले समेत मोबाईल चलाए पछि इतिहास भएछ I
• १,२, ४, ५ , १०, २५, ५० पैसा देखि १० रुपैयाँसम्मको सिक्का प्रयोगमा नआएपछि इतिहास बनेछ I
• Aerogramme “हवाई पत्र”को प्रकाशन बन्द भएपछि इतिहास भएछ I शायद First Day Cover आजकल निस्कन्छ कि ? हुलाक टिकट त प्रकाशित हुन्छ !!
• सिमसार, धान खेत, जलाधारको क्षेत्रफल कम भै विगत भएछ I
० बागमती, विष्णाुमति र धाेवी खाेलाकाे पानी अञ्जुलीमा लिएर घटघटी पिउने गरेकाे कुरा पनि इतिहास बनेछ ।
• काठमाडाैं वरिपरि(काँठ)मा हुने खेतीपाती र हरियाली / प्रकृति इतिहास बनेछ ।
• दिमाग प्रयोग गर्ने क्षमता, व्हाट्सएप, गुगल आदिले स्थान ओगटेको छ ।
• हातका औंलाले टेलिफाेनका १० वटा अंक फनफनी घुमाएर फाेन गर्ने कुरा पनि इतिहास भएछ ।
• टिलीग्राफ, आवाबाट सन्देश आदान प्रदान गर्ने कुरा पनि इतिहास भएछ ।
• मानिसहरुसंग संचार आदि गुगल, एआई ले प्रतिस्थापित गरेर इतिहास भएछ ।
• बटुवालाई निशुल्क गास र बास दिने, पाटी पाैवामा बसाेवास गर्ने ।
• बाटाेबाटाेमा खाना बनाएर चलन पनि इतिहास भएछ ।
• परिवार, भेटघाट आफ्नोपन पनि इतिहास बन्दै गएछ ।
• समूहमा बसेर छलफल, सामाजिक कुराकानी इतिहास भएछ ।
• पसलमा सामानहरू किन्दा फाेसा दिने, लिने चलन पनि इतिहास भएछ ।
• विहान काठमाडाैंका चाेक गल्ली, बाटाेबाटाेमा स्टाेभले पकाउने तात्ताे 'मरि, मालपुवा' पनि इतिहास भएछ ।
• असन, इन्द्रचाेकमा शिवपुरीकाे दाउरा खरिद विक्री हुने कुरा पनि इतिहास भएछ ।
• कतिपयले अति सञ्चार भन्छन् ।
• सामाजिक साइटहरु भन्दा असामाजिक ।
• मानिसहरूको लागि सहानुभूति ।
• नैतिकता, इमान, बचनकाे पक्का ।
• आफन्तप्रति माया, सहयाेग ।
• धैर्य, संयमता र सहिष्णुता ।
• नैतिक मूल्य, मान्यताहरू
• पत्र लेखन, हुलाकी दाइ
• अन्तरदेशीय पत्र
• बैलगाडी, पोखरी
• STD बुथहरू, दुध वितरण बुथहरू ।
• सार्वजनिक यातायातमा अपरिचितसंग बोलीचाली ।
• सादगीपन पनि इतिहास बनेछ ।
• रेडियो, टेप रेकर्डर, VCD, KODAK र FUJI को फिल्म रोलसंग क्यामेरा !
• Petromax, lanteren ।
• इमानदारी, दया र एकअर्काको लागि समय ।
• पुस्तकालयमा पुगेर किताब र पत्रपत्रिका पढ्ने ।
• जुत्ता चप्पल लगाएर भान्सामा जानु नहुने कुरा पनि इतिहास भएछ ।
• घरमा पकाएको खाना खाँदा धाेतीपाटा फेरेर खाने कुरा पनि इतिहास भएछ ।
क्रमश : तपाइँहरू पनि थप्दै जानु होला ........

प्रतिकृया दिनुहोस